भिन्चिको शहर (फोटो कथा)

ईटालीको उत्तरमा छ मिलान शहर । यो शहर औध्योगिक क्षेत्रका रुपमा चर्चित छ । सभ्य र शालिन मानिसहरु बस्ने भनेर चिनिन्छ । मिलानबाट एक घण्टाको रेल चढेर भिजेभानो भनिने  शहर पुगिन्छ । शहर असाध्यै सफा छ । सुन्दर छ । यो शहरलाई विश्व प्रसिद्द कलाकार लिओ नार्दो दा भिन्चिले डिजाईन गरेका रहेछन् । त्यसैले यो शहरको गरिमा र भिन्चिको डिजाइनलाई संरक्ष्ण गरेका छन् यहाँका बासिन्दाले । शहर औधि सफा छ । यो शहरको वरिपरि पुरै क्रिषी क्षेत्र छ । विगतमा यो शहर औध्योगिक रहेछ । कालान्तरमा उध्योग र कल कारखानाहरु बिस्थापित भए । अहिले शहर सुनसान छ । यहाँका धेरै घरका अपार्टमेन्टहरु बिक्रिमा छन् । शहरको मध्य भागकै सटरहरु थुप्रै खालि देखिन्छन् । शहरको आकर्षण ब्यापारिकरुपले घट्दै गएपछि यहाँका मानिसहरुपनि शहरतिर बसाई सर्दै गए ।  अहिले यो शहर क्रिषीले धानिएको जस्तो लाग्छ । यो धान फल्ने उर्बर भूमी हो । मिलान शहर आउने केहि पर्यटकहरु भिन्चीले कस्तो डिजाईन गर्दा रहेछन् भनेर हेर्न आउने गर्छन् । यो शहरको सबै सडकहरु ढुंगा र तेलिया ईट्टाले कुदिएको छ । भवनहरु पुराना छन् । यो शहरमा विश्व बिध्यालयदेखि सबै संरचना छन् । झट्टा हेर्दा यो शहर सफा, सुन्दरा, सभ्य र शालिन छ ।

तपाइँको प्रतिक्रिया