नेपालीलाई फसाउने मानव तस्करहरुको नयाँ गन्तब्य, लिबियाँ हुँदै ईटाली (दलालहरुको हुलियासहित)

     (स्व धनमान पूर्जा)

मानव तस्करी गर्ने र दलालहरुले ईटालीलाई मानव तस्करी गर्ने नौलो गन्तब्य बनाएको खुलासा भएको छ । नेपालबाट भारत, दुबाई हुँदै लिबिया वा सुडान पुर्‍याएर समुद्री मार्गबाट डुंगामा ईटाली छिराउन खोज्दा म्याग्दी पाखापानी, रघुगंगा गाउँपालिकाका ३६ वर्षिय धनमान पूर्जाको म्रित्यु भएपछि यस्तो खुलासा स्पष्ठ रुपले भएको हो ।

उनलाई दलालहरुले ‘ईटालीमा राम्रो कमाई हुन्छ । पहिले दुबाई जाने । त्यहाँबाट सजिलोसित भिसा दिन्छ । दुबाईबाट लिबियाको भिसा लिएर पानी जहाजमा चढेर ईटाली पुग्ने’ भन्दै लिएर आएका थिए । पूर्जा सँगै आ उने एक दर्जन नेपाली थिए । ति नेपाली हाल ईटालीको मिलान, बारी, नापोली लगायतका शहर पुगिसकेका छन् । केहिको टुंगो लागेको छैन ।

दलालहरुले त्यो समूहलाई नेपालबाट दुबाई लगेर एक महिना राखेको थियो । दुबाईमा रहेका अर्का दलालहरुबाट भिसा लगाएर लिबिया लगेको थियो । लिबिया पुर्‍याएपछि ईटाली छिराउने मेसो मिलाउन र अर्का थरी दलालहरुलाई सम्पर्क मिलाउन एक महिना राखिएको थियो । अक्टोबर ३० का दिन लिबियाबाट ईटाली तर्फ १२ जनालाईनै हिँडाएको सोहि यात्रामा ईटाली आएका एक नेपालीले जानकारि दिए । नेपाल, दुबाई र लिबियामा पटक पटक दलाललाई रकम बुझाउँदै गर्दा उनले १४ लाख रुपियाँ तिरिसकेका थिए ।

उनलाई नेपालको स्थानिय दलाल अनिस नामले चिनिने उमेश थापाले पठाएका थिए । यि थापाको अर्को नामपनि छ, उदिमान उदय ।

अझैपनि लिबियामा थुप्रै नेपाली ईटाली छिर्ने बाटो कुरेर बसिरहेको जानकारि लिबियाबाट ईटली छिरेका नेपालीहरुले दिएका छन् । तिनको बेलैमा उद्दार नभए फेरि अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ ।

कसरि भयो उनको म्रित्यु ?

लिबियामै बस्ने नेपाली दलाल दिपेन्द्र सुनुवारले लिबियाका स्थानिय दलालहरुलाई सम्पर्क गराएर ‘ल तपाईहरु जानुस । पानी जहाजमा ब्रेकफास्ट खाँदै आनन्दले नाचीनाची जाने हो । पानी जहाजमा स्विमिङ पुल हुन्छ । नुहाउँदै, मस्ति लिँदै जाने । टेबलमा चट्ट बसेर चम्चा काँटाले खाना खानुपर्छ । त्यो पानी जहाजपनि संयुक्त राष्ट्र संघले ल्याउने हो । ईटाली पुगेपछि जुन देश गएपनि हुन्छ’ भन्दै सुम्पेको थियो । त्यसपछि लिबियाको दलालले उनीहरुलाई समुद्रतर्फ लिएर गयो । रातिनै उठाएर लगे ।

दलालहरुले सबै आप्रवाशीहरुलाई डुंगामा हाले । डुंगामा बत्ती बाल्ने पद्दती हुन्छ । मानिस कोच्चाएर राखेको थियो । आनन्दले बस्ने ठाउँपनि थिएन । उनीहरु आएको डुंडा ट्युबको थियो । लिबियाबाट इटाली आउने क्रममा धन मान पुर्जा, प्रकाश थापा र लोकेन बहादुर शाही लगायत १२ जना नेपाली थिए । डुंगामा तिन सय भन्दाबढिको भिड थियो । करिब १ बजे राति जहाजमा अचानक ठूलो आवाज आयो । डुंगा ढलपल ढलपल गर्‍यो । डुंगाभित्र पानीपनि पस्यो ।

उनी तर्सिए । बिचलित, बिक्षिप्त बने । टनाटन मानिस खाँदिएको देख्दानै आत्तिएका धनमान पूर्जा त्यो आवाज आएपछि एक्कासि अचेत जस्तो भए ।

