अमेरिकाको विषयले एन आर एन क्षेत्रिय बैठकमा घम्साघम्सी किन ?
एन आर एन ए को युरोप स्तरिय दशौं क्षेत्रिय भेला जर्मनीको फ्र्यांकफर्टमा भयो । भेला समग्रमा राम्रो भयो । तर यो भेलामा एन आर एन अमेरिकाको विषयले बर्चस्व जमायो । चर्चा त्यसैको भयो । बादबिवाद र प्रतिवाद त्यहि विषयमा भयो । एक जना ब्यक्ति एन आर एनको राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदकालागि उमेदवार बन्न पाउने कि नपाउने भन्ने विषयमा किन यत्रो बिवाद भयो ? अमेरिकाको राष्ट्रिय समन्वय परिषदमा अध्यक्ष पदका प्रत्याशी गौरी जोशी अध्यक्षमा लड्न पाउने की नपाउने भन्ने विषय किन यति चर्कोसित उठ्यो ?
धेरैले नबुझेको विषय के हो भने गौरी जोशीले अध्यक्ष पदमा उठ्ने वा उठ्न नपाउने विषयले किन केन्द्रिय र क्षेत्रिय तहको नेत्रित्वसम्म बिवाद बन्यो ? सबैलाई थाह छ, अमेरिकामा नेपाली समूदाय ठूलो छ । जति ठूलो समूदाय भयो उति नेत्रित्वका लागि हानथाप चल्छ । अमेरिकामापनि भएको त्यहि हो । त्यसैले नेत्रित्वकालागि कसले कसको पक्षमा प्रभाव पार्ने, कसरि असल ब्यक्तिलाई नेत्रित्वमा पठाउने भनेर लाग्छन् । कोहि, असल होइन आफ्नोलाई कसरि जिताउने र अर्को पक्षकोलाई कुन बिधान, कुन धारा र कुन हतकण्डा अपनाएर हराउने, निर्वाचनमा उठ्नै नदिने भन्ने खेल खेल्छन् । यहि खेलमा गौरी जोशीलाई पार्न खोजिएको हो, अर्थात् उनलाई एन आर एन ए अमेरिकाको अध्यक्ष पदमा उमेदवार बन्न नदिने खेल खेलिएको हो । केहि ब्यक्तिहरु भने उनलाई बाटो छेक्नुहुन्न भनेर उनको पक्षमा लागेका हुन् ।
गौरी जोशीले एन आर एन ए अमेरिकाको अध्यक्ष पदमा उमेदवारी दिएपछि केहि मानिसहरुलाई अप्रत्याशित लाग्यो । उनको त्यो उमेदवारी बदर गर्न खोजियो । एन आर एन ए को बिधान अनुसार राष्ट्रिय समन्वय परिषदको अध्यक्ष बन्न कि त अन्तर्राष्ट्रिय समन्वय परिषदमा एक कार्यकाल काम गरेको हुनुपर्छ किभने राष्ट्रिय समन्वय परिषदमा एक वर्षको कार्यकाल पुरा गरेको। कारण के भने गौरी जोशीले डा अम्बिका अधिकारी अध्यक्ष रहेको राष्ट्रिय समन्वय परिषद अमेरिकाको कार्यकारि सदस्य र सदस्यता ब्यवस्थापनको संयोजक भएर कार्य गरेका थिए । तर एन आर एन ए अमेरिकालाई एन आर एन ए केन्द्रिय समितिले (एन आर एन आइ सिसि) ले आधिकारिक रुपमा सन् २०१० मा मात्रै राष्ट्रिय समन्वय परिषदको मान्यता दिएकाले गौरी जोशी बिधान त अध्यक्ष बन्न पाउँदैनन् भन्दै रोक्न खोजियो । त्यसपछि गौरी जोशीले केन्द्रमा निबेदन हालेर आफूले एक कार्यकाल (सन् २००७-२००९) मा काम गरेको प्रमाण पठाउन निबेदन दिए । त्यो निबेदन केन्द्रिय महासचिव डा बद्री केसीले गौरी जोशीलाई पठाए । जोशीले त्यसका आधारमा आफू योग्य रहेको प्रमाण पेश गर्दै उमेदवारी दाबी गर्दै गए ।
