जुन महिनाभरी नेपालमय हुँदै कोपनहेगन

Logo & Butterflyडेनमार्क र नेपालबिच दौत्य सम्बन्धको स्वर्ण जयन्ती मनाउनका लागि गरिएको ‘मेघा इभेन्ट’हरु नेपालएक्स्पो र नेपालका वस्तु तथा सेवाहरुको पहुँच डेनमार्कमा कारोवार गरिरहेका एशियनमूलका व्यापारीहरुकाबीच समन्वय होस भन्ने हेतुले नेपालहाउसले नै केहि दिनको अन्तरालमा एशियनएक्स्पो  समेत आयोजना गर्दै छ । यसरी जुनको महिनाभरी नै सम्पूर्ण कोपनहेगन र वरपरका शहर नेपालमय हुने अवशर नेपालसंगको सम्बन्ध विस्तारको ५० वर्षले जुटाइदिएको छ ।

नेपाली वस्तु तथा कलाका झलकहरु हेर्न र किन्नका लागि डेनिस क्रेताहरुलाई एक्स्पोसम्म अाकर्षित गर्ने रणनितीस्वरुप, डेनिस सेलेब्रेटी सिंगरहरु वाफण्डेस्टीग मोलरका साथमा प्रख्यात डिजे मास्टर फ्याटम्यान  विशेष प्रस्तुति दिन अाउँदैछन् । तिनै जना डेनिस सेलेब्रटीहरू नेपालका नारायण गोपाल र नातिकाजी सरहका अघिल्लो पुस्ताले खुबै रुचाइएका कलाकारहरु हुन्, जसलाई सुन्न र भेट्न महंगामहंगा सामान र महंगो पर्यटकीय सेवा किन्दा स्थलगतरुपमा निर्णय लिनसक्ने राम्रो क्रयशक्ति भएका ग्राहकवर्गलाई लक्षित गरिएको  छ। २ दिन र ५ दिन गरी हुने कुल सात दिनको मेलामा १५ देखि ३० हजार दर्शक अाउने अनुमान गरिएकाे छ । Final design(front)

मेलामा मात्र आएर मनग्गे व्यापार हुँदैन भन्ने कुरोको हेक्का राखेर, डेनिस र नेपाली व्यापारीकाबीच नियमित व्यावसायिक सम्पर्क स्थापित गराउने हेतुले “लाइक नेभर विफोर” नामक कोअपरेटिभ विजनेस सेमिनारको आयोजन गरिएको  छ। उक्त सेमिनार, एक्स्पो सकिएको भोलीपल्ट ड्यानहोस्टेलको सभाकक्षमा हुने, सेमिनारमा आउने व्यवसायीहरुको मनोबल बढाउन र डेनिस व्यवसायीहरूलार्इ नेपालका बारेमा यथेष्ट जानकारी दिन युरोपकै पहिलो सगरमाथा आरोही महिला तथा प्रख्यात उत्प्रेरक वक्ता लीने गामलगोर्डले विजनेस सेमिनारको अग्रता लिनु हुनेछ ।

नेपाली स्थानिय कलाकारहरुले नेपाली लोकनृत्य, नेपाली आधुनिक नृत्य, नेपाली चलचित्र गीत गायन, नेपाली शास्त्रीय नृत्य, सुदूरपश्चिमेली हुड्के र छलिया, मौन सडक नाटक, लाखे नृत्य इत्यादि प्रस्तुति लगायत सुदूरपश्चिमको थारु समुदायका पहिरन लगायत नेपालका मुख्यमुख्य जनजातीका पोशाक संलग्न इथनिक फेशन सो हुने तय गरिएको छ ।

लोकबाजा संग्रह र तिनको विस्तृत प्रयोग गर्दै, आधुनिक विश्वसंगित समुदायले रुचाउने रिदम र बिट अनुरुप लोकबाजाहरु बजाउने प्रख्यात नेपाली पपगायक दिपक बज्राचार्यको क्रिम अफ रिदमको दुबै महोत्सवमा हरेक दिन विशेष प्रस्तुती रहने छ । उनको ब्याण्ड तीन वर्षकालागि ब्य्राण्ड एम्बासडरका रूपमा नियूक्त गरिएको  छ।

