सुस्तमनस्थितिका अफ्रिकी वालवालिकालाई एन आर एन अफ्रिकाद्वारा सहयोग

सधैं जन्मथलो मात्रै होइन कर्मथलोका बारेमापनि सोच्नु पर्छ । आफूले कर्म गरेको थलोका गाह्रा साह्रा, कठिनाई र दुखमा साथ दिनु कर्म थलोमा रमाउनेहरुको कर्तब्य र जिम्मेवारीपनि हो । कर्म थलोमा योगदान गर्न नसकिए त्यहाँको समाज कर्मयोगीहरुकालागि सकारात्मक बन्न गाह्रो हुन्छ । यहि सोचले होला, एन आर एन अफ्रिकाले त्यहाँका सुस्त मनस्थितिका वालवालिकाहरुलाई सहयोग गरेको छ ।

गैर आवासिय नेपाली संघ नाइजेरियाले आज लेगोसको याबा स्थित मोडुपे कोल मेमोरियल चाइल्ड केयर एन्ड ट्रीटमेन्ट होम स्कुलमा गएर संघका तर्फ बाट विद्यार्थीहरुलाई खाधान्न र लत्ता कपडा लगायतका सामाग्रीहरुद्वारा सहयोग गरेको छ । संघले एक बिशेष कार्यक्रम आयोजना गरेर स्कुलका प्रीन्सिपल म्याडम रबियुलाई हस्तान्तरण गरेको हो ।

संघले गत तिहारमा देउसी खेली केहि रकम संकलन गरेको थियो । त्यहि रकमलाई सदुपयोग गर्दै कर्मदेशमा परोपकारी कार्यमा पहिलो चोटि सहयोग प्रदान गरेको हो ।

कार्यक्रममा संघका अन्तरास्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापा थिए । साथै एन आर एन नाइजेरिया अध्यक्ष जनक बिष्ट, आइसिसी सदस्य चिरञ्जीवी रोका, महिला उप संयोजक मन थापा, उपाध्यक्षहरु उर्मिला रोका र बिश्वास पौडेल, महासचिब रोशन थापा,कोषाध्यक्ष रोहित भाङ्गर, महिला संयोजक अन्जु पौडेल, सदस्यहरु दुर्गा बिस्ट, आशा सरकार लगायतको समूह सहयोग कार्यक्रममा पुगेको थियो ।

सन १९६० मा स्थपित उक्त  स्कुलमा ४५० जना सुस्त मनस्थितिका बिद्यार्थीहरु आवाशिय रुपमा अध्ययनरत छन् । संघको यो कार्यले कर्म देशमापनि आफ्नो जिम्मेवारी पुरा गर्न एन आर एन का अन्य सदस्यहरुलाई प्रेरणाको रुपमा काम गर्ने विश्वास ब्यक्त गरिएको छ ।

तपाइँको प्रतिक्रिया