भूमिगत पार्टीकी नेत्रिलाई चुनौतिको जवाफ

kalpana-magar-belgium jpg

उपराष्ट्रपतीका पुत्र जेनेभा आए । भुइँ न भाँडामा, कुकुरलाई टाँडोमा शिर्षकमा रिपोर्ट छापियो । त्यो नेपालबाटै प्रकाशित हुने जनआस्था साप्ताहिकमा । त्यसैलाई साभार गरेर नेपालप्लस डट कममा राखियो । त्यो रिपोर्ट आए लगत्तै उपराष्ट्रपति पुत्रले माफि मागे । ‘मागे माफि उपराष्ट्रपति पुत्रले’ शिर्षकमा प्रकाशित त्यसलाईपनि नेपालप्लस डटकमले स्थान दियो । एक जना सार्वजनिक ब्यक्तिका बारेमा, सार्वजनिक स्थलमै भेटिएको बेला भएको घटनाबारे लेखिएको रिपोर्टमा यिनै नेकपा माओवादी केन्द्रकि बेल्जियमस्थित पार्टीकि नेत्रि कल्पना मगरले नेकपा माओवादी केन्द्रको भारी बोकेर ‘जनयुद्धको रगतको खाटो माथी दाग लगाउन पाईदैन‘ भन्दै लेख लेखिन । उनलाई चित्त नबुझेको विषय भए उनले जनआस्था साप्ताहिकमै त्यो रिपोर्टका बिरुद्द लेख्न सक्नुपर्थ्यो । तर उनले अर्कै अनलाइनमा चुनौति दिँदै लेख छपाईन्, त्योपनि केजिन राईको सहयोगमा । उनलाई उपराष्ट्रपतिका पुत्रका बारेमा अन्यत्रै छापिएको विषयमा किन लेख लेख्नुपर्‍यो ? स्पष्ठ छ, उनी माओवादी केन्द्रकी पार्टि सदस्यपनि हुन् र उनले यहिँनिर राजनितिक दाउ लिने कुचेष्टा गरिन् ।

लेख्न पाइन्छ, मिल्छ । आलोचना र बहस हुनुपनि पर्छ । तर उनले लेखमा कमल केसी भन्ने एक ब्यक्ति जो स्विजरल्याण्डमा गैह्र कानुनीरुपमा काम गरिरहेका छन्, जो माओवादीकै अर्का भरिया हुन् उनलाईसमेत लामो प्रतिक्रिया लेख्न लगाएर लेखमा राखिन् । कुन राजनितिक चरित्रले दिन्छ यति बिघ्न आक्रामक बन्न ? कुन नैतिकताले दिन्छ यसरि असम्बन्धित विषयमा पार्टीका भरौटेहरु जम्मा पारेर कसैलाई आक्रमणको प्रयास गर्न ? यहाँनिर नेकपा माओवादीकेन्द्र पार्टिगत रुपमै लागेको प्रष्ट छ । उसको आन्तरिक पत्रलेनै त्यो सार्वजनिक गरिदिन्छ । त्यो हस्तलिखित पत्र नेपालप्लससित सुरक्षितपनि छ ।

अझ आपत्तिजनक पक्ष त, उनले चरित्रको प्रसंग उठाएकि छन्, ‘चरित्र अझै नसुध्रिएको’ भन्दै । कल्पना मगरले माओवादीको खोल ओढेर, आफ्नो सांगठनिक पद र हैशियतलाई ख्याल त गरिनन् नै । तर अरुमाथि चरित्रको प्रश्न उठाउँदा आफ्नो चरित्र  भुलिन् । त्यसपछि उनलाई चुनौति दिईयो, उनकोपनि चरित्रको प्रश्न उठाउँदै । पहिलो लेखमा ममाथि चरित्रको प्रसंग उठाएकाले मैले त्यसमा उनको चरित्रको प्रसंग उठाएँ । उनले लामो लेख लेखेकि थिईन् । मैले सामाजिक सन्जालमा सानो टिप्पणी गरें ।

उनले फेरि अर्को लेख लेखिन् । पत्रकार महासंघबाट निलम्बित ददी सापकोटालाई चुनौती भन्दै ।

उनलाई हेक्का रहोस्, आफूलाई चरित्रको प्रश्न उठाउँदा जति पोल्छ अरुमाथि उठाउँदापनि उसलाई उतिनै पोल्नसक्छ ।  म प्रश्न सोध्न चाहन्छु, कल्पना मगरले के आधारमा चरित्रको प्रश्न उठाईन् र नसुध्रेको भन्ने के हो ? उनलाई म यो सिद्द गर्न चुनौति दिन चाहन्छु । कहाँनिर मेरो चरित्र बिग्रिएको छ र म सुद्रिएको छैन ? राजनैतिक ब्यक्ति, सार्वजनिक ब्यक्तिमाथि लेखिएको समाचारलाई बंग्याएर उनले चरित्रको हवाला दिँदै किन लेख छपाईन् ? चरित्रको ब्याख्या के आआफ्ना ढंगले हुन्छ ? महिलाले पुरुषमाथि मन खुशि चरित्रको प्रश्न उठाउँदा पुरुषहरु चुपचाप बस्नुपर्ने महान नेत्रिले यो शिक्षा कहाँबाट सिकेकि हुन् ?