करिब १० घण्टा पछी बिहान मालबाहक जहाज भेटियो । यस्ता जहाजमा विशेष सुविधा हुनाले त्यहि जहाजका कर्मचारीको सहयोगमा आपतकालिन सेवा दिने निकायलाई खबर गरे । किनभने पूर्जाको अवस्था झन झन बिग्रिँदै गएको थियो । त्यसपछि समुद्री उद्दार टोलीले इटाली तर्फ लिएर आएको नेपालीहरुले बताएका छन् ।

केहिदिन अन्य नेपालीहरुलाई त्यहि सिमा क्षेत्रमा राखेको थियो । त्यहाँ गरिनुपर्ने दर्ता र आवश्यक बैधानिक प्रक्रिया पुर्‍याएपछि नेपालीहरुलाई बिभिन्न शरणार्थी क्याम्पहरुमा स्थानान्तरण गर्न खोजियो । त्यहि बेला पूर्जाको तस्विर देखाउँदै प्रकाश थापा, राजेश पर्वत र लोकेन बहादुर शाही लगायत सँगै आएका नेपालीले सोधे ‘यो हाम्रो साथी खोइ ? कहाँ छ ?’ त्यसपछि प्रहरी र उद्दारकर्ता, स्वयंसेवकहरुले नेपालीहरुलाई ‘यो तस्विर भएको ब्यक्तिको म्रित्यु भैसक्यो’ भन्ने जवाफ दिएपछि नेपालीहरु मर्माहित भएका थिए । त्यसपछि ति नेपालीले ईटालीका सामाजिक संस्था, वाणिज्यदूत (कन्सुलर) कार्यालय, पूर्जाका परिवारलाई खबर गरिदिन सामाजिक सन्जालबाट आव्हान गरेका थिए ।

          ईटालीमै गरिने अन्त्यष्टि

ईटालीको रोमस्थित नेपाली बाणिज्यदूतावासको पहलमा शुक्रबार पूर्जाको अन्त्यस्टि हुने भएको छ । परिवारले ईटालीबाट उनको शब नेपाल ल्याउन महँगो पर्ने हुनाले त्यहिँ अन्त्यस्टि गरिदिन आग्रह गरेपछि ईटालीमै अन्त्यस्टि गर्न लागिएको हो । पूर्जाको स्थिति पत्ता लगाउन मुख्य भूमिका रोमस्थित वाणिज्यदूतावास र एन आर एन ईटालीको गरेको थियो ।

          को हुन् मुख्य दलाल ?

(राजेश बिकपनि भनिने दलाल । जसको नागरिकताको नाम दिपेन्द्र सुनार हो । ठगिएका नेपालीले सामाजिक सञ्जालमा राखेको फोटो) 

बागलुङको बसपार्क छेउमा रहेको पुजा पेट्रोल पम्प अगाडी ढोरपाटन मेडिकल सेन्टर खोलेका उमेश थापा नेपालका मुख्य दलाल हुन् । उनीसित अरु दुई तिन जनाको समूहपनि छ । त्यसपछि पाकिस्तान, सुडान, टर्की वा लिबिया हुँदै ईटालीसम्म ल्याउने मेसो आफ्ना संवन्धित देशका दलालमार्फत दिपेन्द्र  सुनार (राजेश) ले मिलाउँछन् । सुनार पर्वत जिल्लाका हुन् ।

सुनार नेपालमापनि बिभिन्न अपराध गरेर प्रहरीको मोस्ट वाण्टेड सूचीमा परेका अपराधी आरोपित भएको नेपालीलाई उनैले बताउने गर्छन् । उनको नेपाली राहदनीसमेत थिएन । उनलाई नेपाली राहदानी बनाउने काम दुबाईको नेपाली दुतावासले गरेको हो । दुबाईमा रहेका मानव तस्करका एजेण्टको पहलमा । लिबिया रहेका सुनारको पासपोर्ट कसरि दुबाईको नेपाली दुतावासले बनायो ? दुतवासका कर्मचारीसमेत संलग्न रहेको आशंका यसबाट गर्न सकिन्छ ।

यि दलाल दिपेन्द्र सुनुवारले कहिलेकाहिँ आफूलाई राजेश विक भनेरपनि चिनाउने गरेका छन् । नागरिकता भने दिपेन्द्र सुनारकै नामबाट छ । उनले उत्तर अफ्रिकाको फोन नंबर प्रयोग गरेकाछन् । उनको फोन नंबर ००२१ ८९२ ६३४ ८५४४ हो ।

