पूर्वी क्षेत्रमा बाढीको असर (बाढीग्रस्त क्षेत्रमै पुगेर खिचेका तस्विरहरुको कथा)

  • सरिता खड्का / रौतहट

 

पूर्वी क्षेत्रमा बाढिले धेरैको बिचल्ली भएको छ । पूर्वी जिल्लाका रौतहट र सिराहातिर हजारौं बिस्थापित भएका छन् । हामी त्यहाँ पुग्दा साह्रै दर्दनाक अवस्था देखियो । साना साना केटाकेटीपनि अलिकति खाना र केहि लुगाकालागि याचना गरिरहेका छन् । बाहिरबाट कुनै नौला मानिसको समूह देखिएपछि हुरुर्र त्यतै लाग्छन्, केहि खानेकुरा र लत्ता कपडाको आशामा । बाहिरबाट लगेको सहयोग नगण्य देखिन्छ । बाढीले खेतियोग्य जमिन सबै बालुवामा परिणत गरिदिएको छ । हरिया धानका फाँड पुरिदिएर नांगो पारिदिएको छ । गोठका गाइबस्तु, बाख्रा र कुखुरा कता बगाएर लग्यो पत्तो छैन । कति दिनदेखि कयौं मानिस भोकै छन्, खाने कुरोको टुंगो छैन । केहि गाउँहरु अझै डुबानमै भएकाले त्यहाँको स्थिति कतिपयलाई जानकारिनै छैन । त्यहाँ उद्दारका सामाग्रि लिएर जानसक्ने अवस्थापनि छैन ।

बाढीले माथि माथिबाट बगाएर छोडेको सर्पको प्रकोप झन बढ्ने देखिन्छ । स्वास्थ्य स्थिति पिडितहरुको झन बिग्रिँदो छ । वालवालिकाहरु खान नपाएर रुँदै बस्दापनि अभिभावकहरुले आँसु पिउँदै सहनु, आफ्ना वालवालिका रोएको हेर्नु बाहेक अर्को बिकल्प छैन । एक अर्कालाई आपत पर्दा सहयोग गर्ने छिमेकी हातहरु यतिखेर छैनन् । किनकि सिँगै गाउँका गाउँ डुबानमा छन् र अर्कोलाई सहयोग गर्ने कसैसित केहि बाँकीनै छैन ।

रौतहटको बदरवा,चन्डिया टोल, पोकरी टोल,बसन्तपुर को ४, ५, ६, ७, ८, ९ लगायतका वडालाई बाढी अतिनै क्षती पुर्‍याएपनि त्यहाँ अझै राहत पुग्न सकेको छैन । त्यहाँ अझै बाढीको पानी छ । त्यसले गर्दा उद्दारकर्मीहरुपनि त्यहाँ पुग्न सकेका छैनन् ।

बिबेकशिल सोसियल सर्भिस क्लब  समूहले उद्दार र सहयोगको काम गरिरहेको छ । काठमाडौंबाट एक समूहनै बनाएर सयोग बाँडीरहेका छन् । त्यहाँ कसैलाई सिधा सहयोग गर्न मन लागेमा यि नंबरमा फोन गरेर सिधै सहयोग गर्न सक्नुहुने छ ।

९८४९८२१६६३ / ९८५१०७६००२

 

तपाइँको प्रतिक्रिया