स्वीस पहाडको काखमा नेपाली चलचित्र देखाउने योजना

नेपाल र स्विजरल्याण्डबिच भौगोलिक रुपमा तुलना गरिन्छ । भूपरिवेष्ठित देश । विविध भाषा र संस्क्रिति बोकेका दुई मुलुक । तर चलचित्रको अवस्था यि दुई देशबिच कस्तो छ त ? स्विजरल्याण्डको पहाड मुन्तिर नेपाली चलचित्र देखाएर तुलना गर्न दिने, नेपाली चलचित्रकोस्वाद चखाउने योजना स्विसबासी युवाहरुले बनाएका छन् ।

यहि अगस्ट महिनाको २६ तारिख शनिवार बेलुका खुल्ला आकाश मुनि नेपाली कथानक चलचित्र देखाइने भएको हो । नेपाली भाषा नजान्ने वा नबुझ्ने र वालवालिकाकालागिपनि छोटो ब्रित्तचित्र देखाउने योजना आयोजकहरुको छ । नेपाली चलचित्रमा ‘धनपती’ छनौट भएको छ । भोलीपल्ट आइतवारका दिन नेपाली खेलप्रेमीहरुकाबिच भलीवल प्रतियोगिता राखिएको छ । चलचित्र देखाएर बचेको सम्पूर्ण रकम नेपालको दुर्गम क्षेत्र दोलखा जिल्ला र सोलुखुम्बुकोका बिद्यालयमा सहयोग गरिने भएको छ ।

नेपाली चलचित्रको स्थान नेपालमा मात्र समित नराखि विश्व सामु चिनाउन र अन्य देशमा बसेका नेपालीहरुले पनि चाखुन भन्ने उद्देश्यले फिल्म देखाउन खोजिएको आयोजकहरुको भनाई छ । शनिबार क्याम्पिङ गरि त्यहिँ बस्ने योजना भएकाले खुल्ला आकाशमा टेन्टमा बस्ने र रमाईलो गर्ने योजना बनाईएको हो ।

कार्यक्रमको सम्पूर्ण जानकारि हेर्नुस्

मिति : २६ र २७ अगस्त २०१७
– क्याम्पिंग २६ र २७ अगस्त (शनिवार देखि आइतवार बेलुका सम्म)
– ओपेन एअर फिल्म देखाइने – २६ अगस्त बेलुका २० :०० बजे बाट

शुल्क : ५० फ्रान्क -( क्याम्पिंग,ओपेन एअर फिल्म,बेलुकाको नेपाली खाना र ब्रेकफास्ट गरि )
: १२ बर्ष सम्मको बालबालिकाहरुलाइ निशुल्क
: खाना खाने समय बेलुका १८:०० बजेबाट

फिल्म : एक वृत्तचित्र र नेपाली कथानक चलचित्र “धनपति ”

स्थान : Berghütte sc skylla Schmutzberg Eptingen

सम्पर्क :

पुला शेर्पा : ०७६ ३९६ ७८ ८८
राम परियार : ०७६ ३३४ ६५ २६
निराजन श्रेष्ठ : ०७८ ६२५ १७४४
बिदुर संग्रौला : ०७८ ७२८ ८४ ४६
गोपाल तामांग :०७९ ९५८ १६ ९७

(नोट : टेन्टमा सुत्न नचाहनेहरुलाइ घर भित्र बेडमा पनि ब्यबस्था रहेको छ र त्यसको लागि अतिरिक्त शुल्क १० फ्रान्क लाग्ने छ । सिट लिमिट रहेको कारण कृपया आयोजकलाइ जानकारी गराउनुहुन अनुरोध गरिन्छ -धन्यवाद)

तपाइँको प्रतिक्रिया