नौ बुँदे एजेण्डा अघि सार्दै एनआरएन स्विसका पूर्व अध्यक्ष गुरुङले दिए एन आर एन ए युरोप क्षेत्रिय सह संयोजकमा उमेदवारी

एन आर एन ए स्विजरल्याण्डका पूर्व अध्यक्ष धर्म गुरुङ अब एन आर एन् ए युरोप क्षेत्रिय उपसंयोजकमा भिड्ने भएका छन् । अक्टोबर १४ देखि काठमाडौंमा शुरु हुने एन आर एन ए केन्द्रिय अधिवेशनमा उनले आफ्नो उमेदवारी घोषणा गरेका हुन् । गुरुङले आफूसह संयोजक किन बन्ने भन्ने औचित्य सावित गर्न आफ्ना एजेण्डाहरु सार्वजनिक गरेका छन् । आफ्नो कार्यकालको लेखाजोखापनि गरेका छन् । आफ्नो अध्यक्षतामा सर्ब प्रथम स्विटजरल्याण्डमा फूटबल खेलको आयोजना गरेर संस्थाको हितमा काम गरेको, स्विसबासि नेपालीहरुलाइ हिउँदमा स्नो-फन कार्यक्रम गरि संस्थाको छबि उच्च बनाउने कार्य गरेको र पहिलो पटक एन आर एन ए स्विटजरल्याण्डको युरोप स्तरिय भेला जुरिचमा सम्पन्न गरि एन आर एन ए स्विसलाई संस्थागतरुपमा उँचो पारेको उनको दाबी छ । यहि सफलतालाई अगाडि सार्दै उनले सहसंयोजकमा आफ्नो उमेदवारीको औचित्य साबित गर्न खोजेका हुन् ।

आफू सहसंयोजकमा चुनिएमा आफूले के कस्ता कामको पहल गर्ने हो भन्ने नौ बुँदे एजेण्डासमेत गुरुङले अगाडि सारेका छन् ।

१) संस्थाको घर बनाउनको लागि र लाप्राक गाउँको लागि यूरोपबाट सक्दो सहयोग तथा सहभागी गराउने बाताबरणको स्रिजना गर्ने । लाप्राक भुकम्प पिडितहरुको लागि बनिरहेको घरको लागि युरो बाट बढी सयोग तथा स्वयंसेवक सहभागी गराउने ।

२) देश तथा बिदेशमा सामुहिक लगानिको लागि प्रयास गर्ने ।

३) युरोपमा गैर आवासीय नेपाली संघको कार्यालय स्थापनाको लागि कोशिस गर्ने ।

४) खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरेर सस्थाको हित गराउन, इनास र अन्य क्लबहरु संग हातेमालो गरेर अगाडी बढ्ने

५) एक पटकको नेपाली सधैंको नेपाली भन्ने अभियानलाई सधै जारि राख्ने र नागरिकताको निरन्तरताको लागि प्रयास जारी राख्ने

६) बिदेशी भूमिमा बिधार्थीहरुले पनि निर्वाचनमा भाग लिन पाउने गरि बिधान संसोदनको प्रस्ताव गर्ने  ।

७) काठमाडौँको संखमुलमा बनिरहेको एन आर एन ए पार्कलाइ आझै सहयोग गर्ने

८) अझै पनि यूरोपमा रास्ट्रीय समन्वय परिषद गठन नभएको ठाउँमा स्थापना गर्नको लागि सक्रिय हुने ।

९) ठुलो मात्रामा रहेको गोर्खा भूपू सैनिकहरु अझै पनि संस्थामा आबद्द नभएको हुनाले संस्थाको बारेमा बुझाएर एन आर एन ए भित्र आबद्द गराउन पहल गरि  सहकार्य गर्ने छु ।

सन् २०१३-२०१५ सम्म एन आर एन ए स्विसको अध्यक्ष हुँदा आफूले गरेका कामको बुँदागत जानकारिपनि आफ्नो उमेदवारी घोषणासँगै उनले सार्वजनिक गरेका छन् ।

१) एन आर एन ए ग्लोबल सम्मेलनमा पहिले चोटी एन र एन ए स्विसको अध्यक्ष सहितको टिम सहभागी भएर मृगौला पिडित ओम माया रानामगर लाई ८६००० नेपाली रुपैयाँ सयोग गरेको

२) एन र एन ए को केन्द्रिय सहयोग अभियान अन्तर्गत आनिश  खालिङ् राईको सयोगार्थ २०३६ स्विस फ्रान्क सहयोग गरिएको ।

३) एन र एन ए स्विसको कार्यसमितीको पहलमा पहिलो पटक स्विस वमेन फोरुमको गठन गरिएको ।

४) नेपाललाइ सहयोग गर्ने सस्थाहरु मध्ये बिदेशी संस्था नोर्लासंग सहकार्यगर्दै विभिन्न कार्यक्रमहरु गरि संस्थागत सम्बन्ध जोडेको  ।

५) भुकम्प पिडितको लागि आपतकालिन राहत स्वरुप १८,००० स्विस फ्रान्क भन्दा बढि उठेको रकम एन आर एन ए को केन्द्रमा पठाइएको ।

६) गैर आवासीय नेपाली संघको केन्द्रिय भवन निर्माणको लागि ६,००० स्विस् फ्रान्क भन्दा बढी रकम सहयोग स्वोरुप  केन्द्रिय कार्यालयमा पठाएको ।

७) यूरोपमा पहिलो चोटी यूरोपवाशी नेपाली यूवा वर्गलाई एक्रिकृत गर्न र खेलकुदको बिकाश गर्न  एन आर एन ए यूरोप स्तरिय फूटबल कप आयोजना एन र एन ए स्विसले आयोजना गर्न सफल भएको ।

८) स्विसमा  पहिलो चोटी नेपाली फूडको प्रवर्धन, बिक्रि स्विसको प्रसिद्द सहर जेनेभामा गरिएको र त्यसको ब्यबस्थापन एन सी सी स्विस र शिव रिजाल (आइसिसि सदस्य -स्विस) जी को सक्रियतामा गरिएको ।

एन आर एन युरोपेली क्षेत्रिय सहसंयोजकमा आफू बिजयी भएमा आफ्ना अनुभव सहित एन आर एन का सदस्यहरुसित भएको भावना र बिचारलाई उच्च सम्मान गरि हातेमालो गर्दै नयाँ उत्साह र नयाँ सोचका साथ स्वच्छ र निस्वार्थी बिचारले समाज सेवा गर्ने प्रतिबद्धता उनले अफ्नो उमेदवारी घोषणा मार्फत गरेका छन् । “य्हि प्रतिबद्दता र विश्वासका दिलाउँदै आगामी १४,१५ र १६ अक्टोबरमा हुन गैरहेको एन आर एन ए को विश्व सम्मेलनमा तपाईहरुको अमूल्य सहयोग र  भोटको अपेक्षा  गर्दछु” उनले उल्लेख गरेका छन् ।

तपाइँको प्रतिक्रिया