भोट फकाउन एन आर एन का नेता हेलिकोप्टरमा म्याग्दी

(फोटो साभार- नागरिक न्युज)

म्याग्दीको दरबाङका स्थानिय जनता आइतवार छक्कै परे । कतै नराम्रो घटना हुन लागेको त होइन भनेर ति अचम्मित मात्रै भएनन् । ति भयभितपनि बने । यति धेरै हेलिकोप्टर त दश वर्षे जनयुद्दमापनि ओर्लेका थिएनन्  । एकै दिन, केहि घण्टाकै फरकमा । नेपाली सेनाको हेलिकोप्टसमेत ओर्लिएपछि त झन दरबाङवासीहरु अत्तालिए । नयाँ नयाँ हेलिकोप्टर एकपछि अर्को ओर्लिएको ओर्लियै गरेपछि त्यस्तो हेलिकोप्टर चढ्न सक्ने हैशियत भएका धनाढ्यहरु हेर्न म्याग्देलीहरुको भिड लाग्यो । मोनाको दोस्रो अन्तर्राष्ट्रिय कार्यक्रम आयोजित हलभित्र ति हेलिकोप्टरमा सवारहरु भित्रिएपछि बल्ल थाह पाए दरवाङवासीले कि ति त आफ्नै लागि भोट माग्न, मान्छे फकाउन, आफ्नो भोट सुरक्षित गर्न पो हेलिकोप्टरको यात्रा गरेर आफ्नो गाउँ धाएका रहेछ्न् ।

आइतवार म्याग्दी प्रवासी नेपाली संघ (मोना) को अन्तर्राष्ट्रिय कार्य समितिको दोस्रो महाधिवेशन म्याग्दी जिल्लाको दरबाङमा थियो । म्याग्दी जिल्लाबाट प्रवाशमा भएकाहरुले खोलेको यो संगठनको महाधिवेशनमा एन आर एन का केहि अभियन्ता छोडेर बाँकि धेरै जना हेलिकप्टरमा सवार भए । झण्डै झण्डै अन्तिम समयसम्म आयोजकहरुलाई समेत एन आर एन एका यति धेरै नेताहरुहरु उपस्थित होलान् भन्ने लागेको थिएन । म्याग्दीमा यति धेरै नाम कहलिएका एन आर एनका धनाढ्यहरु यस अघि कहिल्यै उपस्थितपनि थिएनन् ।

म्याग्दीमा अधिबेशन हुन लागेपछि त्यसलाई मोना कार्य समितिले प्रतिष्ठा र मौकाका रुपमा लियो । एन आर एन एको केन्द्रिय निर्वाचनका बेला भोटको लोभलेपनि केन्द्रिय नेतहरुलाई निम्तो दिएमा स्विकारिहाल्छन् भन्ने उनीहरुलाई थाह थियो । उनीहरुले एन आर एन एका संस्थापक अध्यक्ष उपेन्द्र महतो र वर्तमान अध्यक्ष शेष घले लगायतलाई निम्तो दिए । म्याग्दी जिल्लाबाट प्रवाशमा हुनेहरुले खोलेको मोना संगठन बेल्जियम, अष्ट्रेलिया, जापान, अमेरिका लगायत धेरै देशमा फैलिएको हुनाले यो संगठन एउटा भोटको बैंकपनि हो भन्ने अभियन्ताहरुलाई जानकारि नहुने कुरै थिएन । त्यसैले डा उपेन्द्र महतो र शेष घले त्यहाँ जाने हस्को पाएपछि एन आर एन का अन्य नेताहरुपनि त्यो कार्यक्रममा छुट्न चाहेनन् ।

एक त त्यहाँ सहभागि भए मोना संगठनबाट भोट पाइएला भन्ने लोभ । अर्को आफू नगएमा कतै आफ्ना भोटरहरु अरुले फकाउँछन् कि भन्ने त्रास । यहि लोभ र त्रासै त्रासमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष घले, उनकी श्रीमती जमुना गुरुङसहितको समूह एउटा हेलिकोप्टरमा पुग्यो । संस्थापक अध्यक्ष उपेन्द्र महतो नेपाली सेनाको हेलिकप्टर लिएर गए । उनी चढेको सेनाको हेलिकप्टरमा एनआरएन युरोप संयोजक कुल आचार्यपनि मिसिए ।

एनआर एनएका वर्तमान उपाध्यक्ष भवन भट्ट छुट्टै हेलिकप्टर लिएर कार्यक्रमस्थल पुगे । उनी अन्तिम अवस्थामा सबैलाई झुक्काएर पुगेको स्रोतले बतायो । एनआरएन ए सचिव अर्जुन श्रेष्ठ, प्रवक्ता रञ्जु थापा क्षत्री, अमेरिकाको क्षेत्रिय संयोजक सोनाम लामा, युरोप क्षेत्रिय सहसंयोजक प्रेम गुरुङ, युकेका पूर्व अध्यक्ष मुक्षत्र गुरुङपनि के कम ? उनीहरुपनि हेलिकोप्टरमै कार्यक्रमस्थल पुगे।

यति धेरै धानाढ्यहरु घण्टाको करिब एक लाखका दरले हेलिकोप्टर चढेर आएपछि म्याग्देलीहरुको लागि के के न हुन्छ, विकासकालागि टन्नै काम हुने भो भनेर सोचे म्याग्देलीहरुले । तर कार्यक्रम नसकिँदै बाहिर गाइगुइँ चलिहाल्यो ‘यि त आफ्नो भोट सुरक्षित गर्न, फकाउन र चुनावकालागि भोट तान्न, आफ्ना मान्छे अर्कोको क्याम्प जान नपाओस भनेर निगरानी गर्न, प्रवाशी म्याग्देलीको समर्थन खोज्न आएका हुन् ।’

यो हेलिकप्टर प्रतिस्पर्धामा एन आर एन का कोषाध्यक्ष हिकमत थापा, प्रमुख संरक्षक जिवा लामिछाने, महासचिव डा बद्री केसी, उपाध्यक्ष कुमार पन्त लगायतका केहि अभियन्ताहरु भने सामेल भएनन् ।

तपाइँको प्रतिक्रिया