‘जेनेभा मोटर शो’ मा नयाँ मोडेलका हेलिकप्टर जस्ता गाडी

IMG_0088

हिजो स्विजरल्याण्डको जेनेभा शहरमा ‘मोटर शो’ हेर्ने मौका मिल्यो । सन् २०१७ मा अक्स्ता कस्ता मोडेलका नयाँ मोटर निस्किए त्यो हेर्न पा इयो । जेनेभा निवासी श्याम सापकोटाले प्रवेश टिकटको ब्यवस्था गरेर यो मेसो मिलाएका थिए । ओहोहोहोहोहो गाडीपनि कस्ता हुन् । गाडीको दायाँबायाँका ढोका सबै हेलिकोप्टरका पखेंटा अज्स्तो माथितिर देखिने । चार वटै ढोका चराको पखेंटा झैं आकाशतिर ठडिने । साईड लाईटहरु नदेखिने । महँगा न महँगा । तर अति आत्याधुनिक सुविधायुक्त हजारौं मोटरहरु निस्किएका रहेछन् ।

IMG_0001

IMG_0004

IMG_0009

IMG_0011

लाम्बुर्गिनी, स्कोदा, पोर्से, फेरारी, माजेराती, डिस्कोभरी, बिएम डब्लु, प्राडो, पजेरो आदि नाम सुनेका महँगा गाडी कम्पनीले अनेक खाले मोडेलका गाडी निकालेका । नाम नसुनेका सयौं गाडी कम्पनीहरुले महँगा र अत्याधुनिक गाडी राखेका, प्रदर्शनीमा । भारतीय टाटा कम्पनीसमेत रेसिङ कार निकालेर छक्क पारेको ।

IMG_0039

गाडीको इन्जिन कसरि चल्छ भन्ने प्रत्यक्ष देख्नपनि पाइने ब्यवस्था ।

IMG_0018

IMG_0020

IMG_0034

IMG_0037

पछाडी, अगाडी र छेउ छेउका बत्तिपनि नदेखिने गाडी निस्किएछन् । साना चिप्स जस्ता देखिने र त्यहिँबाट प्रकाश दिने मोडेल निकालिएको । कुनै गाडीमा त साईड लाईटनै नभएको । साना धर्सा जस्ता चिप्स राखेका त्यसैमा बत्ति बल्ने । केहि गाडीमा साईडका ऐनाको सानो क्यामरा जडित सानो । त्यसैले चालकबस्ने छेउको स्क्रिनमा देखाउने र गाडीभित्रैबाट हेर्न सकिने सडकमा गाडीहरुको आवागमन ।

IMG_0051

IMG_0052

IMG_0057

थुप्रै मोटर त स्वचालित तरिकाले चल्ने बनाएका रहेछन् । चालकले अब झ्यालबाट बाहिर हेर्नै नपर्ने । सबै गतिबिधि भित्रै स्क्रिनमा हेर्न सकिने । विमानका सिटको ढाडमा स्क्रिन राखे जस्तै गाडीका सिटको ढाडमा स्क्रिन जडित जहाँ पछिल्लो सिटका मानिसले फिल्म हेर्न, कम्प्युटर चलाउन र सडकको गतिबिधि बसिबसि आरामले हेर्न मिल्ने ।

IMG_0088

फ्रान्सेली मोटर कम्पनी रनोले निकालेको गाडी अचम्म माने धेरैले । किनकि यो गाडीको मोडल अचम्मको रहेछ । अघिल्लोभाग देखि पछिल्लो भागसम्मको छत पुरै छुट्टिएर आकाशतिर जाने, हेलिकोप्टरको पखेंटा जस्तै । यसरि खुल्दा गाडी त बिचभागमा चिरा परेको हो की उड्न तयार भएको हो जस्तो देखिने ।

IMG_0131

(टाटाको रेसिङ कार)

भारतीय टाटा कम्पनीले निकालेको रेसिङकार पनि आकर्षण भएको थियो । किनभने ‘टाटा, भारतीय हरुलेपनि यस्तो अत्याधुनिक मोडेल निकाल्न सक्छन् र ?’ भन्ने गोरेहरुलाई लागेको हुनसक्छ । त्यसैले तिनले छक्क परिपरि हेरेका थिए ।

IMG_0025

IMG_0042

IMG_0070

लाम्बुर्गिनी कंपनीले निकालेका गाडीको कक्षमा सबैभन्दा बढि भिड थियो । शनीवार भएकाले लाखौं लाख मानिस प्रदर्शनी हेर्न गएका थिए । गाडीको मूल्य सुन्दापनि जिब्रो टोकिने ‘आम्माम्मा नेपाली सात आठ करोडसम्म पर्ने गाडी कसले, कति धनीले चढ्छन् ? कसरि यतिबिघ्न धेरै पैसा कमाउन सक्छन् ? यस्ता गाडी चढ्नेको जिवनशैली कस्तो हुन्छ ? पाँच छ करोड गाडीमै खर्च गर्नेले अरु कति पैसा खर्च गर्छन् जिउनकालागि ?

तपाइँको प्रतिक्रिया