बाह्रै महिना हिउँले ढाक्ने ठाउँ किन बन्न थाल्यो हरियाली

उत्तरि ध्रुवको हिउँनै हिउँले ढाकिने ठाउँ । यहाँ बाह्रै महिना बाह्रै काल हिउँले ढाकिन्छ । यो गोलार्धको सबैभन्दा कठिन ठाउँपनि हो मानिसकालागि । यहाँ रुखविरुवा, बनस्पति भन्ने केहि हुँदैनथ्यो । सधैं हिउँले सेताम्मे । तर अहिले यो हिउँनै हिउँको राज्यमा हरियाली छाउन थालेको छ । किन होला ?

बैज्ञानिकहरुले गत ५० वर्षदेखि प्रिथ्वीको तापक्रम बढिरहेको औंल्याएका छन् । त्यहि तापक्रम ब्रिद्दिको असरले गर्दा रुख विरुवा र वनस्पती उम्रिनै नसक्ने ठण्डी ठाउँमा न्यानो बढ्दै गएको छ । त्यहि न्यानोको कारणले गर्दा अन्टार्कटिकामा दुई थरीका वनस्पती, झुसहरु उम्रिन थालेका हुन् ।

पहिले यस्तो वनस्पती वर्षको एक मिलिमिटरका दरले बढेकोमा हाल वार्षिक तिन मिलिमिटरका दरले बढिरहेको वैज्ञानिकहरुलाई उद्रित गर्दै अमेरिकाको प्रसिद्द अखबार  वासिङटन पोस्टले जनाएको छ ।

मान्छेहरुले सोच्लान कि अन्टार्कटिका एक्दमै हिउँनै हिउँको स्थल हो । तर हाम्रो अध्ययनले के देखाउँछ भने यसको केहि भागमा हरियाली छ र अझै हरियो हुँदै जाने स्थिति छ’  अनुसन्धान टोलीका प्रमुख बेलायतको एक्जेटर विश्वविध्यालयका माथ्यु आमेसबरि भन्छन् ‘एकदमै दूर्गमका जिवपरिब्रित्तिय प्रणाली, मानव क्रियाकलापले छुँदै नछोएको भनेर मानिसहरुले सोचेका क्षेत्रमापनि मानिय प्रभावका कारण असर परिरहेको छ ।’

 

अन्टार्कटिकाको एक प्रतिशतभन्दा कम क्षेत्रमा अहिले यस्ता हरिया झुस्यानहरु उम्रेर हरियो बनेको छ । तर पेनिन्सुला क्षेत्रमा भने हिउँले ढाकिएकै ठाउँमापनि गर्मी याममा हरिया वनस्पति उम्रिन थालेका छन् । जमिनमा उम्रिएका ति वनस्पति जमिनमा अलिकति मात्रै टाँस्सिएर (लेपन अज्स्तो) भएर उम्रिन्छन् । ठण्डि याममा ति कठ्याङ्रिएर बस्छन् । त्यहि चिसोको कारण ति संरक्षित भएर बस्छन् । त्यसपछि न्यानो हुन थालेपछि समयकालमा ति बढ्दै, हुर्कँदै जान्छन् ।

अन्टार्कटिकाको उत्तरी भागको चार सय माइल क्षेत्रको माटो गत १५० वर्षदेखि नाटकिय रुपमा बदलिभैरहेको छ । अन्टार्कटिकाको पेनेन्सुला क्षेत्रमा तापक्रम तिब्ररुपले बढिरहेको छ । वर्षमा शुन्य दशमलवभन्दा तल झर्ने दिनहरु ब्रिद्दि भैरहेका छन् । जसले गर्दा यस्ता वनस्पतिहरु उम्रने क्रम बढिरहेको हो ।

(फोटो- द वासिङटन टाईम्स)

तपाइँको प्रतिक्रिया