नागरिक र सरकार दुबै जिम्मेवार हुनुको फल : हरेक नागरिकलाई हेलिकोप्टरले उद्दार

एउटा हेलिकोप्टर भुनभुनाउँदै तलतल ओर्लिँदै आयो ।  सडकमाथिको पूलबाट हेरिरहें । हेलिकोप्टर झन ओर्लियो । ओर्लिँदै गयो । झन झन ओर्लियो । झनझन झन झन झन …………। हुँदा हुँदै त गाडी कुद्ने सडकमै आइपुग्यो । सडकको एकापट्टी सवारी साधन उत्तिकै चलिराख्या थियो । अर्को पट्टी कुनामा प्रहरीको गाडी रोकिएको । एक दुई प्रहरी सडकको मध्य भागमा उभिएर ओहोरदोहोर गर्ने गाडी रोकेका । कोहि ब्यक्ति सडक दूर्घटनामा परेछ । स्विजरल्याण्डको जेनेभा विमानस्थल छेवैको सडकमा देखिएको घटना हो यो । करिक डेढ महिना अघि । हेलिकोप्टरले त्यो मान्छेलाई टपक्क टिपेर हुनहुनाउँदै आकाशै आकाश बत्तियो ।

दश मिनेटमै यो सबै काम फत्ते गर्‍यो । यस्तो सुविधा दिन्छ स्विस सरकारले हरेक नागरिकलाई । उनीहरु सरकारलाई कर नतिर्न जबर्जस्ति गर्दैनन् । सरकारलेपनि सुविधा दिन मन खुम्च्याउँदैन । सेवा दिनु र पाउनु दोहोरो हुने रहेछ । भएभरका नागरिकले कर छल्ने, सरकारलाई तिर्ने भनेपछि अनेक उपाय रच्ने हो भने न नागरिकले सहजै सुविधा पाउँथे । न सरकारलेपनि यस्तो सुविधा दिन्थ्यो । र सरकारपनि पानी नझर्ने धाराको पैसो काट्ने, बिजुले नबल्ने घरमा मिटर राखेर जबर्जस्ति पैसो असुल्ने भए यस्तो सुविधा कसरि हुँदो हो, कसरि विकास हुँदो हो ? सेवा दिन सरकारले जति कन्जुस्याईँ गर्छ नागरिकले उतिनै कर तिर्न मन गर्दैन ।

यो देशमा स्वास्थ्य विमा महँगो छ । तर जो नागरिक असहाय छन् । महँगो स्वास्थ्य विमा तिर्न सक्दैनन् तिनलाई सरकारले निशुल्क स्वास्थ्य उपचार गरिदिन्छ । पिडित, विरामीको गम्भिरता हेरेर एकदमै छिटो अस्पत्ताल पुर्‍याउनुपर्ने भए हेलिकोप्टरमै उद्दार गरिदिन्छ ।

नागरिकले जति कर छल्न खोज्छ, लाग्ने दस्तुर तिर्न खोज्दैन उति सरकारी बजेट कम हुन्छ र सरकारले नगरिकलाई सेवा र सुविधा दिन सक्दैन । देश विकास गर्ने बजेटनै सरकारसित हुन्न । त्यसैले नागरिकलाई सेवा दिन सरकार तत्पर हुनु जति आवश्यक छ उत्तिनै जनतापनि सरकारप्रति, देशप्रति जिम्मेवार हुनुपर्दो रहेछ ।

तपाइँको प्रतिक्रिया