यस्तो हुन्छ मानव तस्करले समुद्रबाट युरोप लैजाने जोखिमपूर्ण समुद्री यात्रा (तस्विरमा हेर्नुस)

(डुंगा ढलपलाएर खस्नेहरु पौडेर बाँच्न सके बाँचे । नत्र दलालले तिनलाई बचाउन मेहनत गर्दैन ।)

नेपालबाट भारत, पाकिस्तान वा दुबाई र त्यहाँबाट फेरि सुडान र लिबिया वा दुबाईबाट लिबिया हुँदै ईटाली ल्याइएका नेपालीहरुले दिएको जानकारि अनुसार लिबियाबाट ईटाली ल्याउने क्रममा त्यहाँका दलाल, मानव तस्करहरुले अति कष्टपूर्ण रुपमा लैजान्छन् । केहिले टर्की ल्याउँछन् । त्यहाँबाट पानी जहाजमै युरोप छिराउँछन् । तर टर्कीबाट समुद्रको बाटो लामो पर्ने भएकाले पछिल्लो समयमा लिबिया ल्याउने गरेका हुन् । त्यसरि आप्रवाशी बोक्ने डुंगा कुनैपनि बेला पल्टिन सक्छ । कुनैपनि बेला इन्धन सक्किन सक्छ । ठूलो आँधी र अन्य खराब मौसमको कुनैपनि पूर्व अनुमान, ज्ञान लिएका हुँदैनन् । समुद्रि आँधी आएमा बेपत्ता हुन्छन् ।

नेपालबाट दुबाई हुँदै लिबियाबाट यस्तै डुंगा चढेर हाल ईटाली आएका एक नेपालीले सुनाए ‘त्यो यात्रा यति डरलाग्दो हुन्छ की केहि सोच्नै सकिन्न । भगवान संझिने हो ।  खाली मनमा राम राम जपेर बस्ने हो । त्यसबाट बचेर ईटाली आइपुग्नु भनेको दोस्रो जन्म पाउनु हो ।’

लिबिया र सिरियामा अशान्ति छ । हत्या र हिंसा छ । हरेक दिन अन्याय, अत्याचार र हिंसाका कारण हजारौं लिबियाली र सिरियालीहरु शरणार्थी बन्न बाध्य छन् भन्ने जानेरै संयुक्त राष्ट्र संघले सिमा क्षेत्रमा निगरानी र उद्दारकालागि पानी जहाज पठाउने गर्छ । शरणार्थीहरुलाई उद्दार गर्न । लिबियाबाट लुकाइ लुकाई जोखिमपूर्ण बाटोबाट कमशल डुंगामा आइरहेका आप्रवाशीहरु संयुक्त राष्ट्र संघका पानी जहाजले भेटेमा उद्दार गरेर ईटालीतिर ल्याउँछन् । राष्ट्र संघको हातमा परे सुरक्षित भैहाल्छन् ।

तर त्यस्ता जहाज भेटिन्छन् भन्ने पक्का हुँदैन । राष्ट्र संघका कर्मचारीले भेटेनन् भने पाँच दिन देखि एक हप्तासम्म तिनै कमशल डुंगामा जोखिमपूर्ण तरिकाले खुला आकाशमुनि बसेर आउनुपर्छ । कहिलेकाहिँ समुद्रि आँधी र पानी एकै चोटि पर्छ । भिजेर त्यहिँ बिरामी परिन्छ । डुंगा ढल्पलिएर कोहि खस्यो भने खस्नेलाई कसैले खोज्ने वा उद्दारको प्रयास गर्दैन । त्यत्तिकै छोडिदिन्छन् । ति समुद्री जिवको आहारा बन्छन् । हराउँछन् । डुब्छन् ।

भूमध्य सागरको यात्राका क्रममा लिबियाबाट टाढा पुगेर ईटली नजिकिँदै जाँदा कहिलेकाहिँ समुद्री सिमा रक्षकहरुले निगरानी गरेको बेला परे तिनले राष्ट्र संघलाई जिम्मा लगाइदिन्छन् । र बच्न सकिन्छ । होइन भने, कुनैपनि बेला अकालमा मर्न सकिन्छ ।