              प्रहरी अधिक्रितपनि संलग्न 

विभिन्न रुटहरु हुँदै युरोप सम्मको भिजा नेपालमा सजिलो तरिकाले लाग्दैन । भिसा बिभिन्न नक्कली कागजात पेश गरेर मिलाउने हुँदा त्रिभुवन विमानस्थलका कर्मचारीलाई थाह हुन्छ । त्यसैले विमानस्थलमा सहज तरिकाले प्रस्थान गर्न दिने वातावरण नेपाल प्रहरीका डिएसपी अर्जुन कार्कीले मिलाउने गरेको जानकारि पिडितहरुले दिए ।

नेपालका दलालहरुले कार्कीको फोन दिन्छन् । उनलाई फोन गरेपछि केहि ब्यक्ति लिएर उनी आफैं आउँछन् । प्रहरी ड्रेसमा आएर नेपालीहरुलाई विमानसम्म पुर्‍याइदिने ब्यवस्था तिनै डिएसपी कार्कीमार्फत हुन्छ । ‘जाँचसाँच केहि हुन्न । रेलमा चढाए झैं कार्कीले सिधै प्लेनमा लगेर चढाइदिन्छन्’ कार्कीको सहजीकरणमा ईटाली आएका नेपालीको भनाई छ ।

       ईटालीको दलाल को ?

सुनारलाई ईटालीमा रहेका कुनै न कुनै दलालले सहयोग गरिरहेको बुझिन्छ । ईटालीमा कुनै ब्यक्तिको सहयोगबिना यो ‘च्यानल’ मिलाउन सहजपनि छैन । ईटालीका नेपालीले ईटालीमै बसेर मानव तस्करीमा सहयोग गर्ने को हो भनेर खोजिरहेको नेपाल मितेरी मञ्चका अध्यक्ष विशाल तामाङ लगायतले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । तर हालसम्म पहिचान गर्न भने सकेको देखिएको छैन । त्यस्तो नेपालीको पहिचान गरेर कारवाही अगाडि बढाउन पहल गर्ने आशायका जानकारिहरु भने नेपालीहरुले सार्वजनिक गरिरहेका छन् ।

मारिदिन्छु भन्दै धम्की

नेपालमा हुँदा दलालहरुले असाध्यै फकाउँछन् । मिठो बोल्दै चाकरि गरेर ल्याउँछन् । पाकिस्तान वा दुबाई आएपछि त्यहिँको स्थानिय दलालले जिम्मा लिन्छ । त्यहाँबाट सुडान, लिबिया वा टर्कीको भिसा मिलाएर दलालले पठाउँछ ।  युरोप छिर्नु अघि सुडान, लिबिया वा टर्की जहाँ आइपुगेपनि धम्की र चर्को रकम असुली शुरु हुन्छ । अरु नेपालीलाई तान्नको लागिपनि दलालले राम्रो ब्यवहार गर्छ, मिठो बोल्छ । भिसा मिलाउन जति ढिलो हुन्छ त्यतिनै समय बिच बाटोमा राख्ने गर्छन् ।

लिबिया आएपछि फेरि ‘यति पैसा दिए लान्छौं, नत्र यहिँ मारिदिन सक्छन्’ भन्दै लिबियाका दलालमार्फत अपहरण गराउँछन् । लिबियाबाट ईटाली पठाउनु अघि सुनारले नेपालीहरुसित रकम माग्ने क्रममा ‘मलाई नेपाल जानु छैन । के मतलव । यहिँ मारिदिन्छु’ भन्दै कुट्ने गर्छन्  । अपहरण गरेको अवस्थामा आफ्ना परिवारसित सम्पर्क गराएर पैसा झिकाउन लगाउँछ । लिबिया, सुडान वा टर्की आउने क्रमसम्म निकै पैसा तिरिसकेको हुनाले जसरिपनि पैसा पठाउन बिन्ति गरेर नेपालीहरु युरोप छिर्छन् ।

नेपाल हुँदा त्यहि म्याग्दीको अनिश मार्फत ‘डिल’ गराउँछन् । शुरुमा ६ लाख माग्छन् । लिबिया आइपुगेपछि फेरि छ लाख माग्छन् । त्यहाँबाट फेरि अर्को दलालहरुलाई अपहरण गर्न लगाएपछि दुई लाख माग्ने गर्छन् । यसरि १४ देखि १६ लाख तिरेर नेपालीहरु अहिले ईटाली छिरिरहेका छन् । नेपालबाट तिनदेखि चार महिनामा नेपालीहरु ईटाली छिर्ने गर्छन् ।

 

 

तपाइँको प्रतिक्रिया