गौरी जोशीलाई वर्तमान केन्द्रिय अध्यक्ष शेष घले पक्षले रुचाउँदैन । अमेरिकाको क्षेत्रिय संयोजक सोनाम लामापनि अध्यक्ष शेष घले पक्षका हुन् । शेष घले र जोशीका बिचमा कुनै नराम्रो नभएपनि घलेका निकट सोनाम लामाले नरुचाउने भएकालेनै शेष घलेले जोशीलाई अध्यक्ष बन्नबाट रोक्न खोजेका हुन् । जोशी आफ्नै पाराका छन् । काम गर्न रुचाउने तर अनावश्यक रुपले कसैको निकट पुग्न खोज्ने खालका छैनन् । त्यसैले सोनाम लामाले सन् २०१० मा मात्रै एन आर एन ए अमेरिकालाई केन्द्रले मान्यता दिएकाले त्यस अघिको कुनैपनि कार्यकाल बैधानिक होइन भन्दै बिरोध जनाए । यहि मुद्दा केन्द्रमा पर्यो । महासचिव बद्रि केसीले गौरी जोशीले सन् २००७ देखि सन् २००९ सम्म काम गरेको प्रमाण पठाएर अध्यक्ष पदमा उठ्न पाउने जानकारि दिएपछि अध्यक्ष शेष घलेले एन आर एन ए अमेरिकालाई ठाडो जवाफ पठाउँदै महासचिवको पत्रलाई चुनौति दिए । यहाँनिर बहस चल्यो, महासचिव भनेको त्यस्तो पद हो जसले केन्द्रमा भएका कागजपत्र, लिखित दस्ताबेजहरुलाई संवन्धित निकायमा पठाउने, आवश्यक कागजपत्र उपलब्ध गराइदिने, पत्रहरु काट्ने काम गर्छ । शेष घलेले भने केन्द्रिय समितिमा कुनै छलफलनै नगरि महासचिवको कार्यक्षेत्रमाथि ठाडो हस्तक्षेप गर्दै पत्र पठाएपछि बिवाद चर्किँदै गयो ।
यसमा डा बद्री केसीले अध्यक्ष शेष घलेद्वारा एन आर एन एको बिधान बिरुद्द महासचिवको कार्यक्षेत्रमाथि ठाडो हस्तक्षेप गरेको भन्दै अनुशासन कमिटीमा कारवाहीका लागि पत्र पठाए । डा बद्रि केसीले आफूले गौरी जोशीले एक कार्यकाल पुरा गरेको पत्र क्षेत्रिय समिति अमेरिकालाई दिनुपर्नेमा सोझै पठाउँदा प्रक्रियागत गल्ति भएपनि बैधानिक र बिधानत सहि रहेको दाबी गर्दै गए । आफूले बिधानत गलत गरेको भए कारवाही भोग्न तयार रहेकोपनि जानकारि दिए । तर अध्यक्ष शेष घलेले भने आफू अध्यक्ष रहेकाले अध्यक्षलाई नसोधी किन त्यो पत्र सिधै पठाएको भन्दै महासचिवको पत्र अबैधानिक हो भन्ने आशयले पत्रचार गरेपछि बिबाद चुलिँदै गएको हो । यसमा सर्सर्ति हेर्दा केन्द्रिय महासचिव डा बद्री केसीले प्रक्रियाका हिसाबले कमजोरी गरेको देखिएको छ भने अध्यक्ष शेष घलेले बैधानिक रुपमै गलत गरेको देखिएको छ । अर्थात् बिधान मिचेको देखिन्छ ।
राष्ट्रिय समन्वय परिषदको निर्वाचनका संवन्धमा कहिँ कतै बिवाद आएमा वा अस्पष्ठता भएमा राष्ट्रिय समन्वय परिषदलेनै टुंगो लगाउने वा संवन्धित देशको समन्वय परिषदको निर्वाचन कमिटिलीनै अन्तिम टुंगो लगाउने भन्ने केन्द्रिय बिधानमा छ । यसरि हेर्दापनि शेष घलेले केन्द्रिय बिधानलाई चुनौति दिएको भन्दै बिवाद चुलिएको हो ।
