स्विस वालवालिकाबिच नेपालबारे छलफल

IMG_0047

आज स्विजरल्याण्डको भो क्यान्टोनको एत्वा भन्ने ठाउँमा रहेको जेम्स इन्टरनेशल स्कूलमा नेपाल, नेपाली वालवालिका, नेपालको माओवादी जनयुद्दबारे पाहुना बक्ता (गेस्ट स्पिकर) का रुपमा दुई घण्टा सुनाएर आएँ । मोहन मैनाली दाईको पुनेको पाईन्ट भन्ने डकुमेन्ट्रि देखाएँ । भब्य, एकदमै विशाल र् सम्पन्न रैछ स्कूल । विश्वभरिबाट टाठा, तगडा र एकदमै प्रतिस्पर्धी बाउ आमा जो स्विजरल्याण्डका प्रसिद्द अन्तर्राष्ट्रिय संस्थामा जागिरे हुन्छन् तिनका वालवालिका अध्ययन गर्ने स्कूल रहेछ । पुनेको पाईन्ट डकुमेन्ट्रि हेरेपछि खाको मूल पात्र पुनेको दुल्को परेको पाइन्ट भएकाले अर्को किन्न नसकेर स्कूल जान छोडेको भन्ने देखेपछि एकदमै भाबुक भए वालवालिका । मैले दुई घण्टामा बाँकि नेपालका वालवालिका, अपांगता भएका गजेन्द्र र आन्त्वानको अन्नपूर्ण यात्रा, नेपालका वालवालिका भन्ने रिपोर्टलाई पावरपोईन्टमा देखाएँ । मेरो प्रस्तुति मन पराएरै होला, स्कूलले अब अन्य विषयमापनि प्रस्तुति गर्नुपर्छ भनेर प्रस्ताव गर्‍यो । बाँकि कुरा र तस्विर नेपालप्लसमा अनुभवका रुपमा भोली ।

तपाइँको प्रतिक्रिया