स्वास्थ्य शिविर खडा गर्दै डा समीर बाढिग्रस्त क्षेत्रमा, एकै दिन ३५० को स्वास्थ्य जाँच र राहत बितरण

सामाजिक स्वास्थ्यमा नाम कमाएका, अनुभव बटुले र समाजसेवी तथा लेखकका रुपमापनि चिनिएका डा रबिन्द्र समीर पूर्वी नेपालको बाढीग्रस्त क्षेत्रमा पुगेका छन् । आफ्नो सानो टोलीसहिर उनी स्वास्थ्यका उपकरण र उद्दारका सामाग्रि लिएर सप्तरी जिल्लाको मुसहर बस्ती, मल्हनिया, रामपुरा पुगेर स्वास्थ्य शिविर खडा गरेका हुन् । उनले त्यहाँ आजै करिब तिन सय बाढी पिडितहरुको स्वास्थ्य जाँच गरेका छन् र उचित औषधी बितरण गरेका छन् । उनले दूर्गममा रहेका वा आफू पुग्न नसकेका दूर्गम गाउँका पिडितका लागि करिब ३०० थान उद्दार सामाग्रि (लुगाफाटा) राजबिराजका प्रमुख जिल्ला अधिकारीलाई सुम्पेर बितरण गरिदिन आग्रह गरेका छन् । आफूले बढी ग्रस्त क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन जारि राख्ने र उद्दार तथा सहयोगको प्रक्रियासमेत सन्चालन गरिरहने बताएका छन् । केहि तस्विरहरु हेर्नुस् ।

तपाइँको प्रतिक्रिया