कहाँ कहाँ फैलिने भो युरोपमा डेंगु ?

एशियातिर त्रास स्रिजना गरेको डेंगु अब युरोपमापनि सर्न सक्ने भन्दै त्रसित भएका छन् । स्विडेनका विशेषज्ञहरुले गरेको अनुसन्धानबाट यो तथ्य सार्वजनिक भएको हो । प्रिथ्वीमा बढ्दो तापक्रम ब्रिद्दिले गर्दा डेंगुको रोग फैलिन सक्ने दाबी विशेषज्ञहरुले गरेका हुन् । गोलार्धको तापक्रम ब्रिद्दि हुँदा युरोपका मुलुकहरुमापनि तापक्रम बिद्दि हुने र त्यसले गर्दा  न्यानो बढ्दै जाने छ । जति न्यानो बढ्दै गयो डेंगुको रोग फैलाउने लामखुट्टेको संख्या बढ्न सक्ने र बढि तापक्रमसँगै त्यसबाट फैलिने भाइरसहरुकालागि उपयुक्त बन्ने अनुसन्धानमा उल्लेख छ ।

जर्नल एबिआइओ मेडिसिनमा ग्लोबल हेल्थ प्रोग्रामकालागि प्रकाशित गरेको रिपोर्ट अनुसार वातावण न्यानो हुन थालेपछि डेंगुका भाईरस फैलाउने लामखुट्टेकालागि उपयुक्त थलोको ब्रिद्दि हुँदै जान्छ । यसलाई उनीहरुको स्वास्थ्य क्षेत्रको एक प्रमुख चासोको रुपमा ब्याख्या गरेका छन् । वातावरण न्यानो हुनु र विविध खाले अन्तर्राष्ट्रिय स्तरका ब्यापारिक गतिबिधिमा युरोपेली मुलुकहरुको चासो बढ्दै जानालेपनि डेंगु रोग फैलनसक्ने उनीहरुको रिपोर्टमा उल्लेख छ ।

युरोपका कुन कुन मुलुकमा हाल डेंगु रोगको खतरा छ र अब वातावरणमा तापक्रम बध्दै जाँदा कुन कुन क्षेत्रतिर त्यो खतरा बध्दै जाने छ भन्ने चित्रनै सार्वजनिक गरिएको छ । यसभन्दा अघिल्ला अध्ययनहरुलेपनि उष्ण र समशितोष्ण क्षेत्रमा तापक्रम बढ्ने र त्यो ब्रिद्दिसँगै लामखुट्टेहरुको उपस्थितिपनि बढ्ने संभावना देखाएको थियो । हालको अनुसन्धानले दक्षिणी युरोपेली मुलुकहरुमा डेंगु फैलिनसक्ने औंल्याएको छ । भविष्यमा हुने मौसम बदलिले अब उत्तरी युरोपतिरपनि न्यानो बढ्दै जाने र ति क्षेत्रमा डेंगु फैलिनसक्ने जोखिम रहेको देखाएको छ । एडे मस्किटो (लामखुट्टे, फोटोमा हेर्नुस्) को संख्या ब्रिद्दि हुँदै जाँदा यो शतब्दीको अन्त्यसम्ममा युरोपका सबैतिर डेंगु फैलिने संभावना छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार बितेका २० वर्षमा असाध्यै छिटो फैलिन सक्ने भाईरल हो डेंगुले निकाल्ने भाईरस । करिब एक सय देशमा यो फैलिसकेको र खासगरि दक्षिणपूर्वी एशिया र दक्षिण अमेरिकाका केहि देशमा यसको प्रभाव सबैभन्दा बढि छ ।

तपाइँको प्रतिक्रिया