बुढाको नेत्रित्व झन तगडा

Banoka-elephants-waterhole-lowres

गोरु बुढो भए भिर खोज्छ, मान्छे बुढो भए निहुँ खोज्छ ।’ यो उखान मात्रै हो । जिवजन्तुमा भने लागू हुन्न । किनभने मानिसहरुमा उमेर ढल्किँदै जाँदा स्मरण शक्ति घट्छ । नेत्रित्व सम्हाल्न, अरुलाई चित्त बुझाउन मुस्किल पर्दै जान्छ । तर जिवजन्तुमा तिनको उमेर जति छिप्पिँदै गयो उति नेत्रित्व क्षमता बढ्ने गर्छ । बच्ने, सुरक्ष्त रहने ज्ञान झन फराकिलो हुन्छ । हात्ती, बाँदर र सोंस (डल्फिन) मा गरिएको अनुसन्धानले त्यहि देखाएको छ ।

daa3aa6b126ea3a42b84986888a8fcfb

बुढा जनावरले सबैभन्दा उत्तम निर्णय लिन्छन् । पाको उमेरले यि जनावरमा नेत्रित्वक्षमता बढ्दो रहेछ । जोखिम पत्ता लगाउने ज्ञान अझ बढ्दो रहेछ । त्यस्तो पाको जनावर समूहको नेत्रित्वकर्ता हो भने सम्पूर्ण समूहलाईनै फाईदा पुग्दो रहेछ । खासगरि ठूला मगज भएका हात्ती, सोंस र बाँदर जस्ता जिवमा यो लागू हुन्छ । त्यस्तै सामाजिक समूह वा हूल बनाएर बस्ने जिवजन्तुमा बुढो हुँदै जाँदा नेत्रित्व झन कुशल बनेको पाइएको छ ।

यो पत्ता लगाउन बैज्ञानिकहरुले धेरै अनुसन्धान गरेका हुन् ।  केन्याको आम्बोसेली राष्ट्रिय निकुञ्जका करिब १५ हजार हात्तीमाथि अनुसन्धान गरियो । तिनमा १८ वटा भिन्नै पारिवारिक समूह बनाएर बसेका हात्तीहरु थिए । हात्तीको समूह नजिक लगेर भाले रिसाहा सिंहको आवाज सुनाइदिने गरे बैज्ञानिकहरुले । अनुसन्धानका क्रममा बैज्ञानिकहरुले तिन वटा भाले सिंहको गर्जन एकैसाथ सुनाइदिए हात्तीको समूहलाई । किनभने मान्छे पछि हात्तीको प्रमुख शत्रु भनेकै सिंह हो । बहले सिंग पोथीभन्दा दोब्बर ठूलोपनि हुन्छ ।

त्यसो गर्दा सबै हात्तीले प्रतिक्रिया, सरोकार र चासो दिए । तर बुढाहरुले अझ बढि चासो दिए, सुरक्षा कसरि गर्ने, भाले सिंहलाई कसरि लघार्ने भनेर । जुन समूहकोनेत्रित्व बुढोले लिएको थियो उसले अरुले भन्दा अझ तगडासित त्यस्ता सिंहबाट बच्ने, मुकाबिला गर्ने, लघार्नकालागि उद्दत, अनुभवी र गम्भिर देखिए । यहि अनुभव, नेत्रित्व क्षमता र ज्ञान सोंस र बाँदरमापनिदेखिएको छ । हात्ती र बाँदरमा प्राय अनुभवी र पाको पोथीले नेत्रित्व गर्ने चलन छ ।

 

तपाइँको प्रतिक्रिया