ईटालीभरि फैलिँदै ‘नमस्कार’

namskar

खासगरि नमस्कार गर्ने चलन एशियाली मुलुकमा छ । नेपाल, भारत, वंगलादेश लगायत दक्षिण एशिया देखि इन्डोनेशिया, कम्बोडिया, लाओससम्म यदाकदा फैलिएको छ । इन्डोनेशियाका हिन्दुधर्मावलम्भीहरुले भने निकै प्रयोग गर्छन् । खासगरि हिन्दू संस्क्रितिबाट आएको यो नमस्कार गर्ने चलन युरोपतिरपनि फैलिन थालेको छ । एशियालीहरुले बिभिन्न कार्यक्रम मार्फत आफ्नो कला र संस्क्रिति देखाउँदै जाँदा यो फैलिँदै गएको हो । अहिले यो नमस्कार गर्ने चलन ईटालीभरि फैलिँदै गएको छ । 

ईटालीमा वर्षै पिच्छे विशाल मेलाहरु लाग्छन् । केहि सांस्क्रितिक मेला लाग्छन् । ति मेलमा मुख्यगरि एशियाको संस्क्रिति, कला र सभ्यतालाई चिनाउन खोजिन्छ । त्यस्ता मेला लाखौं लाखले भ्रमण गर्छन् । ओरियन्टल मेला भन्नेनै ईटालीका दश प्रमुख शहरमा लाग्छन् । यि मेलामा करिब ५० लाखले भ्रमण गर्छन् भन्ने अनुमान छ । यसमा खासगरि नेपाल, भारत, वंगलादेश, कंवोडिया, लाओस, भियतनाम, थाईल्याण्ड, वर्मालगायतका एशियाली मुलुकको कला, संस्क्रिति र सभ्यता चिनाउने जमर्को गरिन्छ । यि हरेक मेलामा सहभागि एशियाली मुलुकका कलाकारहरु ल्याएर सांस्क्रितिक कार्यक्रम गरिन्छ ।

ति कलाकारसँगै ईटालीमा आफ्नो सांस्क्रितिक कार्यक्रमपनि चखाइन्छ । ति ईटालियाली कलाकारहरु कोहि एशियाली कला र संस्क्रितिका पारखिपनि छन् । यि मेलामा न्रित्य र संगित देखाउने क्रममा इटालियाली कलाकारहरुलेपनि नमस्कार फैलाउने गरेका छन् । तिनले आफ्ना दर्शकहरुलाई नमस्कारबाटै बिदाई र स्वागत गर्ने गर्छन् । यसो गर्दा यो नमस्कार गर्ने चलन ति कलाकारले हरेक शहरमा लाग्ने मेलासँगै फैलाउँदै लगेका छन् ।

तपाइँको प्रतिक्रिया