म्रित सागरको यात्रामा जिउँदा नेपाली

पुष्कर शाह, ईजरायल (फोटो र आलेख दुबै) 

 

 

dscn02961

(जोर्डन र ईजरायलको सिमामा पर्ने यो म्रित सागर संसारको सबैभन्दा गहिरो ठाउँ हो । यो समुद्री सतहभन्दा ३९० मिटर तल पर्छ ।)

 

 

दुई वर्षपछि ईजरायल घुम्ने मौका फेरी मिल्यो । खासमा म ईजरायलसँग निक्कै नजिक भएँ । बिशेषगरि त्यहाँ भएका नेपाली साथीहरुको आतिथ्यबाट अत्यन्त मोहित भएको छु । एक से एक साथीहरु छन मलाई बसेर महिनौं पाल्न सक्ने । यहाँका प्रत्येक दिन मेरा लागि अविष्मरणिय बनेका छन । यसपाली भने नयन्द्र दाइले भुसतिग्रे व्हिस्कीले नै स्वागत गरे । भुवन, नबीन गिरी, नबीन बस्नेत, जिबन,  मामा, खोजराजसँग बिताएका क्षणहरु अत्यन्तै मिठा रहे। देवी र पेमाले बनाएको मम, राजु सावाले बनाएको सेलरोटीले दालभातनै बिर्साइदियो । सुरजको अपार्टबाट एउटा बस लिएर हामी म्रित सागर पुग्यौं । सधैं म मात्रै कति घुम्ने होइन ? त्यसैले, आज म तपाईहरुलाईपनि एकछिन म्रित सागरको शब्द चित्रमा यात्रा गराउन त्यता लाँदैछु  

 

dscn01951

म्रित सागर जाने तयारी गर्दै दुई युवती । आँखा र ओंठ त चम्काउनै पर्‍यो ।

dscn02081

यति टाढा आइएको छ एउटा संझना त चाइयो नी ! नेपाली सोल्टिनीहरु बस रोकेका बेला फोटो खिचाउँदै ।

dscn02581

जति ठुलो भएपनि टाढाको म्रित सागरले जिउँदा मान्छेको तिर्खा कहाँ मेट्छ र ?

dscn02591

      को भन्दा को कम ? बस भित्रै गईयो दोहोरी खेल्दै ।

dscn02671लौ आइपुग्यो म्रित सागर । दुई घण्टामा बसले हामीलाई त्यहाँ पुर्‍यायो।

dscn02701

dscn02711

पेट पूजा नगरि पौडिन सकिएला र ? मरुभूमीमा नेपाली सेल रोटी, चना र केराउ ।

dscn02801

dscn02851

   सँगै बसेर खाएको नेपाली खानाले झल्झली संझाउने रहेछ नेपाल ।

dscn03031

पौडिने तयारी । यहाँको पानी समुद्रको भन्दापनि १३ गुणा बढि नुनिलो हुन्छ ।

 

dscn02991

नुनिलो छ रे ? हो र ! ए त्यसो भए त ननुहाउने । केहि युवतीहरु त किनारमा माटो र पानी छोएरै बसे ।

dscn02971

आबुई क्या डरलाग्दा मान्छे ! सागर किनारको कालो माटो दलेमा शरिर मुलायम हुन्छ भन्ने विश्वासले यसरि कालो माटो घसेर बस्छन् ।

dscn03331

फेरि कहिले आउन पाइन्छ के थाह ? एक बारको जुनीमा लु हामी त डुबेम ।

dscn03171

कम्फु खेलेको होइन । छाला मुलायम बनाको । बरु ल हाम्लाई चिन्नुस् त ।

dscn03421

अचम्म ! म्रित सागर मा कुनै पनि जिब पाइदैन। अर्को अचम्म, त्यहाँ मान्छे पनि डुब्दैन। नपत्याए ल हेर्नुस् न ।

 

तपाइँको प्रतिक्रिया