के कस्ता हस्थीहरू अाउँदै नेपालएक्स्पो, कोपनहेगनमा?

hIVUjLu

नेपाली अतुलनीय वस्तुहरूको उत्तरी युरोपको बजारमा सम्भाव्यता अध्ययन पश्चात अायोजित नेपालएक्स्पो एउटा विशिष्ट महोत्सव हाे । अध्ययनको निश्कर्षले देखाए अनुसारकाे मार्केटिंगको 4P मध्येको ‘प्लेस’ अर्थात स्थान पनि निकै महत्वपूर्ण हुन्छ । प्लेस चयन गर्ने क्रममा कोपनहेगन चयन गर्नुको प्रमुख उद्देश्य निकै घतलाग्दो छ ।

गत डिसेम्बर महिनामा BDO व्दारा अायाेजित सेमिनारमा पंक्तिकारले पनि सहभागी हुने अवशर पाएको थिएँ । उक्त सेमिनारमा देखाइएको तथ्यांक र ग्राफ अनुसार डेनमार्कमा अमेरिका र पूर्वी  युरोपका देसहरूबाट मल्टिनेश्नल कम्पनीको स्थानान्तरण हुने क्रम सबैभन्दा बढि देखाइएको थियो  । गएको तीनवर्षको तथ्यांकले डेनमार्ककाे अर्थतन्त्र स्वीडेन, नर्वे र फिनल्याण्डको भन्दा पनि दरो भएकोले यतिबेला कोपनहेगनमा बासबस्ने होटेल देखि घरभाडाको दरदिनानुदिन अाकाशिदै छ ।

उक्त सेमिनारमा स्वीडेन, नर्वे र फिनल्याण्डबाट समेत कम्पनीका मुख्य कार्यालयहरू डेनमार्क सर्नेक्रम अझै केहि वर्ष जारी रहने बताइएको थियो । यसका अतिरिक्त डेनमार्क सरकारले विदेसी लगानीकर्ताहरूलार्इ अाकर्षित गर्नका लागि न्यूनतम लगानीको सिमा पनि स्वाटै घटाएकाे छ ।

स्थीर अर्थतन्त्र भएकोले नै विगतका युराेपका मन्दिहरूकाे कुनै असर नपरेका, युरो जोनभन्दा बाहिरका यी चार देसहरू उत्कृष्ट अर्थतन्त्रमा परेका देसहरू हुन् ।

त्यसैले नेपालहाउसले काेपनहेगनलार्इ नेपालका उत्कृष्ट वस्तु तथा सेवाहरूकाे वितरण जंकशनकाे रूपमा विकसित गर्ने याेजनास्वरूप पहिलो मेघा इभेन्ट नेपालएक्स्पो गर्न लागेकाे हाे ।

नेपाल अाफैमा एक पृथक पहिचान भएकाे देस हाे । जहाँकाे जलवायू, साधन श्राेत र पर्यटन विश्वमै अतुलनीय छ । यस्ताे अतुलनीय प्राकृतिक श्राेतका अतिरिक्त, नेपाल विविध सँस्कृतीले सम्पन्न देस, वुद्ध र सीता जस्ता युगान्तकारी महापुरूषहरूकाे जन्मस्थल, विश्वका उच्च्तम ८ वटा शिखरहरूकाे श्रृंखला भएकाे देस । त्यहाँकाे राेमाञ्चक यात्राकाे तुलना विश्वका अन्य देससंग कसरी हुन सक्छ ? तर हामी यहाँ बस्ने नेपालीकाे बिडाम्बना, कतिले नेपाल भन्ने पनि देस छ र भन्थे र भन्नेहरू कति होलान् अझै । यद्यपी कतिले नेपाल भारतमा पर्छ भन्ने ठान्छन् । कतिलार्इ नेपाल कहाँ छ पनि थाह छैन । मात्र नाम सुनेकाे रे?

