आगामी निर्वाचनमा एन आर एन बेल्जियमकालागि जोशी र दहाल समूह : कसको प्यानल कस्तो ?

एन आर एन बेल्जियमको आगामी निर्वाचन अधिबेशन हुँदै छ । उमेदवारी दर्ता भैसकेको छ । यतिखेर लोक दहाल र सन्तोश जोशीको अलग अलग अध्यक्षतामा अलग प्यानल खडा भएको छ । दुबै पक्ष मत माग्न खटिएका छन् । सधैं अनेक घटना, हमला, नारा र जुलुस अनि निर्वाचन र राजनितिक कार्यक्रमले चर्चामा रहने बेल्जियमको नेपाली समूदायको चासोपनि विश्वभरिका नेपालीमा छ । त्यसैले एन आर एन बेल्जियममा कसको नेत्रित्व आउला ? दुई पक्षका उमेदवारहरुमा को कस्तो हो त ? कसको नेत्रित्व सबल, सक्षम र बुझक्की छ भन्ने धेरैलाई लाग्न सक्छ।

दुबै पक्षका अध्यक्षहरुको हैशियत हेर्दा लोक दहाल र सन्तोश जोशी दुबै म्रिदुभाषी, बुझक्की, केहि गरौं भन्ने भावनाले ओतप्रोत छन् । जोशी र दहाल दुबै युवा हुन्, उर्जाशिल युवा । लोक दहाल एन आर एन बेल्जियमको निवर्तमान महासचिव हुन् । आफ्नो कार्यकालमा उनले नेपालमा भएको प्राकृतिक विपत्ति र अन्य कारणवाट पिडित नेपाली हरुलाई ठूलो सहयोग गरेका हुन् । उनले बेल्जियमका चिकित्शकहरु नेपाल लगेर पिडितहरुको उपचारमासमेत उल्लेख्य भूमिका खेलेका छन् । त्यतिमात्रै होइन विश्वका विभिन्न देशमा आउने प्राकृतिक तथा अन्य विपत्तिमा वेल्जियमबाट सहयोग गर्नका लागि वेल्जियम फास्ट टिम बनाएको छ र त्यसको संयोजक हुन् उनी । त्यो टिम मार्फत नेपालमा उनले सहयोग गरेका छन् ।

वेल्जियमका स्थानिय पत्राकार लगायत अन्य संघसंस्थासितपनि उनको सम्वन्ध सुमधुर र सहयोगि छ । वेल्जियम कानुनको पर्याप्त ज्ञान नहुँदा समस्यामा परेका महिलाहरुलाईपनि उनले धेरै सहयोग गर्दै आएका छन् । एन आर एन बेल्जियमलाई अगाडि बढाउन उनको परिवार सहयोगि मात्रै होइन उनीसित आर्थिक सबलतापनि छ । बेल्जियममा सफल ब्यवशायीका रुपमा चिनिएका उनले बेल्जियमका नेपाली ब्यवशायीको हक हित सुरक्षित गर्ने र एकताबद्द भएर लैजाने अहं भूमिकापनि खेलेका छन् । बेल्जियममा मानव बेचबिखन बिरुद्द सधैं चर्चाको शिखरमा रहेको ‘एसेन्टा मेला’ को बिवादमापनि उनले स्वच्छ भूमिका खेलेका थिए । हत्तपत्त प्रतिबाद नगर्ने, साना द्वन्दहरुलाई मित्रवत तरिकाले समाधान गर्ने, कम बोल्ने र प्रमुख मुद्दाहरुमा खुलेर अडान राख्ने उनको स्वभाव र क्षमताले एन आर एन बिल्जियमको सफल नेत्रित्व गर्न सक्ने देखिन्छ ।

त्यसो त उनको टिममा रहेका उमेदवारहरु मध्ये अधिकांश क्षमतावान र स्वच्छ छन् । चुनौतिपूर्ण काम गर्ने भनेर चिनिएका पत्रकार सन्तोस न्यौपाने उनैको टिमबाट सचिव पदको उमेदवार बनेका छन् । संस्थागत रुपले पत्राचार गर्न र एन आर एन बेल्जियमले गरेका सहि कामहरुको सार्वजनिक गर्न न्यौपानेको भूमिका प्रभावकारि बन्न सक्छ ।

