गोरु जुधाई कार्यक्रम उद्घाटन गर्न एमाले नेता हेलिकोप्टरमा सरर

नुवाकोटको तारकेश्वर गाउँपालिकास्थित तारुकामा हरेक माघे संक्रान्तिमा गोरु जुधाइ हुन्छ । गोरु जुधाएर प्रतिस्पर्धा गराउने र जित्ने गोरुको मालिकलाई पुरस्क्रित गराउने । वर्षौंदेखि यो चलन रहेपनि खासै चर्चामा आउन सकेको थिएन । तर यो प्रतिस्पर्धा र नुवाकोटको तारुका एकैपटक निकै चर्चित बने । किन ? यस पटकको गोरु जुधाई उद्घाटन गर्न नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले हेलिकोप्टरमा एक डफ्फानै लिएर गएकाले ।

लोकान्तर पत्रिकाका अनुसार उनले आफूसँगै एमाले प्रचारविभाग प्रमुख सूर्य थापालाईपनि लगेका थिए । नुवाकोट क्षेत्र नम्बर १ (ख) का जनप्रतिनिधि बद्री मैनालीलगायत केहि एमाले नेता पोख्रेलसँगै पुगेका थिए ।

स्थानीय बुद्धिजीवि भरत सिग्देलले ब्यंग्य गर्दै सामाजिक सन्जाल फेसबूकमा लेखेका छन् ‘ गोरु जुधेको नदेखेका केहि महानुभावहरुको निगाहाले आफ्नै घर आँगनमा हेलिकोप्टर बसेको र नजिकैबाट उडेको देख्ने अवसर प्राप्त गर्ने सम्ब्रिद्द मुलुकका भाग्यमानी जनता हामी ।’

गोरु मेला आयोजक समितिका अध्यक्ष शिब बहादुर अधिकारीले कार्यक्रम उद्घाटनका लागि एमाले महासचिव ईश्वर पोख्रेललाई निम्ता गरेको स्पष्ठ पारे ।

हेलिकोप्टरबाट उत्रिएर एमाले महासचिव ईश्वर पोख्रेलले केहिबेर स्थानिय नेताहरुसित भलाकुसारी गर्न भ्याए । त्यसपछी उनले गोरु जुधाई प्रतियोगिताको उद्घाटन गरे । उनले प्रतियोगितालाई आगामी दिनदेखि सरकारले सन्चालन गर्ने बताउँदै भने ‘सस्कृति र परम्पराका लागि स्थानीयवासीबाट चलाउँदै आएको मेला प्रशंसनिय छ ।’

तपाइँको प्रतिक्रिया