एन आर एन केन्द्रिय कोषाध्यक्ष थापाले किन दिए फेरिपनि कोषाध्यक्षमै उमेदवारी ? 

युरोप, अमेरिका देखि अष्ट्रेलिया र जापानसम्म एन आर एनको जालो फिँजिइसक्दापनि अफ्रिकामा गैह्र आवाशिय नेपाली संघको बिस्तार उति भएन । अफ्रिकाका मुलुकमा नेपालीहरु बाक्लिएका छन् भन्ने मेसो र तथ्यांकपनि उति थिएन । अफ्रिकी मुलुक घुम्न जाने र अझ कामकालागि जाने चलन झन थिएन । यसरिनै बुझिन्थ्यो आम रुपमा । तर अफ्रिकी मुलुकमा केहि मध्ये एक जना यि हिकमत थापापनि थिए जसले त्यो बुझाईलाई गलत साबित गरिदियो । नेपालीहरु नपुगेको थलो कहाँ पो थियो र ? उहि नेपालीहरुलाई अफ्रिकाका मुलुकमा गएर काम र दाम कमाउने नेपालीको हेक्का नभएको मात्रै थियो । तथ्यांकपनि खासै थिएन, कुन कुन अफ्रिकी मुलुक नेपालीहरु छरिएका छन् भन्ने ।  हिकमत थापा दह्रो खम्बा भएर निस्किए । उनले अफ्रिकी मुलुक पुगेका नेपालीको तथ्यांक बटुले । ति नेपालीसित एकाकार हुन खोजे । संवन्ध र सम्पर्क बढाए । लुकेर, छलिएर, मानव तस्कर र एजेन्टहरुले अनेक आश्वाशनमा अफ्रिका पुर्‍याएका नेपालीका वास्तबिकता बुझे । दुख पाएका, सुरक्षा घेरामा पुगेका नेपालीहरुलाई तिनका स्थलमै भेट्न पुगे । तिनलाई राहत दिलाए । लामो मेहनत र सम्पर्कबाट यिनै थापाको पहलमा अफ्रिकाका धेरै मुलुकमा गैह्र् आवाशिय नेपाली संघ गठन भए ।

उनले यो कठिन अवस्थामा अफ्रिकी मुलुक नाइजेरियामा एन आर एन गठन गरे । आफैंले पहल लिएर संस्थापक अध्यक्ष भए । उनको कामले जग बसाल्यो । फेरि उनलाई अर्को कार्यकालकालागिपनि अध्यक्ष चुनियो । दुई कार्यकाल पुरा गर्दानगर्दै उनले अफ्रिकाका अन्य मुलुकमा नेपालीहरुसित सम्पर्क बढाए । एन आर एन ए गठनकालागि ढोका खोले । त्यसपछि उनी एन आर एन अफ्रिकाकाकै क्षेत्रिय संयोजक भएर एन आर एनलाई अफ्रिकाभरि फैलाउन मुख्य भूमिका खेले । त्यसपछि उनी एन आर एन ए को केन्द्रिय कोषाध्यक्षमा लडे । त्यहाँपनि उनले बिजय हासिल गरे । त्यसको कारण थियो, थापा आर्थिक मामिलामा सफा र स्वच्छ मानिन्छन् । त्यति धेरै मुलुकमा एन आर एन गठन गर्दा उनीमाथि आर्थिक गोलमाल र दुरुपयोगको कहिँ कतै कसैले औंलो उठाउन सकेन । त्यसैले उनैलाई कोषाध्यक्ष बनाउन धेरैले जोड गरे ।

एन आर एन ए को ईतिहासमै अभियन्ताहरु मध्ये उनीपनि एक ईमान्दार र बिवादरहित मानिन्छन् । नेपालबाट रसिया र अन्य मुलुक हुँदै अमेरिका र युरोप पुर्‍याउने बहानामा अफ्रिकालाई ट्रान्जित बनाएर दलालहरुले धेरै नेपालीलाई अफ्रिका लगेर बेवारिसे पारिदिए । त्यस्तो बेला ति नेपालीको उद्दार गर्न खटिने, सहयोग र साथ दिने यिनै हिकमत थापा हुन् । अफ्रिकी मुलुकलाई ट्रान्जित बनाएर नेपालीलाई बेवारिसे पार्ने दलालका जाला छरपस्ट पार्न र त्यो जलोलाई थोरै भएपनि काटिदिन भूमिका खेल्नेपनि यिनै थापा हुन् । नाईजेरियामा प्रमुख आधार बनाएर ब्यापार गरिरहेका थापाको नाईजेरिया लगायतका अन्य अफ्रिकी मुलुकका सरकारसितपनि पहुँच भएकालेपनि उनले धेरै नेपालीलाई कानुनी सहयोगसमेत दिए ।

