यस्तो छ एन आर एन ए स्पेनका अध्यक्ष पदका प्रत्याशी सापकोटाको प्रतिबद्दता

चिन्तामणी सापकोटा / एनआरएनए,स्पेनको अध्यक्ष पदका प्रत्याशी

नमस्कार, स्पेनबासी नेपाली बुवाआमा, दाजुभाई तथा दिदी बैनी सबैलाई न्यानो अभिबादन सहित नमन गर्दछु । गैरआशिय नेपाली संघ स्पेनको पाँचौ राष्ट्रिय महाधिबेशनमा म अध्यक्ष पदको प्रत्याशित उमेद्वार चिन्तामणी सापकोटा तपाईको माझमा आएको छु । तपाईको साथ र हौसला सहितको अपेक्षा समेत गरेको छु । २०१७ को अधिबेशनमा होमिदै गर्दा १७ ओटा भावि योजना तथा रणनिति सहितको दुई वर्ष कार्यकालमा गर्ने महत्वपुर्ण कार्यक्रम सहित प्रतिबद्धताको घोषणा पत्र लिएर उपस्थित भएको ब्यहोरा जानकारी गराउन चाहन्छु ।

१) गैरआशिय नेपाली संघमा प्रवेश संगै नेपाली स्पेनबासी हाम्रो समुदायको कला,सांस्कृतिक,भेषभुषा तथा भविष्यका कर्णधार बालबालिकाको उज्वल भविष्यको लागि स्थानीय कातालान सरकार संग समन्वयन गरेर नेपाली पाठशाला स्कुललाई ब्यवस्थित गर्ने पहिलो प्राथमिकता रहेको छ ।

२) एनआरएनए स्पेनको मौजुदा आकस्मिक (आपतकालीन) राहत कोषको ब्यवस्था तत्काल घोषणा गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।

३) एनआरएनए स्पेनलाई ब्यवस्थि गर्दै विभिन्न शहरहरुमा क्षेत्रिय कार्यालय सहित समिति गठन गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।

४) नेपाली चाडपर्वहरु विशेषगरी तिजको श्रषिपञ्चमी पुजा गर्ने ब्यवस्थापन देखि दशै,तिहार,लोसार,देउसी,भैलो,फागुपुर्णिमा र जातजाति विचको सांस्कृतीक अनुसारको पर्वमा विभिन्न सामाजिक संघ संस्थाको समन्वयनमा आलोपाले कार्यक्रममा भब्य रुपमा सफल पार्न गोलबद्ध गर्ने छु ।

५) एनआरएनए स्पेनको कार्यालयलाई ब्यवस्थित बनाउनका लागि स्पेनबासी बुद्धिजिवि वर्गका संघ,संस्थाका प्रतिनिधि तथा संञ्चारकर्मीहरुको सल्लाह शुझाब सहित सबैको रोहबरमा निर्णय गर्ने छु । हाम्रो नेपालीहरुको छाता संगठन एनआरएनएको कार्यालय ब्यवस्थापनको चुनौतीलाई मध्य नजर गर्दै खर्च धान्न गाह्रो भएको अवस्थामा सबैको सहकार्यमा बैकल्पिक बाटोको शुष्म अध्यन गर्ने र सोहि अनुरुप अगाडि बढने योजना रहेको छ ।

६) नेपाल सरकारले स्पेनमा खोल्ने दुताबासबाट सहजरूपमा स्पेनबासी नेपालीहरुको पासपोर्ट,पुलिस रिपोर्ट,कागजपत्र प्रमाणिकरण गर्न दुताबासमा जोडदार माग सहित पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।

७) स्पेन एनआरएनएले ब्यवसायीहरुको एनआरएनए भित्र एउटा ’साझा ब्यवसायी संघ’ गठन गर्नेमा सकारात्मक भुमिका रहनेछ । ’हाम्रो लगानी, राम्रो भविष्य’ नाराका साथ ब्यवसायीहरुको संयोजकमा एनआरएनएको मातहतमा रहेर ब्यवसायिक बनाउन पहल गर्नेछु ।

८) एनआरएन स्पेनले आफ्नै  अब्यबस्थित रहेको अनलाइनलाई ब्यवस्थित अनलाईन वेबसाईट गरीने र नेपालीहरुको संघ संस्था तथा राजनितिक दलको सहकार्यमा तुरुन्त तुरुन्त समाचार अपडेट देखि रोजगारीको खोजी गरी स्पेनबासी नेपालीहरुलाई जानकारी गराउनमा प्रतिबद्ध हुनेछु ।

९) एनआरएनए स्पेनको हेल्प (हट) लाईनको ब्यवस्था गर्नुको साथै कार्यलयमा सुचना केन्द्र राखिने प्रतिबद्धता ब्यक्त गर्दछु ।

१०) एनआरएनए स्पेनको साधारण सदस्य लगायत सबैको फोटो सहितको नामावली परिचयपत्र विरण सहितको तथ्याङ्क बनाएर वितरण गर्ने छु ।