कलाकारले वस्ती बसाल्ने वर्तमान अभियान अनुशरण गर्दै संसारबाट लोप हुने अवस्थाबाट Back sideगुज्रिरहेको राउते समुदायलाई आधुनिक सभ्यतामा ल्याउने अभियान लिएर आउने सुदूरपश्चिमेली कलासँस्कृति अभियन्ता शंकरसिंह बिष्ट, च्यारेटी कलेक्शनका लागि उनले जानेको कलालाई विश्वव्यापीरुपमा श्रोत संकलनको माध्यम बनाउने कामको थालनी नेपालएक्स्पोबाटै गरेर अछामको जेरेकोटमा राउते सिटी बनाउने परियोजनाका साथ आउँदैहुनुहुन्छ। राउटे सिटी नेपालहाउसले व्यवस्थापन गर्ने सामाजिक योजना मध्येको एक नमूना वस्ती हो, जसको नेतृत्व शंकरसिंह बिष्टलाई दिइएको  छ।

नेपालहाउसको सामाजिक शाखा, नेपाली सडक महोत्सव प्रतिष्ठान दुबै मेलाको आयोजक हो भने, नेपालहाउस त्यी मेलाहरुको व्यवस्थापक । नेपालहाउसको कुल आम्दानीबाट छुट्टयाईने निश्चित रकम सामाजिक कोषमार्फत, कैलालीको सिमरानामा बनाइने छोराछोरीको घरमा लगानी गरिने छ । छोराछोरीको घर भनेको डेनिस प्रिस्कूलको बालशिक्षा प्रविधी हो, जो विश्वका अन्य देसहरुको भन्दा एकदमै बेग्लै र नितान्त बालमनोवैज्ञानिक छ । कामकाजी महिलाले पिठ्यू वा काखमा छोराछोरी बोकेर भारी बोकिरहनु नपर्ने गरी गाउलेका बालबालिकालाई छोराछोरीको घरमा हेरचाह गरिने गरी व्यवस्थापनको जिम्मा लिइने छ। त्यसका लागि हरेक वर्ष डेनिस स्वयंसेवक प्रशिक्षकहरु कैलाली पठाएर, गाउलेहरुलाई बालकको कसरी हेरचाह गरिनु पर्छ भन्ने प्राविधिक अभ्यास गराइने छ। केहि वर्षको अन्तरालमा यदि उक्त मोडेल गाउलेले स्वीकारेको खण्डमा नेपाल सरकारको अध्ययन टोलीलाई स्थलगत भ्रमण गराएर त्यस्ता छोराछोरीका घरहरु नेपालका हरेक गाउँगाउँमा स्थापना गराउन पहल गर्ने नेपालहाउसको दीर्घकालिन योजना रहेको छ ।

नेपालहाउस सामाजिक उद्यमसिलताको पद्धति अपनाउँदै विशुद्ध नाफा कमाउने उक्त कम्पनीले नैतिक बजारव्यवस्थापन गरी महोत्सव पश्चात नेपालहाउस नामक थोक तथा खुद्रा र अनलाईन विक्रीका लागि सुपरमार्केट खोल्ने  छ।

एक्स्पोमा सहभागी हुन आउने उत्पादक तथा पर्यटन सेवा विक्रेता कम्पनीहरुका साथ दीर्घकालिन सम्झौता गरि नियमित नेपाली वस्तु तथा सेवाहरु नेपालहाउस अनलाईन सुपर मार्केटका माध्यमबाट स्क्यानडेनिभियन क्षेत्रमा नेपाली अतुलनीय वस्तु तथा सेवाहरुको विक्री सुपथ र सहज बनाउने छ।

नेपालहाउसको परिकल्पना पूर्ण बन्धनले गरेका हुन् । उनी बजार अनुसन्धानकर्ता, लेखक तथा खोजपत्रकार हुन् । लगभग पाँचवर्षको वृहद बजार सर्वेक्षणको परिणाम अनुरुप स्थापना गरिएको नेपालहाउस, नेपालका साना तथा ठूला उत्पादक तथा सेवाप्रदायकको यूरोपेली शाखाको भूमिकामा रहेर काम गर्नेछ । १७ जना  उद्यमशील  नेपाली र डेनिस संस्थापक साझेदार रहेको नेपालहाउस कोअपरेटिभ लिमिटेडले निकट भविष्यमा नेपालहोस्टेलएभरेष्ट सेभिंगक्रेडिट कोअपरेटिभ स्थापना गर्ने  नीति तय गरेको छ।

