एन आर एन ए केन्द्रिय अध्यक्षमा पन्त र भट्ट नभिड्ने : यस्तो छ कारण

आगामी अक्टोबरको १४ बाट काठमाडौंमा हुने एन आर एनको विश्व सम्मेलनमा नयाँ नेत्रित्वको निर्वाचनपनि हुँदै छ । यो निर्वाचनमा केन्द्रिय अध्यक्षमा एन आर एन उपाध्यक्ष कुमार पन्त र अर्का उपाध्यक्ष भवन भट्टको उमेदवारी निश्चित जस्तै थियो । अहिले भवन भट्टले आफ्नो उमेदवारी घोषणा गरे । तर पन्तले भने आधिकारिक रुपमा घोषणा गरेका छैनन् । यसको अर्थ हो, यो निर्वाचनमा पन्त र भट्ट एकै पदमा नभिड्ने तयारी । स्रोतका अनुसार अहिलेको निर्वाचनमा भवन भट्ट र कुमार पन्त मिलेर जाने आन्तरिक सहमती भएको छ । त्यसैले कुमार पन्तले अध्यक्षमा उमेदवारी नदिने संभावना बढि छ । 

यि दुबै जनाले अध्यक्षमा उमेदवारी दिने घोषणा सार्वजनिक भएपछि आआफ्नै तयारिमा थिए । दुबै पक्षको  दौडधुपपनि भैरहेकै थियो । कुमार पन्त युरोप लगायत अष्ट्रेलिया र अमेरिकाको मत पाउनेमा ढुक्क थिए । युरोपमा रहेकाले युरोपेली क्षेत्रबाट कुमार पन्तलाईनै मत बढि जाने आशा पन्त पक्षको स्वभाविक थियो । त्यसैगरि मध्य पूर्वमापनि कुमार पन्तको प्रभाव बलियो भएको आँकलन गरिएको थियो । उता भवन भट्टलेपनि केहि समय अघिदेखिनै चुनावी तयारि र दौडधुप गरिरहेकै थिए । आफ्नो प्रबहव त छँदै छ, शेष घले र पन्तलाई समर्थन गर्ने पक्षबिच जहाँ जहाँ बिवाद छ त्यहाँ दुबै पक्षको मत पाउने आशामा भट्ट थिए । तर यि दुबै पक्षका मित्र, शुभेच्क्षुक र प्रभावशाली ब्यक्तिबाट सुझाव आयो, कुमार पन्त र भवन भट्ट एकअर्कामा भिड्ने हो भने एन आर एन ए लाईनै घाटा लाग्छ ।

त्यसको कारण हो, यि दुबै ब्यक्ति भिडेमा एक जनाले हारेपछि त्यो ब्यक्ति थन्किनुपर्ने अवस्था स्रिजना हुन्छ । अहिले एन आर एन ए को समग्र नेत्रित्व क्षमतामा भट्ट र पन्त दुबै योग्य र सक्षम देखिएका छन् । भविष्यमा यि दुबैको नेत्रित्वको आवश्यकता छ । एन आर एनए केन्द्रलाई हाँक्न सक्ने, नेत्रित्व गर्न सक्ने खालका योग्य ब्यक्तिहरुको संख्या अहिले कम देखिएको छ । डा उपेन्द्र महत्तो, देवमान हिराचन, जिवा लामिछाने, शेष घलेको नेत्रित्वमा जति आकर्षण देखिन्थ्यो अब कुमार पन्त र भवन भट्ट पछि चर्चामा रहेका केन्द्रिय महासचिव डा बद्री केसीको हो । अबको निर्वाचनमा भट्ट र पन्त लड्ने हो भने एकजनाको पराजय हुन्छ । त्यसपछि त्यो ब्यक्ति थन्किन्किन्छ । यसरि क्षमतावान ब्यक्ति नेत्रित्वबाट थन्किँदा समग्र एन आर एन ए लाईनै घाटा हुन्छ भन्ने बुझाईले हाल भवन भट्टलाई अध्यक्षमा चुन्ने भित्रि रणनिति बनेको हो ।

पन्त र भट्टले एक अर्कासित प्रतिस्पर्धा नगर्नुको अर्को कारणपनि छ । त्यो हो, शेष घले र उनका पक्षका केहिले एन आर एन एको संरचनामै आमुल परिवर्तन गरि यसलाई कुनै ब्यापारिक घरानाको जस्तो बनाउन खोजिरहेका छन् । भिजन २०२० नाम दिएर गोप्यरुपमा अगाडि सारिएको यो दस्ताबेज विश्व सम्मेलनले अनुमोदन गरेमा एन आर एन सामाजिक संस्थाकोरुपमा रहने छैन । अध्यक्षलाई सर्बोच्च अधिकार सुम्पेर अध्यक्षकै मनोमानीमा समग्र एन आर एन चल्ने छ । शेष घलेका पक्षधरहरुले यो विश्व सम्मेलनबाट यो दस्ताबेज अनुमोदन गराउने रणनिति लिएकालेपनि भवन भट्ट र कुमार पन्त मिलेर जान खोजेको भनाई स्रोतको छ । भट्ट र पन्त भिडेमा यि दुबैको मत बाझिने छ र शेष घले पक्षकाले स्वत जित्ने छन् । भिजन २०२० नाम दिईएको दस्ताबेजपनि अनुमोदन हुन सक्छ । तर पन्त र भट्ट मिलेर एक भएमा भट्टले सजिलै बिजय हासिल गर्ने छन् ।

कुमार पन्त र भवन भट्टबिच जो उठेपनि एकले अर्कोलाई सहयोग गर्ने भन्ने हो । यस पटक भवन भट्टलाई कुमार पन्त पक्षले सहयोग गर्ने र अर्को पटक कुमार पन्तलाई अध्यक्षमा उठाउने । उनलाई अर्को पटक भवन भट्टले सहयोग गर्ने सहमति भएकोपनि स्रोतको भनाई छ ।

हालसम्म शेष घले पक्षले अध्यक्षमा आफ्नो तर्फबाट कसैको नाम अगाडि सारेका छैनन् । घलेले ‘अब आफू अध्यक्षमा नलड्ने’  भनेर पटक पटक सार्वजनिक रुपमा भनाई राख्दै आएका छन् । तर आफ्ना पक्षका धेरैले ‘तपाईनै हुनुपर्छ’ भन्दै दबाब दिएमा वा दबाब दिन लगाएको देखाएर ‘दबाब दिए, साथीभाईको बचन काट्न सकिन’ भन्दै घले फेरि अध्यक्षमा लड्न सक्ने संभावनापनि छ । घलेले आफ्नी पत्नी जमुना घलेलाई अगाडि सार्न सक्ने संभावना रहेकोपनि बताइन्छ । अध्यक्षमै अगाडि नसारेपनि जमुना घलेलाई उपाध्यक्षका दुई पद मध्ये एकमा अगाडि सार्न सक्ने प्रवल संभावना छ । तर हालसम्म शेष घलेका तर्फबाट महत्वपूर्ण यि पदमा उमेदवारको सार्वजनिक गरिएको छैन । किनभने कुमार पन्त र भवन भट्ट अध्यक्षमा लडेमा सहज हुन्छ भन्ने बुझाई घले पक्षको थियो । भट्ट र पन्त मिलेपछि पूर्व रणनिति अनुसार आगामी निर्वाचन आफ्नो पक्षमा पार्न घले पक्षलाई सहज देखिन्न ।

तपाइँको प्रतिक्रिया