युरोपमा जनप्रगतिशील मोर्चाले उठाएको सहयोग सप्तरीका बाढी पीडितलाई

-शेर बहादुर छन्त्याल / बेल्जियम

नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियम र जर्मनीले बढीपीडितको सहयोगार्थ संकलन गरी पठाएको राहत रकम नेकपा, जनकपुर ब्युरोको आयोजनामा सप्तरीका बाढी पीडितहरुलाई वितरण गरिएको छ । सप्तरीका विभिन्न ठाउँमा बाढीमा परी ज्यान गुमाउने पाँच जनाका परिवारहलाई जनही दश हजारको दरले नगद वितरण गरिएको हो । शुक्रबार राजविराजको जेसिस भवनको हलमा एक कार्यक्रमको आयोजना गरि उक्त नगद रकम वितरण गरिएको हो ।

कार्यक्रममा बाढीबाट मृत्यु भएका डोमी यादवकी श्रीमति धना यादव, कमलु सदाका बुवा फुदन सदा, नथुनी रामका छोरा हरेराम राम, रामकुमार सदाका बुवा बेचन सदा र कमल मुखियाकी आमा रामकुमारी मुखियालाई जनही १० हजारका दरले नगद रकम हस्तान्तरण गरेका छन । यसैगरी बाढी पीडित अन्य परिवारलाई पनि चार हजारको दरले राहत वितरण गरिएको छ ।

सप्तरीको कृष्णश्रवन, खिन्तमस्त, महादेव गाउँपालिका अन्तर्गतका बाढी पीडित परिवारहरुलाई राहत रकम वितरण गरिएको हो । बाढी पीडित परिवारलाई वितरण गरिएको राहत रकम जम्मा १ लाख ५० हजार रहेको छ । राहत वितरण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेल,  केन्द्रीय सल्लाहकार समितिका सदस्य रामलखन महत्तो र बैकल्पीक केन्द्रीय सदस्य देवनारायण शाहको उपस्थिति रहेको थियो । मोर्चाले पठाएको बाँकी रकम सप्तरीका अन्य ठाउँहरुमा पनि वितरण गर्ने कार्यक्रम रहेको जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेलले जानकारी दिनुभएको छ ।

सहयोगीहरुको विवरण –

विष्णु भुजेल – २००

मेख तमु – ८०

माकुना राई – २००

शेरबहादुर छन्त्याल – २००

रकेन्द्र घिमिरे – ५१

दिल आले – १००

मुना राई – २०

बलबहादुर लिम्बु – २०

नरेन्द्र अधिकारी – १५०

के बि गुरुङ्ग – १००

गोपाल गुरुङ्ग – ५०

खड्क गुरुङ्ग – ५०

शुशिला न्यौपाने -२०

वदन योङ्गहाङ्ग – १००

होम छन्त्याल – ५१

कुल मगर – ५०

विष्णु शर्मा – १००

रामदास श्रेष्ठ – ५५

शेरबहादुर तुम्वापो – ६०

भक्त श्रेष्ठ – ५०

इश्वर शर्मा – ५०

सुबर्णबाबु सापकोटा – २५

आङ्गवावु शेर्पा – २०

_____________

जम्मा : १८०२ युरो (नेरु २ लाख ११ हजार मात्र)

तपाइँको प्रतिक्रिया