एन आर एनलाई टक्कर दिन एन आर एन जस्तै अर्को संस्था ? यस्तो छ तयारि

एक दशक नहुँदै गैह्र आवाशिय नेपाली संघ (एन आर एन ए) को हाँगा ७२ देशमा फैलियो । नेपालीहरुको एक मात्रै अन्तर्राष्ट्रिय संस्था एन आर एन बिस्तार हुँदै जाँदा यसैलाई चुनौति दिने हिसाबले एन आर एनकै ढाँचामा अर्को अन्तर्राष्ट्रिय संस्था गठनको भित्र भित्रै तयारि भैरहेको छ । आजै बेलायतमा एन आर एन एको भब्य कार्यक्रम चलिरहेका बेला एक कुनामा यस्तो संस्था गठनका बारेमा छलफल चलिरहेको थियो । भित्रभित्रै यस्तो संस्था गठनको ढाँचा तयार पार्ने र बिधान लेख्ने काम भैरहेपनि यसलाई हालसम्म गोप्य राख्ने कोसिस गरिएको छ । स्रोतका अनुसार यस्तो संस्था गठनको तयारि बेलायत, अष्ट्रेलिया र अमेरिकामा बस्ने केहि नेपाली, ब्यवशायीको नेत्रित्वमा भैरहेको हो ।

एन आर एनमा बिदेशमा रहेर बिभिन्न सिप सिकेका, बुद्दिजिवी, गैह्र राजनितिक र समाजमा उल्लेख्य योगदान गरेकाहरुको कुनै स्थान नभएको र हालको एन आर एन राजनितिक तथा गुटबन्दिमा रुमल्लिएको आरोप लगाउँदै अर्को संस्था गठनको खाँचो रहेको तर्क गरिएको छ । एन आर एनको मुख्य आधार, बल र बौद्दिक तथा ब्यवशायिज बल भनेको बिध्यार्थीहरु रहेपनि हाल एन आर एनले तिनलाई समेट्न नसकेको भन्दै अब बन्ने संस्थाले तिनलाई प्राथमिकता दिने बताइएको छ । यस्तो संस्थाको गठनमा सहयोग गरिरहेका बेलायतका ति ब्यक्तिले नेपाल प्लसलाई बताए अनुसार बिध्यार्थीहरुलाई जसरिपनि यो संस्थामा समेट्नेगरि हाल बिधान लेखनको काम भैरहेको छ ।

अब निर्माण हुने संस्थाले बिश्वभरि पहिलेनै अस्तित्वमा रहेका सामाजिक तथा सांस्क्रितिक संरक्षणको उद्देश्यसहित गठन भएका वा बिद्दमान स्थानिय संस्थाले गर्दै आएका कार्यक्रममा हातेमालो गर्ने तर हस्तक्षेप र ति संथाले गर्दै आएका कार्यक्रम नगर्ने गरि विधानमै स्पष्ठ उल्लेख गरेर जाने सोच बनाएको बेलायत स्थित स्रोतले बतायो ।

राजनितिक आवद्दतालाई पुरै निस्क्रिय बनाउने र हरेक देशमा रहेका नेपालप्रेमी, नेपाल समर्थक र नेपाल संवन्धि बिज्ञ, विशेषज्ञ बिदेशीहरुलाई समेटेर नेपालको हितमा काम गर्न प्रेरित गर्ने निति अब गठन हुने संस्थाले लिएकोपनि उक्त स्रोतले बतायो । ‘हेल्प नेपाल, सपोर्ट नेपाल, नेपाल लभर्स’ यस्तै केहि नाममा त्यस्ता ब्यक्तिहरुलाई समेटेर नेपालको हितकालागि लबिङ गर्ने निति रहेको उनले बताए ।

‘कसैसित प्रतिस्पर्धा र अनावस्यक शत्रुता साँध्ने होइन कि विश्वभरि छरिएका नेपालीलाई हित गर्ने, विश्वभरिका नेपाली हितैषीलाई एकजूट गराएर नेपालको हितमा प्रयोग गर्ने, स्थानिय संस्थाहरुसित प्रतिस्पर्धा नगर्ने हिसाबले अबको संस्था गठन गर्न खोजिएको हो । अर्थात् एन आर एनले गर्न नसकेका, नचाहेका क्षेत्रलाई ओगट्ने गरि एउटा संस्था चाहिन्छ भन्ने आवश्यकताको बोध गरिएको हो ।’

