बन्ने भो एक घण्टामै पेरिसदेखि अमेरिका पुग्ने विमान

सन् २०२३ देखि एक घण्टामै फ्रान्सको राजधानी पेरिसबाट अमेरिकाको न्युयोर्क पुग्ने विमान बन्ने भएको छ । अहिले पेरिसबाट अमेरिका पुग्न करिब नौ घण्टा लाग्छ । फ्रान्सको एयर बसले अहिले पेरिसबाट अमेरिका पुग्न एक घण्टा लाग्ने विमान बनाईरहेको छ । अमेरिकी कम्पनीसित मिलेर हाल यो बनाउन लागिएको हो । यो खबर फ्रान्स एक टेलीभिजनले यसै हप्ता सार्वजनिक गरेको हो ।

पहिले बेलायत र फ्रान्सले कङकर्ड विमान बनाएका थिए । त्यो विमान परिक्षण कालमै दूर्घटना भएको थियो । हाल अ मेरिका र फ्रान्सको एयर बस मिलेर अर्को अत्याधुनिक विमान बनाउन लागेका हुन् । यो विमान बनेपछी पेरिसबाट अमेरिका एक घण्टामै पुग्न सकिने छ ।

हाल बनिरहेको विमान उपग्रहमा जाने वायुयान र अहिले चलिरहेको बोईङहरुको मिश्रण हो । भूउपग्रहमा जाने स्पेस सटल भनेर चिनिने यानहरुको ढाँचा, सुबिधा र प्रविधीलाई सिको गर्दै यस्तो अत्याधुनिक विमान बनाउन लागिएको हो ।

अब बन्ने यो अत्याधुनिक विमानको गती प्रतिघण्टा साँढे पाँच हजार किमी हुने छ । यो विमान बनिसक्दा यसको गतीलाई अझ बढाउने सक्ने बताइएको छ । यो विमानमा दुई तल्ला हुने छन् । यसको आवाजपनि अत्यन्तै कम र यसबाट दूर्घटनाको संभावनापनि हालका विमानभन्दा ज्यादै न्युन जोखिम हुने छ ।

तपाइँको प्रतिक्रिया