अझ उनले लेखेका दुबै लेख हेर्दा बुझिन्छ, उनले नेपाल पत्रकार महासंघबाट कारवाही भोगेका, निलम्बित भन्ने शब्दहरुको आवरण लगाएकि छन् । शिर्षकनै महासंघबाट निलम्बित भन्ने राखेर सिधा आक्रमणको प्रयास गरेकि छन् । कल्पनालाई मेरो चुनौति छ, कसले कहिले कारवाहि गर्‍यो ? महासंघले कारवाही गरेको हो होइन तिमि बढि जानकार छौ की हामी ? यो देश तिम्रो बाउ बाजेको बिर्ता हो देशका सार्वजनिक स्थानमा पुगेका ब्यक्तिका बारेमा चासो राख्नै नपाइने ? लेख्नै नपाइने ? राजनिति देखि पत्रकार महासंघसम्म तिम्रै बारीको मुला हो तिमीले जहाँपनि हैकम चलाउनुपर्ने ? चित्त नबुझ्दा पार्टीका धुपौरेहरु जम्मा पारेर अरुमाथि आक्रमणको प्रयास गर्ने यो सारा संसार तिम्रो अगेनाको पिँडालु हो जुन आफूखुशि, फ्याँक्न, काट्न, पोल्न पाइन्छ ?

तिमिले के चुनौति दिने ? आफैंले चरित्र नसुध्रिएको भन्दै लेख्ने अनि अरुलाई चुनौति दिने ? तिम्रो चुनौतिलाई पुन चुनौति दिएर भन्छु ‘पहिले बोल्न सिक । सामाजिक मर्यादा गर्न सिक । आर्काको चरित्रकाबारेमा औंलो उठाउनुपूर्व सोच । पार्टीको भारी बोकेर यो संसारमा कसैले कुनै नेता बिरुद्द बोल्नै पाउन्न भन्ने जारशाहि चिन्तन त्याग । त्यसपछि बल्ल उपदेश दिन सिक । बेल्जियमको निति नियम र ऐन बिरुद्द भूमिगत पार्टी खोल्ने, राजनितिक धुपौरेहरु खडा गर्ने र तिनलाई हस्तलिखित पत्र लेख्न लगाएर भूमिगत पार्टीमा निबेदन हाल्न लगाउने । त्यहि पत्रलाई कसैको चरित्रहत्या गर्न दुरुपयोग गर्ने काम तिमी माओवादी केन्द्रकी बेल्जियम पार्टी सदस्यले गरेकि छौ । जनप्रगतिशिल मन्चको उपाध्यक्ष भन्ने पद त त्यो देखाउने दाह्रा मात्रै हो । माओवादी केन्द्रको पार्टिमा हाल्न लगाएको पत्रलेनै त्यो सिद्द गरिदिन्छ । जे होस यसका बारेमा फेरि लेखौंला, तिम्रो पार्टिको त्यो पत्र सार्वजनिक गर्दै ।

चरित्रका बारेमा परिवारका सदस्यले शिर झुकाएहोलान् भन्ने जुन शब्द छ । जायज छ । जसले आफू बसेको देशकै कानुनलाई धोति लगाउँछ । जसले सार्वजनिक ब्यक्तिको क्रियाकलापमाथि टिप्पणी गर्न खोज्दा तानाशाही शैली अपनाएर बन्देज गर्न खोज्छ, जसले भूमिगत पार्टी खोलेर धम्क्याउँदै हिँड्छ र अझ अरुमाथि चरित्र नसुध्रिएको भन्ने आरोप लगाउने दुस्शाहस गर्छ उसको शिर झुक्ने होइन माटोमुनिनै गाडिएको हुनुपर्छ । जस्तो आफू त्यस्तै च्यापु भन्ने उखान यहि लागू हुन्छ ।

बिचारले त को रित्तिएको छ तिम्रै हैकमबादी सोच, गैह्र कानुनी संलग्नता, तिम्रो भाषा र अरुमाथि लगाउने चरित्रले सिद्द गर्दैन र ? सामान्ति सोच त तिम्रै दिमाखमा रहेछ । आफ्नाबारेमा कुरै छोडौं, देशको उपराष्ट्रपति जस्तो सार्वजनिक पदमा बसेको ब्यक्तिको छोरो जो स्वयं पार्टीको नेतापनि हो उसका बारेमा टिकाटिप्पणी गर्दा तानाशाही शैलीमा बन्देज गर्न खोज्ने तिमि कति प्रजातान्त्रिक ? संवन्धित ब्यक्तिलेनै माफि मागिसकेपछिपनि असम्बन्धित ब्यक्तिमाथि आक्रमणको प्रयास गर्ने तिमी कति प्राजातान्त्रिक् अाहा ! माओवादीले सिकाएको प्रजातान्त्रिक शैली यहि हो ? बरु, लाग्दैन यो जारशाही शैली हो अहिलेको परिवेशमा भनेर ? लाज लाग्दैन बेल्जियम जस्तो प्रातान्त्रिक देशमा बसेर कसैको आलोचना गर्नै नपाउने हुकुमी शैली अपनाउँदा ? माओवादी केन्द्रले यस्तै हुकुमी शैलीका कार्यकर्ता निर्माण गरेर धम्की दिनैका लागि निर्माण गरेको हो युरोपमा भूमिगत पार्टी ?

