युरोपमा हरे राम, हरे क्रिष्ण

– ददि सापकोटा (पादोभा, ईटाली)

IMG_0016

निधारमा खरानीको ठाडो टिका लगाएका । लुंगी, कछाड र पतलुङ पहिरिएका । हातमा मादल, हार्मोनियम र झुर्रा बोकेका एक हुल मानिसहरु ईटालीको पादोभा शहरमा राम र क्रिष्णको भजन गाउँदै निस्किए । ति नेपाली नागरिक थिएनन्, ईटालियन थिए । तर तिनको काम राम र क्रिष्णको भजन र किर्तन गाउँदै ईटालीका विभिन्न ब्यापारिक तथा सांस्क्रितिक मेलामा हिन्दू धर्म फैलाउने, राम र क्रिष्णका अनुयायीहरु बनाउने हो । फेस्तिबाल दोरियँते (ओरियन्टल मेला) ईटालीका दश प्रमुख शहरमा लाग्छ । प्रत्येक मेलामा करिब पाँच लाखका दरले वार्षिक ५० लाखले यो मेला हेर्छन् । राम र क्रिष्णका यि अनुयायीहरु हरेकजसो मेलामा पुग्छन् ।

IMG_0018

हरे क्रिष्ण हरे क्रिष्ण

क्रिष्ण क्रिष्ण हरे हरे

हरे राम हरे राम

राम राम हरे हरे

IMG_0015

यो अभियानकर्ता मध्येका एक आन्द्रिय तेरेजी सकेसम्म सबै मेलामा पुग्ने गरेको बताउँछन् । उनको भनाईमा हिन्दू धर्म जत्तिको खुला र ब्यवहारिक अर्को कुनै धर्मनै छैन । यो महत्व बुझेरनै उनीहरुले अभियाननै चलाउने गरेका हुन् । भन्छन् ‘म हिन्दू धर्मको अनुयायी हुँ । त्यसमापनि राम र क्रिष्णको पूजक हुँ । हिन्दू धर्मका धार्मिक ग्रन्थहरु बिज्ञान हुन् । बेद र पुराणको बैज्ञानिक महत्व मात्रै बुझिदिने हो भनेपनि जिवन जिउन सहज हुन्छ । संसार बुझ्न सकिन्छ । हामी यसको महत्व सबैले बुझ्नुपर्छ भनेर अभियानमा लागेका छौं ।’

IMG_0274

मेलास्थलका हरेक कक्षमा उनीहरु भजन किर्तन गर्दै हिँड्छन् । मेलाका दर्शकहरुलाई यसको महत्वका बारेमा बताउँछन् । धार्मिक गित गाएर सहभागिहरुलाई न्रित्य गर्न हौस्याउँछन् । उनीहरुको यो अभियानमा केहि ईटालियन महिलाहरुपनि सहभागि छन् ।

IMG_0275

हरेक साँझ मेलामै सामूहिक भजनकिर्तन हुन्छ । अभियानकर्ताहरुले मेला आयोजककै अनुमतिमा मन्चमा बसेर भर्जन किर्तन लगाउँछन् । हिन्दू धर्मको महत्व र राम र क्रिष्णको भूमिकाका बारेमा हरेक साँझ गुरु, माताहरुले प्रवचन दिन्छन् । तेरेजीको भनाईमा ति सबै वर्षौं वर्षदेखि हिन्दू धर्मका विविध पक्षमा खारिएका हुन्छन् ।

IMG_0276

‘हिन्दू धर्मका वास्तबिक अनुयायीले पालन गर्नुपर्ने पक्षहरु हामी पालना गर्छौं । हाम्रा गुरु, पण्डित र माताहरुले नेपाल र भारतका प्रमुख धार्मिकस्थलमा ज्ञान लिएका हुन्छन् । वर्षौं वर्षदेखि यसैमा साधना गरेका हुन्छन् । हामी पण्डित बन्न चाहने, अध्ययन अनुसन्धान गर्न रुचाउनेहरुलाई सबै जानकारि र सकेसम्म सहयोग गर्छौं’ तेरेजी भन्छन् ।

krishna

नेपाल चेम्बर अफ कमर्शको ईटालीका प्रतिनिधी भरत लामा तामाङका अनुसार मिलान शहरमा यि राम र क्रिष्णका अनुयायीहरुको समूदायनै छ । यिनले हिन्दू धर्मको आचरण सिकाउने विविध कार्यक्रमहरु गरिरहन्छन् । ‘मिलानमा यिनीहरुको उपस्थिति बाक्लै देखिन्छ । कहिलेकाहिँ सडकमै बसेर पर्चाहरु बाँडेकोसमेत देखिन्छ । यसमा लागेकाहरुले अरुलाई सहयोगपनि अति गर्छन् । मुस्कुराउँदै जवाफ दिने र सबैप्रति सहयोगी यिनको बानीले धेरैलाई आकर्षित गर्छ’ लामा भन्छन् ।

IMG_0097
अन्तर्राष्ट्रिय ब्यापारिक मेलामा यि अभियानकर्ताहरुको आफ्नै पशलसमेत हुन्छ । आफू र आफ्नो समूदायलाई आवश्यक सामाग्रि आफ्नै पसलबाट खरिद गर्छन् । हरे राम, हरे क्रिष्ण लेखेका गलबन्दिदेखि कछाड, टिको, चिया, मादभागवत, गिता, बेद, पुराण लगायतका धार्मिक पुस्तक सबै आफ्नै पसलबाट बिक्रि गर्छन् । धार्मिक भ्रमणमा जानेहरुलाई नेपाल र भारतमा सम्पर्क गराइदिने, गुरुहरु भेटाइदिने, बस्ने र खाने ठाउँको सहज प्रबन्ध गरिदिनेसमेत गर्छन् । आफ्नो पसल सबैले चिनुन् भनेर हरे राम हरे क्रिष्ण लेखेको ठूलो तिल झुण्ड्याएका हुन्छन् ।

त्यसो त हिन्दू धर्मका अभियान्ताहरुको यो समूहमा समाहित हुन उति सहज भने छैन । किनभने यसमा लाग्नेहरुले मेलामा सहभागि भएपनि ढाँटेर ब्यापार गर्न पाइन्न । ब्यापारिक फाईदा होइन धार्मिक र आध्यात्मिक लाभकालागि सामूहिकरुपमा सोच्नुपर्छ । धार्मिक मान्यता र आचरणहरु पालना गर्नुपर्छ । मिलान निवाशी एभरेस्ट क्राफ्टका मार्केटिङ डाईरेक्टर शिव रिजाल यिनको समूहमा सक्रिय रहन नेपालीहरुको लागि सहज नभएको बताउँछन् । भन्छन् ‘हिन्दू धर्मका अनुयायि रैछन् हामीपनि लागौं न त भनेर के गर्नु ? यिनले धार्मिक निति अनुसारको सबै आचरण र नियम पालना गर्छन् । हामीहरु त्यसमा टिक्नै सकिन्न । यिनको अभियानले हिन्दू धर्मकालागि मात्रै नभएर नेपालको प्रवर्धनपनि भएको छ ।’

(आज आइतवार, कान्तिपुरको नेपाल साप्ताहिकमा)

http://epaper.ekantipur.com/nepal/2017-03-19/46

तपाइँको प्रतिक्रिया