हामी यहाँ जिविकाेपार्जनका लागि अाएका हाेइनाैं, देसकाे विकराल परिस्थितीले देसमा बसेर गर्ने वातावरण नहुँदा चलेकाे काराेबार र कलकारखाना भूसकाे भाउमा बेच्न वाध्य पारिए तापनि हृदयमा अदम्य साहस र मनमा चट्टान जस्तो अठोट लिएर अाएका हाैं । अार्जेको सकियो त के भाे, विवेक र अनुभव त मासिएकाे थिएन । त्यै लिएर नेपाल छोडियो । यस्तै सोच र दक्षता भएका सामान्य नेपाली नागरिक र नेपाललार्इ असाध्यै माया गर्ने केहि डेनिस नागरिकहरूको पहलमा अपेक्षित नेपालएक्स्पो अागामी जुन १६ देखि १९ सम्म काेपनहेगनमा हुँदैछ ।

नेपालएक्स्पोमा यस वर्ष संसारकै उत्कृष्ट र चर्चित हीमयात्राका लागि पोशाक बनाउने कम्पनी एभरेष्ट हार्ड वेयरका मालिक सोनाम शेर्पा अाउँदै हुनुहुन्छ, त्यो पनि यो समरकाे समयमा हेर्न पनि मन नलाग्ने बाक्लाबाक्ला ज्याकेट, जुत्ता र सिलपिंग ब्यागहरूकाे स्टल राख्न । वहाँले सामानमात्रै ल्याउने हो र? वहाँ त यस्तो मेलाकाे पारखी, तर यस अघी विश्वका सबै स्थानमा सहभागी भए तापनि उत्तरी यूरोपमा कमै सहभागी भएका युवा उद्यमी । त्याे पनि नेपालीले मात्र नेपालका अतुलनीय वस्तुहरूकाे बजार विस्तार गर्ने मेलामा हातेमालाे गर्न सहप्रायोजककाे भूमिकाका साथ अाउँदैहुनुहुन्छ ।

काठ्माण्डाैं गेष्ट हाउस, ठमेलकाे संस्थापक भन्दा हुन्छ । नेपालकै अाधुनिक पर्यटनकाे ढाेका खाेल्ने उपकरण भन्दा हुन्छ । त्यस्तो ख्यातीप्राप्त कम्पनी, प्रख्यात पर्यटन व्यवसायी, लेखक र समाजसेवी कर्ण शाक्यका सुपुत्र तथा हाल केजियच हाेटल ग्रुपका  सिइयाे राजन शाक्य पनि हाेटलमा गेष्ट नपाएकाेले गेष्ट पाइहाल्छ कि भन्ने अांकाक्षामा अाउन लागेका हाेर्इनन् ।15109435_948112688626254_8505816551488534371_nत्याे पनि मध्ये समर सिजनमा उनकाे व्यवसाय त्यसै पनि भ्याइनभ्याइ छ र पनि सहभागी हुँदैहुनुहुन्छ । काठ्माण्डाै गेष्ट हाउसले पनि यस्तै केहि देखेर नेपालएक्स्पोको नेपाल स्थित सम्पर्क कार्यालय प्रायोजन गरी अझ निजी खर्चमा बिजनेस सेमिनारकाे प्रस्तोताकाे रूपमा स्वयं अाउँदै हुनुहुन्छ श्री शाक्य, अाखिर किन?

एनअारएनका वर्तमान काेषाध्यक्ष, हिक्मत थापा जसलार्इ न चर्चाकाे खाँचाे छ न जबकाे । विश्वकै धनी व्यापारिक समूह मध्येकाे एक डाँगाेटे ग्रुपका ग्रुप जनरल म्यानेजर, निजी खर्चमा बिजनेस सेमिनारकाे प्रस्ताेताकाे रूपमा किन अाउँदैछन् ? उनी नेपालमा डाँगेटे ग्रुपकाे एकल लगानीमा विशाल सिमेण्ट कारखाना स्थापना गराउने काममा यति व्यस्त छन् कि वर्षमा अाठदस पटक त नेपाल पुगिरहेका हुन्छन् । नाइजेरियामा उनले ९ वटा कम्पनीकाे जिम्मेवारी पनि सम्हाल्नु पर्छ । त्यसैमा डाँगेटेले अर्जेटिनामा पनि राइसमिलहरू स्थापनाकाे थालनी गरेर, उनकाे समय कति खर्चिन चाहेकाे हाेला? यद्यपी उक्त ग्रुपकाे अनुमती लिएर केहि रातका लागि मात्रै भए पनि देसको प्रबर्धन हुने अात्मविश्वासका साथ निजी खर्चमा बिजनेस सेमिनारका प्रस्ताेताकाे रूपमा अाउँदैछन्, श्री थापा ।1934798_10154366386829989_7936016658315067948_n