(रबर वा ट्युबको डुंगा । जुनसुकै बेला अलिकति हावा बढि चलेपनि पल्टिन सक्ने । तौल एकातिर घटी र अर्कोतिर बढि भएरपनि पल्टिने । हावा फुस्केर सबै ब्वाङ्गै झरेर डुब्नपनि सक्ने ।)

(कुनै कुनै दलाल, मानव तस्करका एजेन्टहरु यसरि समुद्रसम्मै डुंगा चढाउनपनि आइपुग्छन् ।)

(आप्रवाशी ओसार्ने अधिकांश डुंदा यस्तै काठका हुन्छन् । यसमा सकेसम्म खादिन्छ । कुनै डुंगामा पाँच सयसम्म खाँद्छन् ।)

(साना डुंगामा हजारौं मानिस आउँदै गरेको गोप्य सूचना पाए संयुक्त राष्ट्र संघ वा ईटालीको सिमा सुरक्षाकर्मीले निगरानी र उद्दार गर्न कहिलेकाहिँ हेलिकोप्टर पठाउँछ, गस्ति गर्छन् ।) 

(यस्ता काठका डुंगा वजन बढि भएर, एकातिर सन्तुलन नमिलेर, ठूलो आँधी र हुरिबतास आएर वा इन्धन सक्किएरपनि पल्टिन्छन् । कतिपय डुंगा पुराना भएकाले मक्किएको ठाउँबाट पानी छिरेरपनि डुब्छन् । यसरि पल्टिँदा नडराईकन पौडी खेलेर उत्रिन सके (किनार पुग्ने दूरी छोटो भएमा) बाँचे । नत्र सबैको ज्यान जान्छ ।) 

(दलालहरुले यति धेरै मानिस खाँद्छन् की कुनै डुंगा त लोड गरेर किनारबाट हिँड्नासाथै पल्टिहाल्छन् । यस्तो अवस्थामा भने तत्कालै उद्दार हुन्छ)

(ईटालीको समुद्री किनारका रक्षक र जलसेनाहरुले आफ्नो सिमा क्षेत्रमा रक्षा र निगरानी गरिरहेका हुन्छन् । तिनको फेला परेमापनि सुरक्षित डुंगामा सारेर तिनले सुरक्षित स्थलतिर ल्याउँछन् । तर यस्तो संयोगले मात्रै जुर्ने हो) 

(भाग्यले बाँचेर ईटालीको सुमुद्री किनार पुग्न सफल भएपनि केहि दिन दर्ता, छानबिन, स्वास्थ्य परिक्षण लगायतका बैधानिकता पुरा गरुन्जेल यसरि बिताउनुपर्छ । वा दलालले छोडिदिएको ठाउँमा यसरि बिजोग गर्दै केहि समय बिताउनुपर्छ, प्रहरी, मानव अधिकारवादी र राष्ट्र संघका कर्मचारीको संपर्कमा नपुगुन्जेल । )

कसैले अग्रिम सुराकी गरिदिएर प्रहरीले थाह पाए भने सिमा क्षेत्रसम्मै सुरक्षित भईन्छ । 

यसरि डुंगा पल्टिएर, डुंगाबाट खसेर, आत्तिएर, मुटुको उच्च धड्कन र उच्च रक्तचाप,, मौसमको खराबीले बिरामी परेर वर्षेनी धेरै आप्रवाशीहरुको म्रित्यु हुन्छ् । भेटेसम्म उद्दारकर्मी, रेडक्रस, प्रहरी, राष्ट्र संघिय कर्मचारी वा सिमा रक्षकहरुले किनारमा ल्याएर पहिचानको कोसिस गर्छन् । नत्र बेवारिसेको नाममा तिनैले सदगद गरिदिन्छन् । 

(लिबियादेखि ईटालीसम्म आइपुग्ने समुद्र र छरछिमेकका देशको नक्शा)

(तस्विर स्रोत – द गार्डियन डेली, ल मोँद डेली, गार्दिया इतालिया, एफ एफ पी, द रोयटर्स, रेडक्रस र इन्टरनेटको अन्य स्रोत)

तपाइँको प्रतिक्रिया