नायिका श्रीषा कार्कीको आत्महत्यासँगै अपुरो फिल्मको गित १५ वर्षपछि ‘रिलिज’

17521810_1759498071046625_454564083_o

चर्चित गायक, न्रित्यकार र अभिनेताहरुको भूमिकामा बनेको नेपाली कथानक चलचित्र ‘यातना’ को गित १५ वर्षपछि फेरि ‘रिलिज’ भएको छ । यो चलचित्रको क्लाइमेक्सको केहि दृश्य छायांकन गर्न बाँकि रहेको अवस्थामा नायिका श्रीषा कार्कीले आत्महत्या गरेकि थिईन् । त्यसपछि  छयांकननै गर्न बाँकिरहेकाले थन्किएको थियो ।

संयोगवस यस चलचित्रका अर्का कलाकार इना हमाललेपनि आत्महत्या गरेकि थिईन् ।  अझ नमिठो पाटो त यस फिल्मका चरित्र अभिनेत्री शान्ति मास्के,गायक कुमार कान्छा,सम्पादक बिरेन्द्र कार्की र छायाँकार राजु मानन्धरको केहि समय अघि निधन भैसकेकोछ ।

१५ वर्षपछि रिलिज भएको यो चलचित्रको निर्देशन उज्ज्वल के.सी.ले गरेका हुन् । हाल उनी बेल्जियममा बस्छन् । यस फिल्ममा उनी कलाकारको भूमिकामापनि छन् ।

अन्य कलाकारहरुमा श्रीषा कार्की,  बिनोद खरेल, बिना बुढाथोकी, शान्ति मास्के, दिपक क्षेत्री, मोहन मिश्र, अरुण रेग्मी, जुहार पाण्डे, शहदेव बानियाँ, इना हमाल, प्रकाश राज मानन्धर, बसन्त तिमल्सिना आदि छन् । छायांकन मोहन शाह, सिद्धार्थ शाक्य, राजु मानन्धर, प्रकाश श्रेष्ठले गरेका हुन् ।

द्वन्दमा रोशन श्रेष्ठ,  र उदय सिंह बोहरा छन् भने न्ह्यू बज्राचार्य र मिलन मोक्तानको संगीत रहेको छ । त्यस्तै, दिनेश पाख्रिन, प्रदिप रमण सिंहको नृत्य रहेको छ भने बि. बि. थापा र उज्ज्वल के. सी. को गीत छ । कुमार कान्छा, सुमन शेखर मानन्धर  र एन्जिला श्रेष्ठले स्वर भरेको यो फिल्मको सम्पादन भने मन्दील श्रेष्ठले गरेका हुन् ।

छोटो भिडियो हेर्नुस्

तपाइँको प्रतिक्रिया