बिवाद नटुंगिएपछि कमिटी गठन
बिवाद चुलिएपछि एन आर एन ए केन्द्रिय तहको बैठक साँझ बस्यो । क्षेत्रिय भेलाका सबै कार्यक्रम सकिएपछि । करिब चार घण्डा मतमतान्तर भयो । त्यहाँ मुख्य गरि दुई खेमामा बिभाजित भए । शेष घले र डा बद्रि केसीले बिधानत सहि गरेका हुन् भन्ने अर्को पक्ष । शेष घले पक्षकाले जसरि हुन्छ गौरी जोशीलाई उमेदवार बन्न नदिने तयारिमा लागे । स्वतन्त्रहरुले भने बिधानको मर्म अनुसार ब्यवस्था गर्ने, मिलेर जानुपर्ने दाबी गर्दै गए । बैठकले टत्काल टुंगो लगाउन नसकेपछि एन आर एन ए का पूर्व प्रवक्ता डा हेमराज शर्मा, सल्लाहकार विश्वआर्दश पण्डित र एन आर एन एका संरक्षक दिल गुरुङ रहेको कार्यदल गठन गरेको छ । यो कार्यदलले दिएको प्रतिबेदनका आधारमा अमेरिकाको निर्वाचनको बिवाद टुंगो लगाउने छ ।
को हुन् गौरी जोशी ? किन रोक्न खोजियो उनको उमेदवारी
गौरी अमेरिकामा नेपाली समूदायमा निकै लोकप्रिय पात्र हुन् । उनी ब्यापारी हुन् । नेपाली कांग्रेसमा बैचारिक आस्था राख्ने गौरीलाई शेर बहादुर देउवा खेमाले यतिखेर जिताउने अभियान संचालन गरेको छ । तर गौरी जोशी आफैंले भने राजनितिक मुद्दा उठाउने र राजनितिमा संलग्न हुने गरेका छैनन् । नेपालीहरुलाई अनेक सहयोग गर्ने, ईमान्दार ब्यक्तिका रुपमा चिनिएकाले नेकपा एमालेको संगठन प्रवाशी नेपाली मञ्चलेपनि गौरीलाई समर्थन गरेको छ । गफ र राजनिति, ठूला ठूला राजनितिक योजना र महत्वाकांक्षी परियोजना सुनाउने भन्दा काम गरेर देखाउनुपर्छ भन्ने बिचारका हुन् गौरी जोशी । त्यहाँका नेपालीले त्यसैगरि चिन्छन् । नेपालीहरुबिच भएको अन्तर्क्रियामा उनले किटेरै भनेका छन् ‘”मैले जितेमा ६ महिनाभित्र १ लाख डलरको आपतकालिन कोष खडा गर्छु” ।
अहिले अमेरिकाका नेपालीमा समग्रमा सबैभन्दा चर्चित, एन आर एन ए अमेरिकाको अध्यक्ष पदकालागि लायक र सक्षम उनै देखिएका छन् । त्यसैले उनको लोकप्रियता उच्च छ । उनको उमेदवारी सदर भएमा उनले जित्ने संभावना बढि छ । उनले जितेमा लगभग १३५ मत अमेरिकाबाट आगामी अक्टोबरमा हुने केन्द्रिय अधिबेशनमा जान्छ । यो मत भनेको धेरै हो । यसमा लगभग गौरी जोशीको पक्षले एन आर एन ए लाइ राम्रो बनाउन खोज्ने, कुरा भन्दा काम धेरै गर्ने र सबल पक्ष, गूट उपगूट नहेरि सक्षमलाई दिन्छ भन्ने अनुमान गरिएको छ । अथवा अमेरिकाबाट गौरी जोशीसहित जाने मत क्षेत्रिय संयोजक सोनाम लामाले चाहेको ठाउँमा जान्न । उनको मतले निर्णायक भूमिका खेल्न सक्छ आगामी केन्द्रिय निर्वाचनमा । त्यहि कारणले हो, गौरी जोशीलाई उमेदवार बन्नबाटै रोक्न खोजिएको ।
पत्राचारका प्रमाण