वेल्जिममा विभिन्न संस्थामा नेतृत्व गरिसकेपनि आइसिसि सदस्यमा चित्र सुबेदीभने बिवादरहित र अति योग्य हुन् की होइनन् यसै भन्न सकिने अवस्था छैन । मेडियाहरु आफू र आफ्ना पक्षमा नउभिँदा अनुदार रहने गरेका उनी तुलनात्मक रुपमा जोशी प्यानलबाट आइसिसि सदस्यमा उठेका पदम गुरुङभन्दा चाहिँ सक्षम र उदार मानिन्छन् । विगत कार्यकालमा अत्यन्तै पारदर्शी र सफल कोषाध्यक्षको रुपमा काम गरिसकेकी भनेर चिनिन्छिन् आङ्गमाया शेर्पा जो दहाल पक्षबाट महासचिव पदमा उमेदवार बनेकि छन् । आङमायाको साथलेपनि दहाललाई धेरै बल मिलेको बेल्जियमका नेपालीहरु बताउँछन् । युवा संयोजकमा उठाइएका यज्ञबहादुर गुरुङ दहालकालागि अर्को सबल पक्ष हो । बेल्जियममा सत्यका पक्षमा, हाकाहाकी बोल्ने र निस्पक्षताको पक्षमा उभिने भनेर चिनिएका यज्ञको भूमिकालेपनि दहाललाई युवा परिचालनमा महत्वपूर्ण योग्दान गर्छ । किनभने यज्ञ संगित, खेलकूद जस्ता युवाका चाखमा ज्ञान राख्छन् र उनी युवाहरुमाझ लोकप्रिय छन् । दहालले क्षेत्र, लिङ, ज्ञान र अन्य द्रिष्टिकोणलेपनि समावेशी प्यानल खडा गरेका छन् ।

जोशीले नेपाली जनसम्पर्क समिती बेल्जियमको अध्यक्षका रुपमा सफल, बिवादरहित र अन्य संस्थाहरुसित हालेमालो गर्दै सफल पारेका हुन् । तर उनी आफैंमा निस्कलंक भएपनि उनको समूहका जुन जुन उमेदवार छन् ति सबै बिवादरहित छैनन् । आसिसि सदस्यमा उमेदवार बनाइएका उनको टिमका पदम गुरुङ बिगतमा पत्रकार र मेडियाप्रति अनुदार पात्र हुन् । पत्रकारहरुलाई धम्काउने र हमलामा उत्रिएका उनको संलग्नताले जोशीको टिमलाई कमजोर पारेको छ । महिला उपध्यक्षमा निर्विरोध निर्वाचित श्रीमति अनुजा प्रधानपनि त्यहि स्तरकी हुन् । बिगतमा मेडियाप्रति अनुदार रहेकी उनीपनि पत्रकारहरुलाई अलग्याउने र हमलामा उत्रिएकि पात्र हुन् । जोशीका लागि यस्ता पात्रलाई निर्बिरोध बनाउनु अर्को गलत सन्देश हो ।

महिला तर्फ आइसिस्सि सदस्यमा श्रीमति सरस्वती चापागाइँ, प्रथम उपाध्यक्ष गोबिन्द सिँह अधिकारी, लुभेन क्षेत्रको क्षेत्रिय संयोजक बाबुराजा लामा, महिला सचिव श्रीमति मुना ताम्रकार  लागयतका धेरै ब्यक्तिहरु जोशीको टिमका असल ब्यक्तिहरु रहेको बताइन्छ । टिम छनौट गर्दा ध्यान नसकेको भन्दै जोशीको टिमका केहि ब्यक्तिहरुका बारेमा बिवादसमेत परेको थियो ।

