नहुने आश्वाश र झुठा घोषणापत्र बाँडेर भोट माग्दै एन आर एनका उमेदवार

“मपनि सक्ने नसक्ने योजना, कुनै गतिलो पत्रकारद्वारा लेखाएको एन आर एन भिजन, मिठा र सुन्दै ‘ओहो यसले चाहिँ फ्याट्काफ्याट बदल्छ है’ भन्ने खालका बुँदा राखेर घोषणा पत्र जारि गर्दै कुनै पदमा उमेदवारी दिम कि के हो? आखिर दुई चार जना पत्रकार साथीभाईसित क्वाँ क्वाँ रोइदिने हो भने मेरो कुरो’नी छाप्दिहाल्छन्, भँगेरे अक्षरमा भएपनि ।“ एक जना पत्रकारले नेपालप्लसलाई सुनाएको प्रसंग हो यो ।

गम्भिर भएर हेर्ने हो भने अहिले उमेदवारले गरेका घोषणा र प्रतिबद्दता दुई वर्षमा पुरा हुने खालका छैनन् । अधिकांशको बिगतको कार्यकाल हेर्दा त झन हाँसो लाग्ने खालको छ ।

गैह्र आवाशिय नेपाली संघ (एन आर एन) को केन्द्रिय निर्वाचन आउन अब केहि दिन मात्रै बाँकी छ । यो निर्वाचनमा उमेदवार बनेकाहरुले आआफ्ना एजेन्डा, प्रतिबद्दता, घोषणापत्र र आश्वासनका पोका बोकेर भोट माग्न मैदानमा उत्रिएका छन् । तिनका घोषणापत्र र प्रतिबद्दता हेर्दा यो दुई वर्षे कार्यकालमा पुरा हुने खालका छैनन् । यस्ता झुठा प्रतिबद्दता र आश्वाशन बाँडिदिनाले आम नेपालीहरुमा ‘एन आर एन वालाहरु गफ निकै चुट्छन्, केहि पुरा गर्ने होइन’ भन्ने आरोपलाई झन फराकिलो पार्दै लगेको छ ।

यो पटकका उमेदवारका प्रतिबद्दता सूची गरेर राख्ने र तिनका प्रतिबद्दता पुरा भए की भएनन् पछि हेरेर आवाज उठाउनुपर्छ । नत्र एन आर एनलाई झन हावा संस्था बनाउने भए, झुटो प्रतिबद्दताको कचौरोमा भोट माग्नेहरुले ।

एन आर एन युरोप क्षेत्रिय उप संयोजकमा करिब डेढ दर्जनको उमेदवारी परेको छ  । ति मध्ये बिगतमा पटक पटक परिक्षण भैसकेका पात्र छन् । कोहि बिभिन्न राजनितिक दलका भात्रि संगठनमा आबद्द छन् । कोहि ति भात्रि संगठनको नेत्रित्व गरेका छन् । कोहि भने बिभिन्न सामाजिक संस्थामा अहिलेपनि आबद्द छन् । नेपाल सरकारले पर्यटन दूत तोकेकहरु समेत त्यो भूमिकाले सामाजसेवा गर्न नपुगे झैं एन आर एनका अन्य पदमा उमेदवारी दिएका छन् । तिनलाई आफू आबद्द भैरहेकै सामाजिक संस्थाबाट नेपाली र  नेपालको सेवा गर्न केले रोकेको छ ? अन्य सामाजिक संस्थामा आबद्द हुँदाहुँदै त्यहि संस्थाबाट नेपाल र नेपालीको हितमा काम नगरेर किन फेरि अर्को सामाजिक संस्था एन आर् एनमा पद चाहियो ? तिनका प्रतिबद्दतामा यसको स्पठ भएको कहिँ पाइन्न ।

केहि उमेदवारहरुले नेपालमा ठूलो लगानी भित्राउने आश्वान दिईरहेका छन् । यो सरासर झन झुटो आश्वाशन हो । बिगतमा एन आर एनको कुनै भूमिकामा रहँदा तिनले कति लगानी भित्र्याए त नेपाल ? त्यसको यथार्थ जानकारि दिन भने ति चुकेका छन् । तिनले कसरि सामूहिक भित्र्याउने हुन् ? बिगतमा कुनै न कुनै नेत्रित्वमा बसेर चाखिईसकेका तिनलाई कुन नेपालीले पत्याउने हो दुखले आर्जेको पैसा सुम्पिएर ? सामूहिक लगानीका लागि कुन क्षेत्र रोजिएको हो ? कति लाभ हुने हो ? कुन परियोजनाकालागि हो ? यस्ता वस्तुगत यथार्थताको कुनै जानकारिबिना सामूहिक लगानी लैजाने प्रतिबद्दता जारि गर्दै मत माग्नु फट्याई गर्नु हो ।

पोर्चुगल, ईटाली, स्पेन, बेल्जियम आदि मुलुकमा बिगतमा धेरै नेपाली ठगिईए । कागज बनाइदिने र काम खोजिदिने नाममा त्यहिँका समाजसेवी र एन आर एनका अगुवा भन्नेलेनै ठगे । दलालहरुलाई कुनै जनवर्गिय संगठनमा आबद्द गराएर, धम्कि दिएरपनि संरक्षण गरे । दुख परेका, ठगिईएका, मानव तस्करले चुसेका नेपालीका पक्षमा बोलेनन् । आज त्यहि मुलुकबाट तिनै तस्कर र फटाहाहरुलाई संरक्षण दिने, पार्टीको जनवर्गिय संगठनमा लगेर संरक्षण दिनेहरुनै केन्द्रियदेखि युरोप क्षेत्रिय संगठनको अनेक पदमा उमेदवार बनेका छन् । तिनले फेरिपनि जित्नु भनेको झन धेरै नेपाली ठगिनु, सास्ति पाउनु र फटाहा, दलाल र मानव तस्करहरुको झन बिगबिगी हुनु हो । यस्ता देशबाट त्यस्तो छबी लिएर उठेकाहरुलाई निर्वाचनमा लोप्पा खुवाउनु जरुरि छ ।

तपाइँको प्रतिक्रिया