डोनाल्ड ट्रम्पका छोरा शिकार गर्दै अफ्रिका, ट्रम्पले ल्याए हाती सिध्याउने योजना

अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले संसारकै सबैभन्दा ठूलो स्तनधारी जिव हात्ती सिध्याउने योजना ल्याएका छन् । हात्तीहरु अति संकटापन्न अवस्थामा पुगेकाले तिनका कुनैपनि शारिरिक अंगको ओसारपसार र किनबेचमा प्रतिबन्धित थियो । तर अमेरिकी राष्ट्रपती ट्रम्पले ति अंगहरुको किनबेचमाथिको प्रतिबन्ध हटाइदिने घोषणा गरेका छन् । अब यो लागू भए हात्तीहरु लोप हुनसक्ने चिन्ता ब्यक्त गरिएको छ ।

(जिम्बाब्वेमा डोनाल्ड ट्रम्पका छोराहरु शिकार गरेर देखाउँदै)

सामाजिक मेडियाहरुमा डोनाल्ड ट्रम्पका दुई छोराहरुले जिम्बाबेमा गएर हात्तीको पुच्छर काटेर समातेको, जंगली भैसी र म्रिग मारेर देखाएको तस्विर छ्याप्छ्याप्ती गराइएको छ । यसले गर्दापनि ट्रम्प निकै आलोचित बनेका छन् । हात्तीमाथिको प्रतिबन्ध हटाउने निर्णयले उनलाई ठूलो बिवादमा पारेको छ । एउटा हातमा हात्तीको पुच्छर लिएको र अर्को हातमा चक्कु समातेर दिएको डोनाल्ड त्रम्प जुनिएरको पोजले धेरैलाई आक्रोशित पारेको छ । यसले गर्दापनि ट्रम्प परिवारको तिब्र बिरोध भएको छ । उनीहरु संरक्षण बिरोधी देखिएका छन् ।

हात्तीहरुको संख्या वर्षेनी घट्दै गएर लोप हुनसक्ने भन्दै हात्ती बचाउकालागि करोडौं रकम बराबरको संरक्षणका योजना अगाडि सारिएको छ । हात्ती बचाउनकालागि विश्वभरि चिन्ता गरिएको छ । हात्ती संकटमा पर्नाको मुख्य कारणपनि हात्तीका अंगहरुबाट बिभिन्न औषधी र विलाशिताका सामाग्रि बनाएर प्रयोग गर्नु, सोखले शिकार गर्नु र हात्तीले क्रिषकहरुको बालीनाली खाएर नष्ट गरिदिनाले स्थानियले हत्या गर्नु हो ।

ट्रम्पको यो निर्णयले थोरै संख्यामा रहेका एशियाली हात्तीको अस्तित्वमाथिपनि असर पर्ने छ । किनभने यस्ता विलाशि वस्तुकालागि एशियाली हात्तीहरुपनि मारिने गरेका छन् ।

ति मध्येपनि मुख कारण हात्तीको शरिरका अंगबाट बनेका विलाशिताका वस्तुहरुको प्रयोगनै हो । अहिले अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प हात्तीबाट बनेका ट्रफीहरुको खरिबबिक्रिमाथिको प्रतिबन्ध खुला गर्ने घोषणा गरिदिएका छन् । यसले गर्दा अब अफ्रिकी मधादेशका हात्तीहरु मारिने क्रम झन बढ्ने छ । केहि वर्षमै हात्ती मासिन सक्छ ।

उनले अफ्रिकाका दुई देशमा रहेका हात्तीहरुमाथिको प्रतिबन्ध भनेका छन् । उनले कुन कुन देश हुन् यि भन्ने नाम नलिएपनि जाम्बिया र जिम्बाब्वेका हात्तीहरुमा भन्न खोजिएको हो । तर उनको यो भनाई आफैंमा हाँस्यास्पद छ । किनभने अफ्रिकी हात्तीका अंगबाट बनेका ट्रफीहरु कुन देशको हो भनेर चिन्न सकिँदैन । ति देशहरु एक अर्कामा सिमा जोडिएको, निकट पर्ने भएकाले पनि कुन देशको हात्तीको अंगबाट बनेको हो भन्न र निगरानी गर्न सहज छैन । अफ्रिकी हात्तीहरु अफ्रिकी मुलुकमा बसाईसराई गरिरहनालेपनि निगरानी कठिन छ ।

सन् २०१६ देखि सन् २०१८ सम्म शिकार गरिएका हात्तीका अंगबाट बनेका ट्रफीहरु प्रति आयात दुई वटा ल्याउन पाउने भन्दै पुरानो प्रतिबन्ध गत साता अमेरिकी व्ह्वाईट हाउसले हटाइदिएको थियो । त्यस लगत्तै अमेरिका र बाँकि विश्वमापनि ट्रम्प नितिको तिब्र हुँदै आएको छ । धेरै संघसंस्थाहरुले यो नितिको बिरोध पत्रमा हस्ताक्षर गर्न बिभिन्न  अभियानहरु चलाएका छन् । अमेरिकामै प्रतिपक्षी दलका नेता, वातावरणविदहरुले तिब्र आलोचना र बिरोध गरिरहेका छन् ।

ट्रम्पले भने हात्तीका ट्रफीहरु बिक्रि गरेर ठूलो लाभ लिन सकिने र त्यो रकमले हात्ती संरक्षणमा लगानी गरेर झन सफलता हात पर्ने हाँस्यास्पद तर्क गरेका छन् । तर यसलाई अधिकांश संरक्षणवादीहरुले पत्याएका छैनन् । अमेरिकाकै हाँस्य कलाकार एलन डि जेनेरस लगायतले हात्ती संरक्षणकोलागि अभियान शुरु गरेका छन् ।

माईक्रो सफ्टका संस्थापक मध्येका एक पोल जि एलनले हात्ती गणनाको परियोजना चलाएका थिए । उनले सन् २००७ देखि सन् २०१४ मा हात्तीहरुको संख्या ३० प्रतिशतले घटेको बताउँदै ट्रम्पको निर्णयले हात्तीहरु झन छिटो संपटमा पर्ने बताएका छन् ।

तपाइँको प्रतिक्रिया