फेरि जमाना पन्चे बाजाकै

narasinha-b

हाम्रो परम्परागत बाजा हो, पन्चेबाजा । सयौं वर्षदेखि चलिआएको । लोकप्रिय । तर केहि वर्ष अघिसम्म भारतबाट भित्रिएको ‘ब्याण्डबाजा’ भन्नेले स्थान लियो । पन्चेबाजा हराउला जस्तै भैसकेको थियो । विवाह, ब्रतबन्ध, पास्नी, भोज आदिमा बज्ने बाजालाई ब्याण्डबाजाले बिस्थापित गरेको थियो । कतिपयले त भारतबाटै ल्याउँथे त्यो बाजा । महँगो रकम तिरेर । तर अहिले जमाना फेरिएको छ । त्यो ब्याण्डबाजालाई फेरि नेपाली पन्चे बाजाले बिस्थापित जस्तै गरिदिएको छ । अहिले यहि पन्चेबाजा बजाएको सुनिन्छ ।

IMG_0007

हाम्रो परम्परागत बाजा हो यो । मेशिनले बनाउने जमाना नहुँदै गाउँघरकै कलाकार, स्थानिय प्राविधिकले बनाउँथे यो । आफ्नै सिप र अनुभवले । कोइला तताएर ढलोट, चरेस पगाल्ने र गाउँकै आरनमा पगालेर, जमाएर बनाउने । तर पछि भारतीय ब्याण्डबाजा भित्रियो । सबै मेशिनले उत्पादन गरेका सांगितिक औजारसहित । हाम्रो पन्चेबाजा बजाउन छोडेपछि पन्चेबाजा बजाउने कलाकारपनि हराउन थालिसकेका थिए । दश वर्ष अघि त पन्चे बाजा बजाउँछु भन्दापनि गाउँघरमा टोली पाउन मुस्किल परिसकेको थियो ।

IMG_0006

तर अहिलेको अवस्था पुरै बदलिएको छ । अहिले ब्याण्डबाजा अत्यन्तै न्युन भएको छ । फेरि पन्चेबाजानै स्थापित भएको छ । महित्सव, मेला देखि धार्मिक र अन्य सांस्क्रितिक पर्वमा पन्चेबाजकै आकर्षण छ । गाउँ गाउँमा फेरि पन्चे बाजा बजाउने टोलीहरु बनेका छन् । त्यति मात्रै होइन, पन्चेबाजा बजाउने टोली प्रवाशमापनि भेटिन थालेको छ । फिनल्याण्डमा पन्चेबाजा बजाउने टोली छ । अष्ट्रेलिया र बेलायमापनि पन्चेबाजाको नेपाली टोली पाइन्छ ।

तपाइँको प्रतिक्रिया