कुमार पन्त फेरि केन्द्रिय उपाध्यक्षमै किन ?

गैह्र आवाशिय नेपाली संघको केन्द्रिय उपाध्यक्ष कुमार पन्त अध्यक्षमा जाने निकै चर्चा चल्यो । तर उनले ति बजारिया हल्लालाई गलत सावित गरिदिए । फेरिपनि केन्द्रिय उपाध्यक्षमै उमेदवारी घोषणा गरेर । उनले एन आर एन एको सुधार, संस्थागत विकास र अनावश्यक प्रतिस्पर्धा भन्दा समग्र संस्थागत हितकालागि भनेर फेरिपनि एक कार्यकाल उपाध्यक्षकै जिम्मेवारी पुरा गर्ने सार्वजनिक गरेका छन् । एन आर एनको संस्थागत विकासमा उल्लेख्य योगदान गरेका कुमार पन्तको स्थानलाई महत्वका साथ हेर्ने गरिन्छ ।

आफू अध्यक्ष पदको उमेदवार बन्न नचाहेको किन भन्ने विषयमा उनले दिएको तर्क एन आर एन एको समग्र स्थायित्व र गूट उपगूट बन्न नदिने वातावारण बनाउन महत्वपूर्ण हुन सक्छ । किनभने यस पटकको अन्तर्राष्ट्रिय अधिवेशनमा एन आर एनको नेत्रित्व लिन यति धेरै गूट र उपगूट देखियो की त्यस्तो यस अघि कहिल्यै देखिएको थिएन । यहि अवस्था अझ बिस्तार हुँदै गए एन आर एन ए अझ बिवादिद र गूटहरुमा बिभाजित हुनसक्छ भन्ने बुझाई उनमा देखिन्छ । त्यसैले आफू कुनै एक पक्षको उमेदवार, एक गूटको पक्षधर देखिनुभन्दा समग्र संस्थाकै हितमा सबैकालागि योगदान दिनसक्ने स्थानमा रहेर भूमिका खेल्नु उचित ठानेर फेरि उपाध्यक्ष पदमै उमेदवारी घोषणा गरेका छन् ।

कुमार पन्त अति संघर्ष गरेर सफल ब्यवशायी बन्न सफल ब्यक्ति मानिन्छन् । उनी सामान्य कामदार बाट उठेर लगन, मेहनत र ब्यवशायिक संघर्षबाट खारिँदै जर्मनीमा सफल ब्यवशायीका रुपमा उभिन सफल भएका हुन् । एन आर एन एको गठनसँगै यसको संस्थागत विकास र यसलाई स्थापित गराउन प्रमुख भूमिका खेलेका डा उपेन्द्र महतो, जिवा लामिछाने लगायतका अभियन्ताहरुसित उभिएर महत्वपूर्ण योगदन गरेका एक पात्र हुन् उनी ।

एन आर एन एको नेत्रित्व कसले लिने । नेत्रित्वमा पुगेपछि कसले आफ्ना नजिकका, विश्वाशिलाहरुलाई छानी छानी महत्वपूर्ण पदमा नियुक्ति गर्ने भन्ने गुटबन्दि देखिएको छ । अभियन्ताहरुबिच ध्रुविकरण मौलाएको छ । यस्तो बेला समग्र रुपमा संस्थालाई सर्बोपरि ठानी सफल र दूरदर्शी नेत्रित्वकर्ताले कुनै एक पक्ष लिँदैन । यस्तो अप्ठेरो अवस्थामा सबैलाई समेटेर कसरि लैजाने भन्ने बाटो खोज्छ । सबैसित संस्थाको भलोका लागि संवाद र छलफल गर्छ । कुमार पन्त त्यहि भूमिका रोजेर एक पटक फेरि सुझबुझपूर्ण नेत्रित्वकर्ताको परिचय दिन सफल देखिएका छन् ।