जे होस, निर्वाचनमा दुई खेमा रहेकाले केहि पदहरुमा दह्रो टक्कर पर्ने अवस्था छ । किनभने दुबै पक्षले सकेसम्म समाबेशी समूह तयार पारेको छ । अध्यक्षका प्रत्याशी सुभाश जोशी नेपाली कांग्रेसका भएकाले उनको मतपनि कमजोर छैन । किनभने नेपाली कांग्रेसको संगठन राजनितिक रुपमा सबैभन्दा बलियो छ बेल्जियममा । तर नेपाली कांग्रेसकै राजनितिक संगठन नेपाली जनसंपर्क समितिमा बिगतका निर्वाचनहरुमा एक पक्षले अर्को पक्षलाई अन्तर्घात गरेका उदाहरण धेरै छन् र यो निर्वाचनमापनि जोशीमाथि अन्तर्घात नहोला भन्न सकिन्न ।  देउवा र पौडेल (पहिले कोइराला खेमा) खेम भनेर त्यहाँ अलग्गै दुई गूट छ । यि दुई गूटकाबिच सधैं टक्कर र अन्तर्घात हुने गरेको छ ।

त्यसैगरि लोक दहाललाई वामपन्थीहरुको मत आउँछ । स्वतन्त्ररुपमा रहेका मतहरुमापनि तुलनात्मकरुपमा लोक दहालकै पक्षेकाले धेरै पाउने संभावना रहेको बेल्जियमका नेपालीहरुको भनाई छ ।

सन्तोस जोशीको प्यानल

अाइसिसि सदस्य-श्री पदम गुरूँग
अाइसिसि सदस्य-श्रीमति सरस्वती चापागाइँ
अध्यक्ष-श्री सन्तोष जोशी(सुवास)
वरिष्ठ उपाध्यक्ष-श्री कमल पन्थी
प्रथम उपाध्यक्ष-श्री गोबिन्द सिँह अधिकारी( निर्विरोध निर्वाचित)
महिला उपध्यक्ष-श्रीमति अनुजा प्रधान (निर्विरोध निर्वाचित)
उपाध्यक्ष-श्री खड्क के.सी.
उपाध्यक्ष-श्री राम पुन
महासचिव-श्री तिर्थ धमला
महिला सचिव-श्रीमति मुना ताम्रकार
सचिव-श्री जीवन शर्मा
सचिव-श्री प्रेम तिम्सिना
कोषाध्यक्ष-श्री रोशन गुरूँग(दर्शन)
सहकोषाध्यक्ष-श्रीमति इश्वरा शर्मा ( निर्विरोध निर्वाचित)
युवा संयोजक-श्री रविन पण्डित (निर्विरोध निर्वाचित)
महिला संयोजक-श्रीमति हरी भट्टराइ
लुभेन क्षेत्रको क्षेत्रिय संयोजक-श्री बाबुराजा लामा ( निर्विरोध निर्वाचित)
ब्रसेल्स क्षेत्रको क्षेत्रिय संयोजक- श्री राम प्रसाद सापकोटा( निर्विरोध निर्वाचित)
बुर्ज क्षेत्रको क्षेत्रिय संयोजक-श्री कुल बहादुर खत्री(निर्विरोध निर्वाचित)
वस्टन्डे बाट क्षेत्रिय संयोजक-श्री मति रुपा शाक्य(निर्विरोध निर्वाचित)
सेन्त्रोदेन बाट क्षेत्रिय संयोजक- श्रीकृष्ण सिंखडा(निर्विरोध निर्वाचित)
एण्टवेर्पेन बाट क्षत्रीय सदस्य-श्री गोपाल दाहाल
गेण्ट क्षेत्र-श्री टेक बहादुर थापा
खुला सदस्य पुरुषतर्फ
१.किरण पुन
२,चिज कुमार श्रेष्ठ( सिलु)
३, कुल बाहादुर कार्की,
४, राजु घिमिरे
५, दिपक राउत,
६, बद्री प्रसाद लोहनी
७, मीन दोर्जे ( थापा)र
८, दिपक न्यौपाने
त्यस्तै खुला महिला तर्फ

२,शुशिला सुवेदी
३,मैयाँ नेपाल,
४, सीता केसी,
५, प्रेमा शेर्पा र
६,बेन्जु उप्रेती

तपाइँको प्रतिक्रिया