एन आर एन जर्मनीको अध्यक्षमा यज्ञराज सुबेदी, घोषणा हुन बाँकी

एन आर एन ए जर्मनीको अध्यक्ष पदमा यज्ञराज सुवेदी सर्वसम्मतरुपमा निर्वाचित भएका छन् । बिहिबार राती ढिलोगरि जर्मनीमा भएको उमेदवारहरुको दाबी र निर्वाचन समितिमा नाम दर्ताबारे बैधानिकता हेर्दा उनी सर्वसम्मत देखिएका हुन् । एन आर एन ए जर्मनीको बिधान, निर्वाचन निर्देशिका र प्रचलित निर्वाचन प्रकिया अनुसार एक ब्यक्ती एक भन्दा बढी उमेदवारकालागि प्रस्ताव बन्न सक्दैन । त्यस्तै, कुनै उमेदवारको समर्थक अनि उमेदवारपनि अरु कसैको प्रस्तावक र समर्थक बस्न नमिल्ने ब्यवस्था छ । यहि बिधान र निर्वाचन निर्देशिकालाई बेवास्ता गर्दै एन आर एन ए जर्मनीको अध्यक्ष पदकालागि उमेदवार बनेका चार जना मध्ये यज्ञराज सुबेदीको पक्षमा मात्रै निर्वाचन आचार संहिता र निर्देशिका अनुरुप उमेदवारी सदर भएको हो । बाँकी तिन उमेदवारहरुका प्रस्तावक र समर्थक एक भन्दा बढि उमेदवारका पक्षमा समर्थक वा प्रस्तावक देखिएका हुन् ।

यहि निर्वाचान आचार संहिता र निर्देशिका अनुसार अन्य उमेदवारको उमेदवारी स्वत बदर भएको हो । यहि बिधी अनुसार एन आर एन ए जर्मनीको आइसिसि सदस्यमा नारायण अधिकारी बाहेक अन्य सबैको उम्मेदारी रद्द भएकोले उनीपनि स्वतह आइसिसि सदस्यमा निर्वाचित भएका हुन् ।

स्रोतका अनुसार निर्वाचन आचार संहिता र निर्देशिकाका साथै बिधानत आइसिसिमा नारायण अधिकारी र अध्यक्षमा यज्ञराज सुवेदी सर्वसम्मतरुपले चुनिएपनि दुबैलाई निर्वाचित घोषणा भने गरिसकिएको छैन । अध्यक्ष र आ इसिसि सदस्य सर्वसम्मत भएपनि अन्य केहि पदहरुमा निर्वाचन हुन बाँकि रहेको छ । ति सबैको निर्वाचन सेप्टेम्बर १० मा हुँदै छ । निर्वाचितहरुलाई घोषणा गर्ने समय सेप्टेम्बर १० का दिन राखिएकाले बिधिवत रुपमा सोहि दिन घोषणा गरिने भएपनि निर्वाचन आचार संहिता अनुसार अध्यक्षमा यज्ञराज सुवेदी चिनिएकाले सार्वजनिक भएको हो ।

निर्वाचन आचार संहिता र निर्देशिका पालन नगरेकाहरुले यस विषयमा किचलो झिक्ने प्रयास गरिरहेकोपनि स्रोतले बतायो । तर निर्वाचन समितिलाई आचार संहिता र निर्वाचन निर्देशिकासहितको प्रमाण र तथ्य बुझाउँदै यसलाई अक्षरस पालना गरिनुपर्नेमा अधिकांशको मत रहेको बताइएको छ । सुवेदीलाई सर्वसम्मत अध्यक्ष र अधिकारीलाई सर्वसम्मत आइसिसि सदस्यका रुपमा घोषणा गरिनुपर्ने र त्यसमा कुनै बिवाद स्रिजना गर्न नहुने तर्क उनीहरुले गरेका छन् । निर्वाचन आयुक्तले शुक्रवार विहान यसका बारेमा निर्णय सुनाउने बताइएको छ ।

एन आर एन ए जर्मनीको निर्वाचान आचार संहितापनि हेर्नुस् ।

 

तपाइँको प्रतिक्रिया