नबन्ला त लाप्राक नमूना वस्ति र एन आर एन ए भवन ?

एन आर एन एको विश्व सम्मेलनका बेला गोरखाको लाप्राकमा बन्दै गरेको लाप्राक नमूना बस्ति र एन आर एन ए भवनले सबैभन्दा बढि चर्चा पाए । एन आर एन एका यि दुई परियोजना केन्द्रिय तहको नेत्रित्वमा उमेदवारी दिएका धेरैको एजेण्डापनि बन्यो । बरु यि एजेण्डा आफ्नो भएको दाबीपनि केहिले गरे । आफ्नो जितबिना यि एजेण्डा असफल हुन सक्ने तर्कपनि गरियो । तर अब प्रश्न उठ्छ, के एन आर एनमा कुनै पक्षको जित र हारले मात्रै यि परियोजना सफल वा असफल बन्ने अवस्था होला ?

भवन भट्ट भारि मतले बिजयी भए, अध्यक्षमा । उनलेपनि एन आर एन ए भवन र लाप्राक बस्तिको एजेण्डा आफ्नो भएको दाबी गरेका थिए । त्यसैगरि अध्यक्ष पदको उमेदवार जमुना घलेलेपनि यि एजेण्ड आफ्नो भएको र आफ्नो नेत्रित्वबिना यि एजेण्डा असफल हुनसक्ने तर्क गरेकि थि ईन् । वास्तवमा यि दुबै तर्क सहि थिएनन् । किनभने एन आर एन ए भवन बनाउने निर्णय एन आर एन ए संस्थापक अध्यक्ष उपेन्द्र महतोकै कार्यकालमा निर्क्योल गरिएको थियो । एन आर एन ए भवन बनाउने एजेण्डा एन आर एन ए आधिकारिक रुपमा दर्तापनि नहुँदै निधो गरिएको परियोजना हो । त्यसैले यो परियोजना एन आर एनको नेत्रित्वमा जो आएपनि पुरा हुन्छ ।

लाप्राक नमूना वस्ति बनाउने परियोजना भूकम्प गए लगत्तै निर्णय भएको थियो । एन आर एन एको केन्द्रिय समितिको निर्णय थियो यो । शेष घले अध्यक्षमा रहेकाले उनले यसमा धेरै समय, साथ र सहयोग जुटाए । यसमा अध्यक्षका नाताले उनले समयपनि धेरै दिए । तर लाप्राक नमुना वस्ति निर्माण गर्ने परियोजना विश्वभर छरिएका नेपालीको ईज्जत, प्रतिष्ठा, भावनासित जोडिएको विषय हो । यो असफल भयो भने विश्वभरिका प्रवाशी नेपालीको ईज्जत जान्छ । प्रतिष्ठामा आँच आउँछ र भावनामा चोट पुग्छ भन्ने सबै नेपालीलाई थाह छ । यसमा विश्वभरिकै एन आर एन एका सदस्यहरु चनाखा छन् । त्यसैले, आफ्नो ईज्जत, प्रतिष्ठा र भावनासित जोडिएका प्रमुख दुई परियोजना लाप्राक वस्ति निर्माण र एन आर एन ए भवन कुनैपनि मूल्यमा सफल भैछाड्छन्न् । यि परियोजना कुनैपनि हालतमा असफल हुन दिने छैनन् । विश्वभरीक नेपालीले चुनेर आएको वर्तमान नेत्रित्वपनि कमजोर धरातल, बेअनुभवी र एन आर एन हाँक्न नसक्ने खालको छैन । यो नेत्रित्वले एन आर एनका प्रमुख परियोजना सफल पार्ने छ । यसमा विश्वभरिकै नेपालीले भूमिका खेल्ने छन् ।

तपाइँको प्रतिक्रिया