एन आर एन ए जर्मनीको नेत्रित्व लिन नयाँ द्रिष्टिकोण लिएर आए सुवेदी

भेषराज घिमिरे

खासै नाम सुनिए जस्तो लाग्दैन । किन ? उनले थुप्रै सामाजिक काम गरे । तर फलाक्दै हिँडेनन् । दुई वर्ष पहिले गएको ठूलो भूकम्पका बेलापनि आफ्नै रेस्टुरेन्टमा नेपालप्रेमी जर्मनहरु बोलाएर नेपाललाई सहयोग गर्न बोलाए । तनमन दिएर सयौं जर्मनहरु आए । उनका योजना सुने र सहयोग दिए । उनले करिब २० लाख एक्लो प्रयासमा उठाए । चितवन र नवलपरासिको सिमामा पर्ने कविलासमा भूकम्प पिडितका लागि घर बनाइदिए । राहत बाँडे । तर यसको प्रशंसा खोज्न कुनै मेडियाका कार्यालय धाएनन् । नेपाल पर्व हरेक वर्ष आयोजना गर्छन्, आफू, आफ्नी पत्नी र आफ्ना चिचिलाहरु मिलेर । तर कतै समाचार छापिदेउ भनेर प्रशंसा गरेनन् । यि तिनै मान्छे हुन् यज्ञराज सुवेदी । बाहिरकाले नचिनेपनि उनी जर्मनीमा प्रिय छन् । अझ नेपाललाई माया गर्ने, कर्मथलो बनाउने जर्मनहरुले त उनलाई नचिन्ने कुरै भएन । अहिले एन आर एन ए जर्मनीको नेत्रित्व लिएर केहि गर्छु । केहि न्याँ सोच, नबिनतम अभियानका साथ एन आर एन ए जर्मनीको अध्यक्ष पदमा उमेदवारीको घोषणा गरेका छन् ।

अचम्म लाग्छ, उनले यति धेरै सामाजिक काम गरेका छन् तर उमेदवारी घोषणा गर्दा ति कमको फेहरिस्त कहिँ उल्लेख गरेका छैनन् । थुप्रै अकम गरेको देखाउँदा मत तान्न सकिन्छ, आकर्षण बढ्न सक्छ भन्ने आम बुझाईपनि उनमा देखिन्न । त्यसैले उनले आफ्नो निर्वाचन उमेदवारीको घोषणामापनि कामहरु उल्लेख गरेका छैनन् । भन्छन् ‘कसैको कर्म त अरुले, समाजले मूल्यांकन गर्ने पक्ष हो । मैले के कति योगदान दिएँ त्यो समाजले खोजेर, हेरेर, बुझेर र भोगेर बुझ्ने कुरा हो ।’

हो, यज्ञ सुवेदी मनकारि जर्मनहरुको सहयोग बटुलेर नेपाल गएका थिए, त्यो बिपत्तिपूर्ण भूकम्पका बेला । जर्मन मनकारिको सहयोग कहिँ कतैँ तल बितल पर्छ की भनेर उनी सिडियो अकर्यालय, सहयोगको याचना गर्दै जिल्ला प्रहरी कार्यालय, सेनाको भरतपुर प्रितन कार्यालय र सामूदायिक संस्थाका प्रतिनिधिको भेटघाट अनि छलफलमा थिए । जिल्लाका जानकारहरुलाई आफ्नै गोजीको पैसो हाली हाली पिडितहरुको क्षेत्र मूल्यांकन गराउन लैजाँदै थिए । सारा विशेषज्ञ, बुद्दिजिवी, सुरक्षा निकाय, खोज्दै हिँड्ने पत्रकार सबैका सामुन्ने खुल्ला कार्यक्रम र प्रतिबेदन, रकमको घोषणा गरेर उनले कविलासमा भूकम्प पिडितकालागि घर, टहरा बनाइदिए ।

