विमानको झ्यालबाट युरोपका सुन्दर हिमाल

IMG_0040

ईटालीको रोम शहरबाट बिहानै इजि जेटको बिमान उड्यो । रोम शहर समुद्रबाट धेरै टाढा छैन । विमान उड्नासाथ समुद्रको किनारमै पुगिहाल्दो रहेछ । विमानबाट बल्ल देख्न सकिन्छ, रोम शहर कति सुन्दर छ । कति ब्यवस्थित छ यो शहर भन्नेपनि विमानको झ्यालबाट प्रस्ट देखिन्छ । युरोपका आल्प्स क्षेत्रका हिमालहरु हेर्ने गज्जबको माध्यमपनि विमान रहेछ । ईटालीका हिमाली क्षेत्र विमानबाट सर्लक्कै देखिन्छ । विमानले रोमको आकाश छोड्दै जाँदा हिमाली क्षेत्रको आकाशतिर घुस्छ । विस्तारै युरोपकै सबैभन्दा अग्लो हिमाल मो ब्लँको आकाशमाथि उड्छ । मो ब्लँ देखिनु अघिनै विमान चालले यात्रुहरुलाई खबर गर्छन् ‘अबको पाँच मिनेट पछि तपाईहरुको दाहिनेतिर मो ब्लँ हिमाल देख्न सकिन्छ । केहि बेर त यहि आल्प्स क्षेत्रका हिमालहरु मात्रै देखिन्छन् । जतापनि हिमालै हिमाल । चुचुरै चुचुरा । हिउँनै हिउँको सेताम्मे पर्वत ।

IMG_0003

IMG_0011

IMG_0013

IMG_0016

विमानबाट समुद्रि किनारका वस्ति र समुद्रि टापूहरुको मनमोहक द्रिष्यहरुपनि देखिन्छन् । किनभने युरोपको एक शहरबाट अर्को शहरमा उड्ने छोटो दूरीका साना विमानहरु धेरै उचाईमा उड्दैनन् । त्यसैले तिनको झ्यालबाट जमिनका द्रिष्यहरु आनन्दले हेर्न सकिन्छ ।

IMG_0026

IMG_0029

IMG_0030

IMG_0032

IMG_0035

IMG_0047

त्यस दिन झलल घाम लागेको थियो । विमान तोकिएकै समयमा उड्यो । युरोपमा विमानको पार्किङ भाडा ज्यादै महँगो पर्छ । त्यसैले विमानहरु सकेसम्म ठिक समयमा उड्छन् । अर्को पक्ष, यात्रुहरुको सेवामा अति ध्यान दिन्छन् । विमान कंपनीहरुले बोले अनुसारको सेवा नदिए यस्ता कंपनीहरु ग्राहकको मनबाट बदनाम बन्न बेर लाग्दैन । आजकाल युरोपमा सस्तो भाडामा उडाउने कंपनीहरुबिच तिब्र प्रतिस्पर्धा चलेको छ । तिनले सस्तो भाडामा उत्क्रिष्ठ सेउबिधाकोप्रतिस्पर्धा गरिरहेका छन् । कतिपय शहरमा जान १२ घण्टा लाग्ने बसको टिकट भन्दा विमानको टिकट सस्तो पर्छ । इजि जेट यस्तै सस्तो भाडामा राम्रो सेवा दिने विमान कंपनी हो ।

तपाइँको प्रतिक्रिया