नेपाली सद्भाव बिथोल्ने र मनोनित भएर संस्था कब्जा गर्न खोज्ने जति एन आर एनको निर्वाचनबाट पराजित

जात जाति भन्दै एन आर एनमा जातियताको बिउ रोप्नेहरु गैह्र आवाशिय नेपाली संघ (एन आर एन ए) को केन्द्रिय निर्वाचबाट पराजित भएका छन् । त्यस्तै, एन आर एन को कुनैपनि जिम्मेवारीमा नबसिकन मनोनित भएर आउने र पछि एकै चोटो केन्द्रिय पदहरु हत्याउन खोज्नेहरुलाईपनि विश्वभरिका नेपालीले पराजित गरिदिएका छन् ।

एन आर एन एको निर्वाचनबाट भवन भट्ट अध्यक्षमा चुनिएका छन् । उनीसित अध्यक्षमा लडेकी जमुना घलेले भट्टको प्रतिस्पर्धामा आधा मतपनि ल्याउन सकिनन् । केन्द्रिय समिति लगभग सबै पदमा भट्टकै प्यनल बिजयी भएको छ । संघको उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य बिजयी भएक छन्। महिला उपाध्यक्षमा सपिला राजभण्डारी निर्वाचित भएकि छन् । यस्तै महासचिवमा डा बर्दी केसी, सचिवमा डिबी क्षेत्री र कोषाध्यक्षमा हिक्मत थापा निर्वाचित भए ।

२००३ स्थापना भएको एनआरएनएको ईतिहाँसमै पहिलो पटक प्यानलगत आधारमा चुनाव भएको थियो । एन आर एनमा यस्तो बिभाजन शेष घले अध्यक्ष भएपछि शुरु भएको हो । शेष घलेकै पालादेखि एन आर एन एमा जातजातिको बिभाजनको रेखापनि कोरिएको थियो । तर जातिय आधारमा एन आर एन एलाई बिभाजित गर्ने प्रयास विश्वभरका नेपालीले नरुचाएको सन्देश यो निर्वाचनले दिएको छ । शेष घलेकै पालादेखि निर्वाचनमा पराजितहरुलाई मनोनित गरेर ल्याउने र जनमतको अनुदार गर्ने प्रचलनपनि एन आर एन एमा शुरु भएको थियो ।

कसको मत कति ?

तलको न्युजपनि हेर्नुस 

एनआरएन अध्यक्षमा भवन भट्ट र महासचिवमा डा बद्री केसी (विजयीको सूचीसहित)

३१ असोज, काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा भवन भट्ट भारी मतान्तरले विजयी भएका छन । काठमाडौंमा सम्पन्न आठौँ महाधिवेशनमा निकटतक प्रतिस्पर्धी जमुना घले गुरुङलाई ६१३ मतान्तरले हराउँदै भट्ट अध्यक्षमा विजयी भएका हुन । राजनीतिक रुपमा भट्टले नेकपा एमाले र माओवादी केन्द्रको साथ पाएका थिए भने गुरुङलाई नेपाली कांग्रेसले सहयोग गरेको थियो । अध्यक्षमा विजयी भट्टले १ हजार १ सय ९७ मत प्राप्त गरेका छन । त्यस्तै गुरुङले ५ सय ८४ मत प्राप्त गरिन । कुल १ हजार ८ सय ५४ मध्ये १ हजार ७ सय ८८ मत खसेको थियो ।

दुई उपाध्यक्ष पदका लागि ६ जनाबीच भएको निर्वाचनबाट कुमारप्रसाद पन्त र कुल आचार्य विजयी भएका छन । महिला उपाध्यक्षमा सपिला राजभण्डारी विजयी भएकीछिन । महासचिवमा पुनः डा बद्री केसी निर्वाचित भएका छन । दुुई सचिवमा डबरबहादुर क्षेत्री र जानकी गुरुङ विजयी भएकी छिन । कोषाध्यक्षमा पुनः हिक्मतबहादुर थापा विजयी भएका छन । सह–कोषाध्यक्षमा सोमनाथ सापकोटा बिजयी भएको निर्वाचन समितिले जनाएको छ । महिला संयोजकमा भूमादेवी लिम्बु निर्वाचित भइन । युवा संयोजकमा सुदन थापा निर्वाचित भएका छन ।

सन् २००३ मा स्थापना भएको एनआरएनमा २१ जनाको कार्यसमिति हुन्छ । सो समिति भित्र छ वटा क्षेत्रिय, महिला र युवा समितिको संयोजक र उपसंयोजक रहने व्यवस्था छ । एनआरएनएले हालसम्म ७८ मुलुकमा आफ्नो सञ्जाल विस्तार गरेको छ । संघको महाधिवेशन हरेक २ वर्षमा नेपालमै हुने गरेको छ । अध्यक्षमा विजयी भट्टले हारजित स्वभाविक प्रक्रिया भएकाले सबैको सहकार्यमा एनआरएनएका एजेन्डालाई पूरा गर्ने प्रतिक्रिया दिएका छन । एनआरएनएको भवन निर्माण, लाप्राक पुनर्निर्माण, स्मार्ट र एकेडेमी एनआरएन, सामूहिक लगानी लगायत एजेन्डाहरु समेत अघि बढाउने उनले प्रतिवद्धता जनाएका छन ।

(पछिल्लो न्युज आजकोन्युज डट कमबाट साभार)

तपाइँको प्रतिक्रिया