अनाथहरुका सेवक

माउ नभएको । कतै भौंतरिएको । दुख, पीडा र पिरले छट्पाउँदै रोएको हात्तीको बच्चा (छावा) को रोदन मानविय जस्तै लाग्छ । रुम्बुरु लडाकुहरुले यस्ता माउ गुमाएर पीडामा भौंतारिएका अनाथ छावाहरु नदी किनारमा प्रशस्तै फेला पार्छन् । पीडाका आवाजहरु सुनेर तिनको खोजिमा लाग्दा यस्ता बच्चाहरु देखिने गर्छन् । यस्तो द्रिष्य रेटेटी एलाफेन्ट सेचुरी भन्ने केन्याको हो ।

आधा बालुवा र पानीले पुरिएको बच्चा फेला पर्छ । सुँड मात्रै उठाएर सहयोगको याचना गरेझैं ति सुँड हल्लाउँछन् र पुरिएको ठाउँबाट बाहिर निस्किन खोजिरहेको देखिन्छन् । गत सालसम्म यसरि वालुवा र पानीमा पुरिएका हात्तीका बच्चा त्यहि मर्थे । कुहिएर पानीनै दुर्घन्दित बनाउँथ्यो । तर यो वर्षको अवस्था भने अलि फरक छ ।

रेटेटी हाती आरक्ष केन्याको मुख्य केन्द्रबाट टाढा छ । त्यहाँ नामुनायक र नम्बुरु जातिहरुको बाहुल्य छ । त्यहाँ द्वन्द चर्किरहन्छ । अहिले त्यहाँका नम्बुरु जातिका लडाकूहरुलेनै यस्ता हात्तीका घाइते बच्चाहरु ल्याएर हेरचाह गर्ने, हात्ती संरक्षण केन्द्रमा पठाउने र हात्तीका चोर शिकारीहरुको सुराकी, निगरानी र पक्राउ गर्ने काम थालेका छन् । केहि लडाकुहरु यहि हात्ती बचाउ अभियानमा संलग्न हुन थालेका छन् । नमुरु समूदाय त्यहाँको करिब दुई दर्जन मध्ये एक प्रमुख हो । यिनीहरुको पहलले त्यहाँको हात्ती संरक्षण अभियान फलदायी हुने देखिएको छ ।

यि समूदायका लडाकुहरुले हात्तीका घाइते बच्चाहरु ल्याएर पालनपोषण गर्छन् । आफ्नै बच्चालाई झैं माया र स्नेह दिएर हुर्काउँछन् । उपचार गर्छन् र तिनलाई सकेसम्म जंगली अवस्थामै फर्काउने कोसिस गर्छन् । तिनको अभियानले हात्ती संरक्षण अभियाना फलदयी हुने प्रशस्त संभावनाहरु देखिएका छन् ।

(सबै तस्विर अमी भिताल, नेशनल ज्योग्राफी)

तपाइँको प्रतिक्रिया