(गत जून १७, २०१५ मा भुकम्प पिडित स्वजनहरुको सहयोगार्थ आफु कार्यरत सस्था डान्गोटे ग्रुप नाइजेरियाको तर्फ बाट रु १० करोडको नगद सहयोग सम्माननीय प्रधानमन्त्री सुशील कोइरालालाई काठमाडौँमा हस्तान्तरण गर्दै हिकमत थापा)

आफैंले लगाएको जाकेट फुकालेर कुनै पीडितलाई दिने र त्यसको फोटो फेस बुकमा टाँसेर सामाजिक कामको प्रशंसा खोज्नेहरुको भिडमा हिकमत थापा प्रिथक ब्यक्तित्व हुन् । नेपालमा भूकम्प गएका बेला उनले डङगोटी कंपनीका तर्फबाट १० करोड रुपियाँ आर्थिक सहयोग गरेका थिए ।  उनी डङगोटी ग्रुप नाईजेरियासित संलग्न छन् । त्यहाँको खाद्द क्षेत्रमा नाईजेरियालाई सक्षम बनाउन उनको कंपनीले खेलेको भूमिका अफ्रिकी मुलुककै लागि उदाहरणिय र सफल मानिन्छ । उनले त्यहाँ लगाएको अक्किल, सिप र ब्यवशायिक ज्ञान नेपालमापनि प्रयोग गर्ने पहल थालेका छन् ।

त्यति मात्रै होइन, त्यहाँ पुगेका धेरै नेपालीलाई उनले ब्यवशायिक सिप र ब्यापारिक अक्किल सिकाएर स्थापित हुन खेलेको भूमिकाका बारेमा कम नेपालीलाई जानकरि छ । त्यो किनभने हिकमत थापा उति बोलक्कड छैनन् । कम बोल्ने, बोलेका कुरा पुरा गर्ने, काम र कर्ममा विश्वाश राख्ने स्वभावका उनी ब्यक्तिगत प्रशंसा र प्रचारमा कम चासो राख्ने पात्रका रुपमा चिनिन्छन् ।

झडङ्ग नरिसाउने, लागेका कुराहरु स्पष्ठ र सुस्त तरिकाले प्रस्तुत गर्ने, भिडभाडबाट टाढै बस्न रुचाउने स्वभाव भएकैले उनलाई एन आर एन एको अभियानमा धेरै मुलुकका अधिकांश नेपालीले रुचाउँछन् ।

उनको यहि चरित्र र भूमिकाकै कारण उनलाई एन आर एन एका अभियन्ता, मित्र र शुभेच्क्षुकहरुले फेरिपनि कोषाध्यक्ष पदमै रहेर एन आर एन ए लाई आर्थिक मामिलामा फेरिपनि स्वच्छ बाटोमै हिँडाउनकालागि उनलाई कोषाध्यक्ष पदमै उभ्याएका छन् । काठमाडौंमा अक्टोबर १४ देखि १७ मा हुन लागेको केन्द्रिय अधिबेशनमा उनले आधिकारिक रुपमा कोषाध्यक्ष पदको उमेदवारी सार्वजनिक गरेका छन् ।

उनले नेपालमा बैदेशिक लगानीकालागि पहल थालेकोपनि केहि समय भैसकेको छ । नेपालमा भूकम्प जाँदा होस् वा बाढि पहिरोले नेपालीहरु बिपतमा पर्दा नै, अफ्रिकी मुलुकबाट आर्थिक सहयोगकालागि अभियान चलाउँदै आएका छन् ।

पूखौली थलो अछामका उनको परिवार पछी पश्चिम नेपालको कैलाली जिल्लाको कटासे झरेको थियो । आफ्नै मेहनत, कर्म र ईमान्दारिताले उनी सफल ब्यवशायी बनेका हुन् । उनको मुख्य कर्म थलो हाल अफ्रिकाको लेगोस हो । नेपाली भाषा, ईतिहास र साहियमा गम्भिर चासो राख्ने उनी नेपाली साहित्यमा कलमपनि चलाउने गर्छन् । अफ्रिकामा नेपाली भाषा र साहित्यलाई फैलाउन मात्रै होइन नेपालको पर्यटन ब्यवशायका संभावनालाई फैलाउने काममापनि उनले उत्तिकै ध्यान दिने गरेका छन् ।

तपाइँको प्रतिक्रिया