एनआरएनए केन्द्रिय निर्वाचनका लागि शेष घले र भवन भट्टको अलग्गै प्यानल : केहिको उमेदवारी आर्थिक बार्गेनिङकालागि

अक्टोबर महिनामा हुन लागेको एन आर एन ए को विश्व सम्मेलन ईतिहासकै सर्वाधिक प्रतिस्पर्धी र चाखलाग्दो हुने संकेत देखिएका छन् । केन्द्रिय उपाध्यक्ष भवन भट्टले अध्यक्षमा उमेदवारी दिए लगत्तै माहोल बदलिएपछि शेष घले पक्षले छुट्टै रणनिति अपनाएका छन् । शुरुमा कुमार पन्त र भवन भट्ट अध्यक्षमा लड्ने स्वार्वजनिक भएपछि यि दुई पक्ष एकापसमा भिड्दा आफूहरुलाई जित्न सहज हुने आँकलन उनीहरुले गरेका थिए । तर भवन भट्टलाई यो पटक कुमार पन्तको पक्षले सहयोग गर्ने अवस्था स्रिजना भएपछि माहोल बदलिएको हो । यो बदलिँदो माहोल अनुसार भवन भट्ट र कुमार पन्तलाई कसरि टक्कर दिने भनेर शेष घले पक्षले छुट्टै रणनिति अपनाएको छ भने शेष घले पक्षलाई कसरि टक्कर दिने कुमार पन्त र भवन भट्टको पक्षलेपनि आन्तरिक रणनिति बनाइरहेको छ  । स्रोतका अनुसार शेष घले पक्षले जनजातिको बाहुल्य रहनेगरि छुट्टै प्यानल बनाउने तयारि गरेका छन् । घले शुरुदेखिनै  समग्र नेपालीको भावना भन्दा जातिय राजनितिमा चासो राखेको भन्दै आलोचित हुँदै आएका छन् ।

स्रोतका अनुसार तत्कालकालागि शेष घले पक्षले अध्यक्षमा जमुना घलेको नाम अगाडि सारेको छ । तर एक्कासि अध्यक्ष पदमा भवन भट्टसँग निर्वाचन लडेर जित्न नसक्ने भन्दै जमुना घलेलाई उपाध्यक्षमा ल्याउने भित्रि रणनिति उनीहरुको छ । हाल अध्यक्ष पदकालागि उनीहरुले आफ्नो पक्षबाट लड्ने दह्रो उमेदवारको खोजि गरिरहेका छन् ।

स्रोतका अनुसार तत्कालकालागि शेष घले पक्षले अध्यक्षमा जमुना घलेको नाम अगाडि सारिएको छ । तर एक्कासि अध्यक्ष पदमा भवन भट्टसँग निर्वाचन लडेर जित्न नसक्ने भन्दै जमुना घलेलाई उपाध्यक्षमा ल्याउने भित्रि रणनिति उनीहरुको छ । हाल अध्यक्ष पदकालागि उनीहरुले आफ्नो पक्षबाट लड्ने दह्रो उमेदवारको खोजि गरिरहेका छन् । उपाध्यक्षको अर्को पदमा अमेरिकी क्षेत्रिय संयोजक सोनाम लामा, त्यस्तै बेलायतका त्रिलोक गुरुङलाई महासचिव, बेल्जियमकी जानकी गुरुङ सचिव र कोषाध्यक्षमा मुछेन्द्र गुरुङको नाम अगाडि सारिएको छ । त्यसैगरि बेल्जियमका प्रेम गुरुङपनि शेष घलेनै प्यानलमा छन् ।

यता भवन भट्ट त अध्यक्षमा भैहाले । उपाध्यक्षमा वर्तमान उपाध्यक्ष कुमार पन्त र एन आर एन ए युरोप संयोजक कुल आचार्य दुई उपाध्यक्ष पदकालागि जमुना घलेसित भिड्दै छन् । नेपाली कांग्रेसको तर्फबाट नेत्रित्व गर्दै कुल आचार्यले उपाध्यक्ष पदमा उमेदवारी दिएको भनाई स्रोतको छ । एन आर एन मा राजनिति गर्नुहुन्न भनिएपनि राजनितिक आस्थाका आधारमा गरिने मतदानले लगभग प्रमुख भूमिका खेल्छ । कुल आचार्य नेपाली कांग्रेसमा आस्था राख्छन् भने कुमार पन्त नेकपा एमालेमा । उपाध्यक्ष पदमा कांग्रेसको बैचारिक मत र पन्तलाई नेकपा एमालेको सहाभुतिको मत आउने र यि दुबैले एक अर्कालाई मतदान गर्ने सहमति भएको लगभग निस्चित जस्तै छ । युरोपेली क्षेत्रकै भएकाले युरोप क्षेत्रको बहुमत भोट आउनेमापनि उनीहरु ढुक्क छन् । त्यसैगरि भवन भट्टको पक्षको मत आउँदा अत्यधिक बहुमतले जितिन्छ भन्ने निर्धक्कता उनीहरुमा छ ।