विगत ४२ वर्षभन्दा बढि नेपाल र डेनमार्कको समन्ध विस्तारमा योगदान दिनुहुने, अवकास प्राप्त दन्त चिकित्सक महिला, स्व. राजा विरेन्द्रबाट गोरखादक्षिण बाहुव्दारा विभूषित डेनिस महिला ब्रिगिट नियल्सेन नेपालहाउसकी संस्थापक अध्यक्ष रहनु भएको र वहाँकै सल्लाह सुझाव अनुसार नेपाल-डेनमार्क दौत्यसम्बन्धको स्वर्ण जयन्ती मनाउनका लागि नेपाललाई माया गर्ने हरेक डेनिसहरुलाई एकथलोमा भेला गर्ने पहल गरिएको छ। अनुसन्धानकर्ता पूर्ण बन्धन संस्थापक सिइयो रहेका छन् भने कम्पनीको फाइनान्स हेडका रूपमा कुमारी बैंकका पूर्व करपोरेट विभाग उपप्रमूख दूरदर्शन चन्द रहेका छन् ।

महोत्सवको प्रचारप्रसारका लागि कोपनहेगन शहरबाट अन्य शहरलाई जोड्ने ७० वटा ए with Busबसहरुको बडीभरी नेपालएक्स्पोको विशाल ब्यानर दुईहप्तासम्म लगाइनुका साथै डेनमार्कको प्रख्यात अंग्रेजी पाक्षिक कोपनहेगन पोष्टले दुइहप्ता पहिले नै नेपालएक्स्पो सप्लिमेन्ट्री प्रकाशित गर्ने, फेसबुक सोसियल मिडिया क्याम्पेन तथा स्थानीय पपएफएम र लरी टिभीका माध्यमबाट नियमित इभेन्टका सूचनाहरु जारी गरिने छ ।

नेपालएक्स्पोको सफलताका लागि डांगोटे ग्रुप नाइजेरियाका महाप्रबन्धक तथा गैरआवाशीय नेपाली संघका कोषाद्यक्ष हिक्मत थापा, काठ्माण्डौं गेष्टहाउसका प्रमुख कार्यकारी अधिकृत राजन शाक्य विजनेस सेमिनारमा वक्ताको रुपमा आउँदै हुनुहुन्छ ।

यूरोपमै पहिलो पटक प्राण प्रतिष्ठा गरेर ल्याइएको मौलाकालिका माईको मन्दिर ईटाली देखि ल्याउनका लागि एभरेष्ट क्राफ्ट, फ्रान्सका ददि सापकोटाले विशेष सहयोग गर्नु भएको छ ।

पानी अभियान सञ्चालक सडक नाटक कर्मी मित्रलाल पार्दी पानी अभियानकै प्रचारप्रसारका लागि १५ मिनेटको मौन सडक नाटक लिएर पोल्याण्डबाट आउँदै हुनुहुन्छ ।

नेपालबाट आउने सहभागीहरुलाई सुपथ मूल्यमा हवाई टिकट उपलब्ध गराउन टर्किस एअर प्रायोजक रहेको छ भने, सुपथ र सहज बसाईका लागि ड्यानहोस्टेलका साथ दीर्घकालिन सहकार्य गरिएको छ।

महोत्सवको अपार सफलताका लागि  डेनमार्कका प्रख्यात पर्यटन व्यवसायी पिया क्याया, नेपालएक्स्पोको इभेन्ट म्यानेजर नियूक्त हुनुभएको छ। उनकै नेतृत्वमा महोत्सवको सफलताको कामना गर्ने ५० जना नेपाली तथा डेनिस शुभचिन्तकहरूले निःशुल्क स्वयम् सेवकीय भूमिका निर्वाह गर्ने कुरा मेला व्यवस्थापन समितीले उल्लेख गरेको छ ।

अत्यन्त सभ्य र व्यवस्थापनका उत्तम उपाय स्टेट अफ अार्ट अपनाएकाे छ, जसले अागन्तुक तथा सहभागी व्यवसायीलार्इ सक्दाे सन्तुष्टि दिने प्रमुख कार्यकारी अधिकृत पूर्ण बन्धनले नेपालप्लससंग कुरा गर्दै जानकारी दिएका हुन् ।

नेपालप्लस परिवार स्वयं पनि उक्त महोत्सवको सफलताको कामना मात्रै गर्दैन, स्वयं महोत्सवमा सहभागी भै हाेस्टेमा हैंसे गर्न काेपनहेगन जाने कुरा तय भैसकेकाे छ ।

तपाइँको प्रतिक्रिया