एन आर एन बेल्जियमको निर्वाचन : मतदाता परिचयमा नाम र फोटो अलग अलग ब्यक्तिको

-निलम घिमिरे सापकोटा / बेल्जियम

भोली आइतबार बेल्जियममा हुन गइरहेको एनआरएनएको निर्वाचन आयोगका पदाधिकारी जनकराज सुवेदीलाई बेल्जियममा नचिन्ने सायदै कोही होला । सन् २०१७- २०१९ कार्यकालकालागि हुँदै गरेको निर्वाचनकामा मतदान गर्न बनेको उनको श्रीमान र श्रीमती दुवैको कार्डमा जनक कै फोटो राखिएको छ । त्यस्तै रामकृष्ण पोखरेलको कार्डमा विनोद घितालको फोटो राखेर बाँडिएको छ । के यो सामान्य गल्ती हो ?

यस्ता गल्ती एक मात्र नभएर लुभेनमा एक जनाले ल्याएका केहि कार्डमध्ये १२ कार्ड यस्ता फेला परे । बन्द सत्रमा भनिए बमोजिम २७ सय वढी यि कार्ड छापिँदा कति गल्ती भए होलान् ? ति बिग्रिएका कार्ड रद्द गरेर पुन छाप्नकालागि यसमा कति अनावस्यक खर्च हुने हो ? यो कसले ब्यहोर्ने हो ?

यस्ता समस्या आउनुको कारण प्रविधिक गडवडी रहेको जनप्रगतिशिल मोर्चा बेल्जियमका अध्यक्ष विश्णु भुजेलको भनाइ छ । पत्रकार समेत रहेका तेज नेपालीले यि कार्डको डिजाइन गरेका हुन् । काम अध्यधिक वढी भएको तर समय छोटो दिइएको र एकजनाले यति धेरै काम गर्नुपर्ने भएकाले यस्ता समस्या आएको उनीहरु बताउँछन् । तर यस काममा खटिएका नेपालीका अनुसार यो सवै आआफैं स्वतस्फुर्त रुपमा मानिसरुले यसमा चासो नलिएकाले र अरुको करकापले कार्ड बनाउन आउने भएकाले एकै जनाको कार्ड ४ जनाबाट आएर दोहोरीएको अवस्था समेत छ । यो सवै फर्म भर्दा गरिएको लापरबाहीले उत्पन्न भएको उनी बताउँछन् ।

अधिकांशले नाम मात्र संकलन गर्ने अनि पटक पटक गरेर फोटो या ठेगाना ल्याउनाले यस्ता समस्या आएको हो । उनका अनुसार कति जनको त दिदीको कार्डमा वहिनीको फोटो त कतिमा अन्य मानिसको भएको बताए ।

अधिकांश भोट माग्न व्यस्त भइरहँदा चुनावकालागि आवस्यक नामलिस्टमा खासै ध्यान नै नदिइएको स्थानिय विश्वासिलो श्रोतले जनाएको छ । केहि गोप्य अध्ययनबाट फेला परेका केहि कमजोरी देख्दा अनौठो देखिन्छ । पदका लागि सधैं हाहाकार हुन्छ । तर विधिको निर्माणका लागि कोहि पनि तत्पर देखिँदैन । स्वयं २०१५-२०१७ कार्यकालकालागि उपाध्यक्ष पदका उमेदवार पदम गुरुङको कार्यशैली अचम्म लाग्दो छ ।

एक मत पनि अमुल्य हुन्छ भनिँदै छ । तर अहिलेको चुनावकालागि आधिकारिक रुपमा जिम्मेवारी लिएका उनले अति मह्त्वपुर्ण भोटर लिस्ट तैयारीमा निकै लापरवाही गरेको पाइएको छ । १० भन्दा वढी कार्डहरु गलत भएको प्रस्ट देखिन्छ । कतिका श्रीमतीको नाममा श्रीमानको फोटो राखिएको छ त कतिको अरुनै मानिसको नाम र अरुको फोटो । अझ केहीको त भोटर लिस्टमा दोहोरो तेहोरो एउटै व्यत्तिको नाम रहेको पाइएको छ । के यसरी गरिने चुनावले मत परिणम शुद्ध आउला ?

आखिर एउटा सामान्य भोटका लागि बनाइने सूचीपनि राम्रोसँग निकाल्न नसक्ने उपाध्यक्षले विगत भन्दा अझ जिम्मेवारपूर्ण पदमा उम्मेदवारी दिनुको तुक के होला ? यसले जिम्मेवार ब्यक्तिको नियतमाथिनै प्रश्न चिन्ह खडा गर्छ ।

त्यसो त यसको दोष २०१५ – २०१७ का अध्यक्ष गंगाधर गौतमकै प्रमुख जिम्मेवारी रहन्छ भन्नेहरुपनि छन् । उनीबाट अधिवेशनमा सार्वजनिक भएको कोषाध्यक्षको विवरणले प्रष्ट पारिसकेको छ । यस्तो कमजोरीले कामका लागि भन्दा पद र खादाकालागि भएका थिए की भन्ने शंका उब्जिन्छ । स्मरण रहोस् दुई पटक सम्म नै उनले संस्थाको कर दोब्बर जरिवाना सहित तिरेका थिए ।

तपाइँको प्रतिक्रिया