बर्दिबासमा आँखाको द्रिष्टि गुमाएका वालिकाको लागि होस्टेल सन्चालन हुँदै थियो । त्यसमा पत्रकार, लेखक ददि सापकोटापनि सहभागि थिए । सौराहाका पर्यटन ब्यवशायी, लाईन्स क्ल्बका योगेश अधिकारीपनि सम्मिलित थिए । ति आँखाको द्रिष्टि गुमाएका वालिकाकालागि वासस्थानमा चुलो, ग्याँस, ओढ्ने, ओछ्याउने लगायतका वस्तुको खाँचोको महसुस गरियो । एकसाथ समूहमै सामानहरु खरिद गर्न गए ति बर्दिबास शहरमा  । अन्तिममा यज्ञराज सुवेदीले आफूले तिरेको बिलको भरपाई मागे । त्यो बिल भरपाई ल्याएर आफूलाई नेपालीको सेवा गर्न, सहयोग गर्न रकम दिएका जर्मन नागरिकहरुलाई देखाए । त्यो हेर्ने उनैको साथमा तर उनले कहिल्यै नेभेटेकी जर्मन समाजसेवीपनि थिईन ।

सुबेदीले साझा सहमती र एन आर एन ए जर्मनीलाई सबल बनाउन मेरो उम्मेद्वारी बन्ने शिर्षकमा आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । त्यो घोषणापत्रमा जर्मनी निवाशी नेपालीहरुलाई उनले सम्बोधन गरेका छन् । आफू गत २५ वर्ष देखि जर्मनीमा बसोबास गर्दै आएको उल्लेख छ घोषणापत्रमा ।

सधैंभरि राजनितिक हानथाप, प्रतिर्पर्धा, नाफाघाटा, सहमति र अझ स्पष्ठ रुपमा भन्नुपर्दा राजनितिक सिन्डिगेटकै आधारमा एन आर एन ए को निर्वाचनमा उमेदवारहरुलाई बिजयी गराउने प्रथा चल्दै आएकाले उनले त्यसको बिरोध गरेका छन् । भनेका छन् ‘म राजनितिलाई घ्रिणा गर्दिन । राजनिति प्रमुख कुरा हो । तर राजनितिक ब्यक्क्तित्वभन्दा बाहिर रहेरपनि राजनितिलाई आदर र सम्मान गर्दै देश र सामजलाई सेवा गर्नेहरुको सेवाभाव, मनोकांक्षा, सिप, जाँघर र अनुभवलाई बिर्सिनुहुन्न ।, मैले यो पटक त्यसलाई आदर गर्ने कोसिस गरेको छु ।

“नेपालीका लागि नेपाली”भन्ने मूल उद्देश्यका साथ स्थापित गैह्र आवासीय नेपाली संघको स्थापनाकालदेखि नै प्रत्यक्ष रुपमा यस संस्थाको राष्ट्रिय समन्वय परिषद, जर्मनीसँग आवद्द रहेर एक कार्यकाल (सन् २००९ -२०११) को कार्य समितिमा उपाध्यक्ष भए उनी । अध्यक्ष कार्य गर्न असफल भएपछि कार्यवाहक अध्यक्ष समेतको जिम्मेवारी पूरा गरे । त्यसबाहेक जर्मनीका विभिन्न सामाजिक संघ संस्थाहरुका कार्यसमिति भित्र रहेर निरन्तर रुपमा सामाजिक क्रियाकलापमा सहभागिता जनाईरहेको उनले उल्लेख गरेका छन् । तर कुन कुन सामाजिक संस्था उल्लेख छैन । गैह्र आवाशिय नेपाली संघ जर्मनीको अधिवेशन १५ अगष्ट २०१७ का दिन हाम्बुर्ग शहरमा हुन लागेको छ ।

(नेपालमा आर्थिक सहयोग गरेको प्रतिबेदन लिँदै सुवेदी)

उक्त अधिवेशनले आगामी दुई वर्षको कार्यकालका लागि नयाँ पदाधिकारीहरुको चयन गर्नेछ । जसमा जर्मनी निवाशी नेपालीको आवाज, ईच्छा, समस्या तथा एन आर एन ए को समग्र विकास, सांगठनिक सुद्रिढिकरण र पारदर्शिताका लागि हामी सबैका सकारात्मक भावना र बिचारहरुको प्रतिनिधित्व हुनु अति नै आवश्यक भएको महसुस सबैले गर्दै आएक छन् । सबै नेपालीको लागि केहि गरौं भन्ने स्वच्छ भावनाले उनी आफ्नो व्यक्तिगत, पारिवारिक एवं व्यवसायिक समय र स्रोतको व्यवस्थापन गर्न सक्षम पृष्ठभूमिमा उभिएको जानकारि उनले गराएका छन्  ।