हाइ हिमालयन गारमेन्टस, नेपालकाे सबैभन्दा पुरानाे मध्येकाे पस्मिना उत्पादक कम्पनीका प्रबन्धक नेत्र गिरीजी त्यस्तै उत्साह बाेकेर यो गर्मीमा पस्मिना र ढाकाका पोशाकहरूकाे फेशन सो गराउन अाउँदै हुनुहुन्छ ।

हस्तकालकाे क्षेत्रमा पाटन अाैद्योगिक क्षेत्रभित्र ढलाैटका मूर्ति बनाउने पचास वर्षभन्दा पुरानाे उद्याेगका मालिक राम शाक्य सहित हस्तकलाका पुराना, दिग्गज समूह र हस्तकला महासंघका सहभागीहरू कम्ति उत्साह र उमंगका साथ अाइरहेका छैनन् ।

नेपालएक्स्पोको छाेटाे अवधीमा मनग्गे सामान विक्दैन भन्ने कुरा बुझेर पनि नेपाली ३५ कम्पनीहरू काेपनहेगनमा अाउनुको मुख्य कारण नेपालहाउसले बनाएकाे विश्वव्यापी प्रविधी अनुरूपको अनलाइन सिस्टम र अाधुनिक बजारव्यवस्थापन हाे । जसमा प्रायः सबै सहभागीलार्इ विश्वास छ कि उनीहरूकाे व्यवसायका लागि नेपालहाउसले केहि गर्ने मेसो मिलाएको छ ।

महोत्सवकै कुरामा, गत फेब्रुअरी महिनामा भएकाे इटालीकाे विशाल विश्व मेलामा नेपालकाे कुनै पनि झाँकी या सजावट नभएर नेपालका स्टलहरूकाे अांगन खाली देखियो, राजदूतावास र व्यवसायीले किन केहि नगरेका हाेलान भनेर फेसबुकमा तस्वीर सहितको स्टाटस लेख्ने प्रख्यात लेखक, पत्रकार एवं चरा विज्ञ ददि सापकोटाले केहि साझेदारहरू बटुलेर एभरेष्ट क्राफ्ट नामक कम्पनी खोली गत हप्ता सम्पन्न भएकाे इटालीकै मेलामा नवलपरासीकाे माैलाकालिका मन्दिर  र जनजातीका पाेशाक ल्याएर तहल्का पच्चाउनु भयाे । नेपालएक्स्पोका सूचनाहरूकाे सोधीखोजी गरिरहेका ददिजी नै उक्त मन्दिर इटाली देखि काेपनहेगनसम्म ल्याएर स्वयं अाउने कुरा अाफैमा प्रशंसनीय छ ।

चलचित्र र भिडियो ग्राफीमा नाम चलेका ख्याती प्राप्त विदेसी भिडियो समेत निर्देशन गरिरहेका उज्वल केसी बेल्जियम देखि सारा तामझामका साथ नेपालएक्स्पोलार्इ यूटुव, ट्वीटर र फेसबुकबाट लाइभ गर्ने लाइभ ब्रोडकास्टरका रूपमा अाउनका लागि गत महिना नै सर्वे गरेर गैसक्नु भउकाे छ। 16997840_1745137389149360_5081979053070716155_nवहाँको सर्वेको निचोड, इभेन्ट लाइभ गर्ने मात्रै भएर सालिमार ज्वेलरर्सका युराेपका अाधिकारिक विक्रेता रहेका केसी गहनाकाे पर्दशनी गर्ने निर्णयका साथ अाउँदै हुनुहुन्छ ।

यस्ता कैयाैं कुराहरू छन्, जसलार्इ अहिले नै प्रशंसाका हरफहरू बनाएर काेरेकाे अर्थ नलागाेस भनेर यतिकैमा बन्द गर्नु उचित हुन्छ ।

जे हाेस नेपालएक्स्पो अहिलेम्मकै विदेसमा बस्ने नेपालीले नेपालका लागि मात्र गरिन लागेको पूर्ण व्यावसायिक, दीगोपनका लागि सामाजिक उद्यमशीलता अपनाइएको, हरेक वर्ष गरिने गरी अभ्यास गरिदै गरेकाे एक नाैलो पद्दती हो । जसकाे प्रयाेग हुनेक्रम जारी छ । बाँकी कुरा समयले बनाउने छ ।

– पूर्ण बन्धन, काेपनहेगन

तपाइँको प्रतिक्रिया