११) एनआरएनए स्पेनको सदस्यता अहिले रहेको भन्दा बढि बनाउने लक्ष सहित विभिन्न उपसमितिहरु र क्षेत्रिय समितिलाई पनि केन्द्र संग समन्वयन र जिम्मेवारी तथा दायित्व बोध गर्न आवश्यक पदहरुको ब्यवस्थापन गर्न सबै संगको सहकार्यमा पहल गर्ने छु ।

१२) एनआरएनएले शिपमुलक तालिमहरु सुशि,कुक तालिम र स्थानीय अजुतामेन्तो संङ्गको सहकार्यमा तालिम हुने ठाउँ पहिचान गरी सबैलाई र विशेष गरी नयाँ आउने नेपालीहरुलाई समनवयन गरी भाषा पढ्ने स्कुल,तालिम तथा विभिन्न अवशरको पहिचान गरी समन्वयनको भुमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।

१३) एनआरएनए स्पेनको एउटा छुट्टै टाकफोर्स गठन गरी भैपरि आउने समस्याको निराकरण गर्न समिति बनाएर जिम्मेबारी दिई आवश्यक छलफल र समन्वयनमा विभिन्न समिति उपसमिति गठन गर्न पहल गर्ने छु ।

१४) एनआरएनए स्पेनले नेपालको विकाश र समृद्धिमा थप सम्भावित ठुला लगानी तथा भुकम्प प्रभावित क्षेत्रमा पुन निर्माण कार्यमा हात्तेमालो गदै सकारात्मक भुमिका खेल्न पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।

१५) एनआरएनए स्पेनले विगतमा गरेको कामहरुको बाँकी की रहेका राम्रो कामहरुलाई पुर्णता दिने प्रतिबद्धता ब्यक्त गरेको छु ।

१६) एनआरएनए स्पेनले नेपालको आर्थिक समृद्धि तथा विकासको लागि पर्यटक प्रवर्धद्धनमा सकारात्मक भुमिका निर्वाह गर्दै पर्यटन भित्रयाउने नेपाल सरकार संगको समन्वयनमा नेपालबाट सिधा हवाई उडान सम्भाब्यताको अध्यान गरी आवश्यक पहल गर्न जोडदार माग गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।

१७) नमुना एनआरएनए स्पेनको परिकल्पना सहित नेपाल र नेपालीको एकताको गोलबद्ध बनाएर विश्वका अरु राष्ट्र भन्दा फरक स्पेन बार्सिलोना घोषणा गर्नमा पहल रहने प्रतिबद्धता गर्दछु  । दुई दशक युरोप बसाईमा जर्मन र स्पेनमा नेपालीहरुको लागि हात्तेमालो गरेको स्मरण गर्दछु ।

विगत १७ वर्षको स्पेन बसाईमा स्पेनबासी हाम्रो नेपाली समाजमा ब्यक्तिगत तथा संस्थामा लागेर समाज परिर्वनका लागि आफ्नो भुमिकामा भएका गरेका संक्षिप्त कुराहरु आज फेरी स्मरण गराउन चाहन्छु ।

एनआरएनए स्पेनको संस्थापक सदस्य तथा जनसम्र्पक समितिको संस्थापक अध्यक्षमा सकारात्मक भुमिको नेतृत्वदायी काम र कर्तब्य निर्वाह गर्दै,सामाजिक संघ संस्थाहरु संगको समन्वयनमा स्पेनबासी नेपाली हामी विचमा भाइचार सम्बन्ध कायम गर्न सफल भुमिका निर्वा गरेको । स्पेन सरकारले नेपाली जनसमुदायको कागजपत्र बनाउन नेपाल सरकारको पुलिस रिपोर्ट,रेसिडेन्सी,पासपोर्ट लगाएत बनाउन आई परेको झन्झटिलो काममा संस्थाको र आफनो भुमिकामा सबै नेपालीहरुको सारथी बन्दै सहयोगी भुमिका निर्वाह गरेको छु । स्पेनबासीको आवश्यकतालाई मध्यनजर गर्दै दुताबास ल्याउनको लागि पटक पटकको प्रयासमा निरन्तर लागी परेको स्मरण गर्दछु । हिन्दुत्व आस्था बोकेका नेपालीहरुको ध्यानलाई मध्य नजर गदै धर्मको रक्षाका लागि स्पेनमा नेपालीहरुको आस्थाको धरोहर मन्दिर बनाउन पहल गर्ने छु ।

(सापकोटा एन आर एन ए स्पेनको अध्यक्षका उमेदवार हुन् । एन आर एनमा पदिय चाख राख्नेहरुले आफ्नो प्रतिबद्दता लिखित रुपमा राखुन् भन्ने मनशाय स्वरुप उनको यो लेख आएकाले राखिएको हो । नेपालप्लस डट कम उनको बिचारसित पूर्ण रुपमा सहमत वा असहमत हुनुपर्छ भन्ने छैन ।  उमेदवारहरुले आफ्ना प्रतिबद्दता सार्वजनिक गर्नुपर्छ भन्ने मनशायले यो लेखलाई स्थान दिईएको हो- संपादक)

तपाइँको प्रतिक्रिया