संस्थामा कसरि एन आर एन ले भन्दा फरक र विशिष्ठ ढंगले काम गर्ने, कसरि बिध्यार्थीहरुलाई समेट्ने भन्ने विषयमा गम्भिर बहस भैरहेको छ । बिदेशका नेपालीले विशेष क्षेत्रमा आर्जन गरेको सिपलाई साना साना समितिहरु निर्माण गरेर पहिचान गर्ने र नेपालमा काम लाग्ने खालको अनुभव र सिप भएकाहरुलाई तत्कालै सदुपयोग गर्ने निति बनाउन लागि परेको ति अभियन्ताले बताए । ‘हेर्नुस एन आर एनमा धेरै गफ भयो । बिधार्थी बनेर आएकाहरुनै ब्यवशायी, उध्योगी बने । तर बिध्यार्थीलाईनै पाखा लगाउने काम भयो । बिदेशका नेपालीको यत्रो सिप नेपालमा ट्रान्सफरपनि भएन । एन आर एन मा सिप भन्दा दामको कुरो चर्को भयो । तर दाम भन्दा प्रविधी र सिप लैजानु हाम्रो देशकोलागि महत्वपूर्ण हो । हामीले त्यो सबै खाँचोको महसुस गरेर अब बन्ने संस्थाले त्यो काम गर्नै पर्छ भनेर छलफल चलाईरहेका छौं’ उनले भने ।

उनका अनुसार अबको संस्था केहि काम गर्ने हिसाबले आन्तरिक तयारि र छलफलबाट निर्माण हुन्छ । यसलाई आआफ्ना देशका कानुन अनुसार दर्ता गर्ने र नेपालमापनि विधिवतरुपमा दर्ता गरिने छ । गफ र गूटबन्दिमा भन्दा सिपमुलक तालिम, प्रबिधी र बिदेशमा सिकेको ज्ञान हस्तान्तरणमा बढि केन्द्रित हुने तथा बैदेशिक कामदारले पाएका दुख र ठगीमा बढि कडाई र निगरानीकासाथ उत्रनुपर्छ भन्ने मान्यता रहेको उनले बताए ।

‘कहिले सार्वजनिक हुन्छ त यो संस्था?’ नेपाल प्लसको प्रश्नमा उनले भने ‘सबैलाई समेट्ने र नेपालमा लगानी लगानी भन्दापनि सिप हस्तान्तरण, बिधार्थीहरुको ज्ञानलाई  सदुपयोग, बैदेशिक कामदारकोलागि कडा निगरानी बारे हामीले केहि गर्ने, गफ र गूटबन्दि भन्दा साँच्चै काम गरेर देखाउने संस्था चाहियो भनेर आवाज उठेको धेरै भयो । सम्पूर्ण तयारि पुरा भएपछी सार्वजनिक हुन्छ, समय यतिनै भन्न सकिन्न ।’

यस अघि संघिय समाजवादी फोरम नेपाल पार्टीका प्रभावशाली नेता आङकाजी शेर्पालेपनि अहिलेको एन आर एनले सबै नेपालीको, जनजातिको भावना अनुसार चल्न नसक्ने भन्दै अर्को एक आर एन गठन गर्नुपर्ने आवाज सामाजिक सन्जालमा उठाएका थिए । आफ्नो पार्टीका शुभचिन्तक, समर्थक,पार्टीका नेताहरु नेत्रित्वमा चुनिन नसकेका बेला नेपालको बिभिन राजनितिक दलका नेताहरुलेपनि एन आर एन एलाई आफ्नो इच्क्षा अनुसार प्रभाव जमाउन खोज्दै आएका छन् । त्यति मात्रै होइन, एन आर एनको नेत्रित्वमा आफ्नो देशको समर्थक, भावनात्मक नाता र संवन्ध जोडिएको ब्यक्तिलाईनै  पुर्‍याउन बिभिन्न देशका दूतावासले गरेका प्रयास, दिएका भोज र ब्यक्त चाहनाबारेपनि नेपाली मेडियामा छरपस्ट भएकै विषय हो ।

तपाइँको प्रतिक्रिया