कोकोले जिते एन आर एन अष्ट्रियामा ?
युरोपको मध्य भुभागमा अवस्थित अष्ट्रियामा बसोबास गर्ने नेपालीहरुले आइतबार निर्वाचन मार्फत २०१७-१९ कायकालको लागि नयाँ नेतृत्व निर्वाचित गरेका छन् । कडा प्रतिस्पर्धाका बिच अध्यक्ष पदमा जिवन जङ्ग कुवरले प्रतिस्पर्धी डा दीपक ढुंगाना संग ३ मतको अन्तर पार्दै जम्मा १७४ मतले विजयी भएका हुन । कुल मत ३५४ मध्ये सबैभन्दा बढी २३४ मत प्राप्त गरि अन्तर्राष्ट्रिय परिषदको सदस्य पदमा शिव सापकोटा अत्याधिक बहुमतले विजयी भएका छन ।
उपाध्यक्षमा बिनोद चौलागाईं र मनोज बिष्ट बिजय भए भने महिला उपाध्यक्षमा निरु लामिछाने, महासचिवमा निर्मल पौडेल, कोषाध्यक्षमा अनुज पौडेल र युवा संयोजक किरणलाल श्रेष्ठ बिजय भएका छन । महिला संयोजक भवानी तिवारी, सहकोषादक्ष राजन श्रेष्ठ, सचीवमा निता सापकोटा र सम्झनागिरि बिजयी भएका हुन् । सदस्यहरुमा बुध्दी बहादुर तामाङ, ध्रुव पौडेल, प्रसना निरौला,सबिन तिमल्सिना, डबिन गुरुङ, युवराज सुबेदी, राजकुमार उपाधध्या भने निर्बिरोध भएका छन् ।