स्थापनाकाल देखि वर्तमानसम्म एन आर एन ए जर्मनीको सांगठनिक स्वरूपका पानाहरु पल्टाएर हेर्दा हालसम्म एन आर एन ए जर्मनीमा ”दलिय सहमति” प्रचलित भाषामा भन्नु पर्दा ”राजनैतिक सिन्डिकेट” रहँदै आएको जगजाहेर नै छ । त्यसकै कारणव् आम जनमानसमा एन आर एन ए र यसको अभियानप्रति सबैको समान सहभागिता ईच्छा र संलग्नता हुन सकेको छैन । यो उनले जायज भनेका छन् ।

सबै भन्दा राम्रो पक्ष के छ भने उनले राजनितिक र गैह्र राजनितिक क्षेत्रका ब्यक्तिहरुलाई एकैमञ्चमा उभ्याउन, नेपालको हितमा लगाउन चाहेका छन् ।  एन आर एन ए जर्मनीले विगतदेखि वर्तमानसम्म चालेका असल कामहरु मध्येपनि धेरै त राजनैतिक खिचातानीका कारण सँधै ओझेलमा पर्दै आएको उनको बुझाई छ संस्थाको पारदर्शिता र संस्थागत प्रक्रियाप्रति कार्यसमिति भित्रै पनि भिन्न मतहरुका कारण असहज परिस्थिति उत्पन्न भएको हामी सबैलाई अवगत भएकिओपनि उनले उल्लेख गरेका छन् ।

तर उनले समग्रमा एन आर् एन ए प्रति सद्भाव, माया र आकर्षणनै बढाउने कोसिस गरेका छन् । भनेका छन् ‘हामीहरु कुनै न कुनै रुपमा गैह्र आवासीय संघसँग जोडिएका छौं । हामीहरुको हक, हित र अधिकारका निम्ति स्थापित एन आर एन ए को महत्व विश्वका ७६ देशहरुमा गठित राष्ट्रिय समन्वय परिषदहरु (एन सिसि) यसका प्रमाण हुन् । कुनै पनि संस्थाको सामाजिक उपस्थिति ओजपूर्ण हुनका लागि उत्कृष्ट कार्यसम्पादन एवं आर्थिक पारदर्शिता हुन जरुरि छ । संस्थागत प्रक्रिया र पद्धतिमा रहेर संस्थाले हामीमाझ अभिभावकीय भूमिका निर्वाह गर्ने क्रममा हामीहरुको तर्फबाट पनि रचनात्मक सहयोग र उपस्थिति जनाउनु हाम्रो कर्तब्य हुन आउँछ ।’

हालसम्म जर्मनीमा एन आर एन ए अभियान हामीबीच के कसरि चलिरहेको छ भन्नेमा जर्मनीका नेपाली जानकार छन् ।  यहि धरातलबाट खास खास उद्देश्य प्राप्तिको लागि विशुद्द सामाजिक संस्थाको रुपमा सामुहिक सहभागितासहितको उत्तरदायित्व वहन गर्नको लागि उनले आफ्नो उम्मेदवारी प्रस्ततु गर्‍को सिद्द गरेका छन् । यो सिद्द गर्न खोज्दा उनले भनेका छन् ‘कहाँ, कसरी र के कति कारणले हामीले यस संस्थालाई यसको उद्देश्य अनुरुप विकसित गर्न सकेनौ भन्ने कुरालाई सबैले मनन गर्दै आगामी दिनहरुमा यहाँहरुको साथ, समर्थन र सहयोगको आशा गरेको छु ।’ ।

उनले आफूलाई कुनै महान, ठूलो, उच्चपनि ठानेका छैनन् । यो महत्वपूर्ण विषयपनि हो । भनेका छन् ‘ म यहाँहरुकै माया, स्नेह, समर्थन, साथ र संगतले यहाँसम्म आइपुगेको छु । नेत्रित्वकालागि तयार मेरो उर्जा भनेकोपनि यहाँहरुनै हुनुहुन्छ । तपाईहरुको त्यो सुझाव र साथबिना यो परदेशी भूमिमा समाजकालागि सामूहिक योगदान पुर्याउन मुस्किल पर्छ । त्यसैले फेरिपनि एन आर एन ए जर्मनीमा उदाहरणीय रुपमा प्रस्तुत हुन आफ्नो क्षमता र दक्षताका साथ सबैको साझा नेतृत्व गर्ने बिश्वास दिलाउँछु ।’

तपाइँको प्रतिक्रिया