पन्त र भट्टको प्यानलबाट महासचिवमा पुन डा बद्री केसी उठ्ने संभावना छ । तर आन्तरिक सहमती अनुसार उपाध्यक्षमा जान सक्ने संभावनापनि छ । यदि केसी उपाध्यक्षमा गएभने कुल आचार्यको स्थान फेरबदल हुनसक्ने संभावनापनि उत्तिकै छ । कोषाध्यक्षमा हिकमत थापाले निरन्तरता दिनसक्ने संभावना छ । थापाले आफू सबैतिरका साथीभाई र शुभेच्क्षुकहरुसित सरसल्लाह गर्दै रहेको र प्राप्त सुझावका आधारमा अगाडि बढ्ने बताए ।

युरोप संयोजकमा नेदरल्याण्ड्सका हरी पौडेल र डेनमार्कका सोम सापकोटाको नाम चर्चामा छ । सोम सापकोटाको बिवादित रहेको भन्दै यो टिमबाट केहिले आपत्ती जनाएको स्रोतले बतायो । सोम सापकोटा युरोप क्षेत्रिय उपसंयोजक बन्दा खासै उपलब्धिपूर्ण काम हुन नसकेको, हाट्टहुट्ट चर्चाकालागिमात्रै दगुर्ने गरेको आरोपपनि टिमका केहिले लगाएका छन् । हरी पौडेल ईमान्दार र एन आर एनमा शुरुदेखिनै लागेका भएपनि उनले आफूलाई चर्चित बनाउने र स्थापित गर्नतिर नलागेकले उनको नाम उति चर्चामा छैन ।

उता शेष घले पक्षले एन आर एन बेल्जियमका पूर्व अध्यक्ष प्रेम गुरुङको नाम युरोप संयोजकमा अगाडि सारेको छ । बेलायतका थर्क सेनलेपनि युरोपेली संयोजकमै उमेदवारी घोषणा गरेका छन् । उनले स्वतन्त्र रुपमा घोषणा गरेका हुन् । तर यता कुमार पन्त र भवन भट्टको प्यानलमा उनैलाई ल्याउन सक्ने संभावनापनि उत्तिकै छ । उपाध्यक्षमा जर्मनीका पुष्प थापालेपनि उमेदवारी दिएका छन् । उनले अघिल्लो वर्षपनि अन्तिम चरणमा हात झिकेका थिए । यस पटकपनि हात झिक्ने अनुमान धेरैले गरेका छन् ।

उपाध्यक्ष पदमा जापानबाट जिरन्जिवी थापालेपनि आफ्नो उमेदवारी घोषणा गरेका छन् । उनी कसको प्यानलबाट हो खुलेको छैन ।

एन आर एन क्षेत्रिय संयोजकमा सुभास पोखरेल, अहिलेका युरोप सहसंयोजक दावा शेर्पाको उमेदवारी आउनसक्ने संभावनापनि छ । सुभास पोखरेललाई युरोप संयोजकमा लैजानुपर्ने आवाजपनि पन्तको प्यानलबाट उठिरहेको छ । बिवादमा नमुछिएका, स्पष्ठ बक्ता र नेकपा एमालेको केन्द्रिय स्तरमा गतिलो बर्चस्व भएकाले उनलाई संयोजकमा लगे एमालेको सांगठनिक मत सुनिस्चित गर्न सकिने भनाई तिनको छ ।