कल्पना, तिमि माओवादी केन्द्रको पार्टी सदस्य । अनि जनप्रगतिशिल मन्चकी उपाध्यक्ष । तिम्रा कोहि नेता आउँदा मैले कहिँ कतै भेट्ने चाहनापनि गरेको छैन । बरु तिम्रै केहि नेता आउँदा मलाई भेट्ने चाहना जाहेर गरेका हुन् । बिचार र नितिमा खोक्रो भएका । सहनशिलता र मर्यादामा ह्रास लागेका । हजारौंको बलिदानीको रगतमा पौडी मारेर बिदेश चहार्दै हिँड्ने र त्यसैमा गौरव गर्ने, अफ्ना पार्टीका धुपौरे बाहेक अन्य नेपालीलाई मान्छेनै नगन्ने, अनादार गर्ने, अर्काको उपस्थिति र अस्तित्वलाई तानाशानी शैलीमा दबाउने कुचेष्टा गर्ने तिनलाई भेट्न के खाँचो ? जिल्लास्तरकी नेत्रि को त हालत यस्तो छ केका लागि तिम्रा नेता भेट्न इच्क्षा गर्नु ? तिम्रा नेताको भारि बोकेर हिँड्न तयार, जे भनेपनि शिरोपर्य गर्ने, नेताका हरेक बोलीलाई मन्त्रका रुपमा लिने भरियाहरुको तिम्रै पार्टीमा हानथाप छ हामीलाई केको चासो ?

तिमि कति क्रान्तिकारि, कति परिपक्क नेत्रि भन्ने त तिम्रो स्तरलेनै देखाउँछ । आफ्नै प्रशंसा गरेर लेख्नुपर्छ र ? त्यसका सबै जसहरु आफ्नै दादागिरि शैलीको दिमाखि सन्दुसमा थन्काउ । तर आफू केहि हुँ भनेर ईतिहास उल्लेख गर्न खोज्दा अरुपनि केहि हुन सक्छ । सबै ब्यक्ति आआफ्ना स्थान, भूमिका, सिप र पेशामा केहि गरेरै आएका हुन सक्छन् भन्ने चाहिँ तिमीलाई कसले सिकाइदिने ? आफूमाथि चरित्रको प्रसंग उठाउँदा भत्भति पोल्छ भने अरुलाईपनि पोल्छ भन्ने हेक्का राख्नु भनेर कसले भनिदिने ?

महिलाको जासुसी गर्ने कम्पनीमा मैले जागिर गर्ने ? बरु कति पुरुषको जागिरे बन्यौ तिमि त्यो भन । किनकि चरित्र नसुध्रिएको भन्दै शुरुमै प्रश्न गर्ने तिमी कि म ? कि माओवादी केन्द्रले बेल्जियमको पार्टी सदस्य त्यहि पुरुष गुप्तचरी गर्न खटाएको छ । पार्टीपनि भूमिगत राखिएको छ । त्यसैकालागि त होइन ? चरित्र केमा बिग्रियो मेरो ? के सुध्रिएन ? त्यसको जवाफ दिनु कल्पना अनि मपनि जवाफ दिने छु । जवाफ सबै कागजपत्र लिएर प्रहरी, अदालत कहाँ दिने ? त्यसकालागि तयार छु ।

तिमीले दिएको मिति, साइबर कानुन, अड्डा अदालत र के के छन् त्यसको धमाश नदिनु । त्यस्ता धमास दिने शैली माओवादी केन्द्रका हतियार हुन् । चरित्रको परिभाषा ति निकायले कसरि गर्छन् त्यो हेरौंला । साइबर कानुन एक जनामाथि मात्रै लाग्छ कि, पुरुषलाईमात्रै लाग्छ की त्योपनि बुझौंला । नेपालमा त तिम्रै पार्टीको सरकार छ । त्यसैले माओवादीकै चाहना अनुसार ब्याख्या गर्लान् । तर बेल्जियममा ? साईबर कानुनमा त एक पक्षिय पक्कै नहोला । यो सारा विश्वभरि तिम्रै हैकम चल्ने भए त तिम्रो ब्याख्या अनुसार निर्णय गर्लान् । होइन भने चरित्रको परिभाषा महिला र पुरुष सबैकालागि समान तरिकाले हुन्छ भने तिम्रो त्यो मिति र धमाशले केहि फरक पर्दैन । त्यस्ता धमाश, धम्की,दादागिरि मेरोलागि सामान्य हुन् । आफैंसित राखेर मलजल गर । किनकि ति अरुलाई धम्काउन फेरि काम लाग्लान्, माओवादी नेता, सार्वजनिक ब्यक्तिकाबारेमा कसैले केहि प्रश्न उठायो भने ।

तपाइँको प्रतिक्रिया