पन्तसित एन आर एन ए को विकास, यसका अप्ठेरा, यसलाई स्थापित गराउन कति चुनौति ब्यहोर्नुपर्‍यो भन्ने लामो अनुभवपनि छ । एन आर एन एको स्थापनाकालदेखि उनी कतै न कतै जोडिएका छन् । कहिँ न कहिँ महत्वपूर्ण भूमिकामा छन् । एन आर एन जर्मनीमा बसेर काम शुरु गरेका उनी पछि एन आर एन ए जर्मनीको तर्फबाट अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य थिए । त्यसबेला उनले खेलेको भूमिकाका बारेमा अहिलेपनि जर्मनीमा चर्चा हुने गर्छ । त्यसपछि उनी एन आर एन एको यूरोप क्षेत्रिय संयोजक भए । युरोप क्षेत्रमा एन आर एनलाई स्थापित गराउन उनले महत्वपूर्ण भूमिका  खेलेका थिए । युरोप क्षेत्रमा आयोजना गरिएका कार्यक्रममा उनी धेरै ठाउँमा सहभागि भए । उनले त्यसबेला सकेसम्म सबैलाई समेटेर लैजाने भूमिका खेलेका थिए ।

शेष घले पहिलो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुँदा कुमार पन्त गैह्र आवासीय नेपाली संघका केन्द्रिय महासचिव भए । घलेको कार्यकालमा उनी कहिल्यै बिवादित देखिएनन् । बरु घलेले उनको प्रशंसानै गर्थे । घले दोस्रो पटक २०१५–२०१७ कार्यकालकालागि अध्यक्ष हुँदा पन्त उपाध्यक्षमा निर्वाचित भएका थिए । यो कार्यकालमा नेपालमा भूकम्प, बाढि पहिरोको क्षती लगायतका धेरै बिपत्तीहरु आए । त्यसमा एन आर एन ए ले शुरु गरेको सबै अभियानमा पन्तले सक्रिय भूमिका खेलेका छन् । राहत संकलन र बितरणमा उनी नेपालका गाउँ गाउँ पुगेका छन् । गत वर्षादमा आएको बाढीले दर्जनौं गाउँ दुबानमा पारेको बेलापनि पन्त उद्दार सामाग्रि लिएर तराईका वस्ति पुगेका थिए । स्थानियलाई राहत बाँड्न क्याम्प खडा गरेर खटिएका थिए ।

एन आर एनको अभियानमा एक्कासि केन्द्रमा पुगेका पात्र होइनन् पन्त । उनी राष्ट्रिय समन्वय परिषदको सामान्य भूमिकामा रहेर काम गरेका ब्यक्ति हुन् । राष्ट्रिय समन्वय परिषदहरुको विकास कसरि हुन्छ । के हुन्छन् तिनका अप्ठेरा र भूमिका भन्नेबारे उनलाई राम्रो ज्ञान छ । त्यसपछि क्षेत्रिय रुपमा संस्थालाई कसरि लैजानुपर्छ भन्ने ज्ञान र अनुभवपनि उनले समेटेपछि बल्ल केन्द्रिय तहमा बसेर फेरि पटक पटकको अनुभव लिएका छन् । त्यसैले एन आर एन ए को विकासकालागि कस्तो भूमिका खेल्नुपर्छ, सबै नेपालीको साझा संस्था बनाउन यो संस्था कस्तो हुनुपर्छ भन्ने निकै सामान्य तहदेखिको अनुभव पन्तले हासिल गरेका छन् । उनले आर्जेको ब्यवशायिक ज्ञानपनि धेरै नेपालीकालागि उपयोगी बन्न सक्छ । लामो समय देखिको उनको यो अनुभव एन आर एन ए समग्र हितकालागि आवश्यक देखिन्छ । उनले यि सबै अनुभवहरुलाई केन्द्रित तहमा बसेर लगानी गर्न सक्छन् । नम्र स्वभावले बोल्ने, कम बोल्ने र लागेका कुराहरु शान्त र शालिनरुपमा प्रस्तुत गर्ने उनको स्वभावलेपनि बिभिन्न खेमा र ध्रुबिकरणमा गैरहेको एन आर एन एको अहिलेको अवस्थामा महत्वपूर्ण भूमिका खेल्न सक्छन् पन्तले ।

तपाइँको प्रतिक्रिया