जसरिपनि के सी र घले हराउ अभियान

एन आर एन अमेरिकाको निर्वाचनमा उमेदवारी दिने क्रममा अध्यक्ष पदका उमेदवार गौरी जोशीको विषयलाई लिएर अध्यक्ष शेष घले र महासचिव डा बद्री केसीबिच टकराव स्रिजना भएको थियो । बद्री केसीले अध्यक्ष घलेले एन आर एनको बिधिबिधान मिचेकाले कारवाही गर्नुपर्छ भन्दै अनुशासन समितिमा कारवाही गर्न निबेदन हालेका थिए । (त्यो संवन्धि समाचार यहाँ क्लिक गरेर हेर्नुस्) । अनुशासनको कारवाही माग गर्दै यस्तो निबेदन एन आर एनको इत्तिहासमै अध्यक्षमाथि पहिलो पटक लागेको थियो । यहि बिवादबाट मुलत शेष घले बद्री केसीमाथि खनिँदै आएका थिए र त्यसको दह्रो सामना गर्दै केसीपनि उत्रिएका थिए । मुलत त्यहि कारणले शेष घलेपक्षको मुख्य रणनिति जसरिपनि बद्री केसी हराउमा छ । उनलाई हराउन खोज्नुको अर्को कारण हो, बद्री केसी भविषयका अर्थात् भवन भट्ट पछि कुमार पन्त र त्यसपछिकालागि अध्यक्ष पदको दाबेदारका रुपमा हेरिनु ।

यता कुमार पन्त र भवन भट्ट पक्षको रणनिति जसरिपनि जमुना घले हराउ छ । किनभने जमुना घलेलाई अध्यक्ष बनाउँदा जातिय संगठन जस्तो बनाउने, एन आर एन ए का बिधिबिधान तोडेर एकलौटि रुपमा चलाउन खोज्ने र शेष घलेले कर्पोरेट संस्था जस्तो बनाउन खोज्दै पेश गरेको भिजन २०२० सजिलै लागू हुने भन्ने बुझाई छ ।

घले पक्षको मुख्य जोड भिजन २०२० पारिद गर्ने

निर्वाचनमा कसले कसलाई उमेदवार बनाउने भन्ने देखिएपनि बस्तविकता भने फरक छ । शेष घले पक्षले आफ्नो छुट्टै प्यानल बनाएर उमेदवारहरुमा मुख्य ध्यान केन्द्रित गरेजस्तो देखाएपनि उनीहरुको मुख्य ध्यान भिजन २०२० लाई यो विश्व सम्मेलनबाट पारिद गराउनेमा केन्द्रित छ । यो प्रस्ताव पारिद भएमा एनआरएनए एउटा कर्पोरेट संस्था जस्तो बन्ने छ । त्यसको निर्देशक शेष घले बन्ने छन् । र उनले अगाडि सारेको भिजन २०२० मा निर्देशकले सचिवालय जस्तो बनाएर सल्लाहकारहरु राख्ने र तिनले निर्देशकको मातहतमा रहेर काम गर्ने भन्ने छ । (त्यसको ब्रिहत समाचार यहाँ क्लिक गरेर हेर्नुस्) । त्यसैले शेष घले पक्षकालागि यो भिजन २०२० सम्मेलनबाट अनुमोदन गराउनु प्रमुख उद्देश्य हो ।

आर्थिक फाईदा लिनपनि उमेदवारी

एन आर एन ए को केन्द्रिय उपाध्यक्षमा करिब आधा दर्जनको दाबी सार्वजनिक भैसकेको छ । युरोप संयोजकमा त्यतिनै छन् र यो क्रम थपिन सक्छ । युरोप सहसंयोजकमा दाबी गर्ने त झन धर्म गुरुङ, भिम कमल केसी, हेमन्त सेंडाइ, सुरेन्द्र प्रधानलगायत एक दर्जन पुगिसके । तर हरेक पदकालागि यति धेरै उमेदवारी किन पर्‍यो ? यसको भित्रि खेल अचम्मको छ । दुई प्यानलकाबिच उमेदवारहरुको टकराव र मत सुनिश्चित गर्न यस्ता उमेदवार मध्ये केहिले आफ्नो पदलाई आर्थिक फाईदामा मोलमोलाई गर्ने गरेका छन् । ‘म आफ्नो उमेदवारी झिक्छु, मेरो मत यति छ, मलाई कति रकम दिने ?’ भन्दै मोलमोलाई गर्ने र मोटो रकम हात पारेर उमेदवारी फिर्ता लिने गरेकापनि छन् ।

यसका बारेमा बेलायतका पत्रकार चिरन शर्माले आफ्नो सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेकापनि छन् । त्यसैले हाल उमेदवारी दिएका मध्ये केहिको उद्देश्य जितेर एन आर एन एमा लागि सामाजिक सेवा गर्नु होइन कि यो मौकामा कमाउने हो ।

तपाइँको प्रतिक्रिया