स्पेन र पोर्तुगलका नेपालीहरुको साझा माग : सरकार दुतावास दे

भोला लामिछाने, यूरोप

15978875_1595524683807332_280542482_n

स्पेन र पोर्तुगलमा राजदुताबास स्थापनार्थ नेपाल सरकारले चासो लिएको छैन । दशकौ भैसक्दापनि स्पेन र पोर्तुगलमा नेपाल सरकारले दोहोरो राजदुताबास स्थापनार्थ कुनैपनि कदम अगाडी सारेन । दिनानुदिन बढ्दै गैरहेको गैह्रआवासीय नेपालीहरुको संख्या र त्यहाँका उत्पन्न समस्याहरुलाई मध्यनजर गर्दै नेपाल सरकारले दुताबास स्थापनार्थ गर्नु पर्ने हो । तर गरेको छैन ।

गैह्र आवसीय नेपालीहरुको संन २००७ अघि देखि नै प्रयास

स्पेन र पोर्तुगलमा बसोबास गर्ने गैह्र आवासीय नेपालीहरु दुबै देशमा राजदुताबास स्थापनार्थ लागी सन २००७ देखिनै लागि परेका हुन् । विदेश स्थित कुटनीतिक नियोगका उच्च पदाधिकारी,पररास्ट्र मन्त्रालय लगायत सबैजसो मन्त्रालयका सरकारी कर्मचारी,नेतादेखि अभिनेतासम्म भेटघाट र अन्तरक्रिया गरे । दुतावास स्थापनाकालागि खादा र माला लगाउन कसैलाई बाँकि राखेका छैनन् । यूरोपका विभिन्न देशमा अवस्थित दुताबासमा महामहिम राजदुतहरु फेरिएलगतै सकी नसकी भेटघाट गरेकै छन । बिन्तिपत्र चढाएकै छन् । तर हातमा लाग्यो शुन्य भैरहेको छ ।

एन आए एनका सभा सम्मेलनका घोषणापत्रमा राजदुताबास स्थापना

विदेशमा बसेका सबै नेपाली हरुको छाता संगठन एन आर एन का विभिन्न समयमा आयोजना हुने गरेका राष्ट्रिय, क्षेत्रिय एवं अन्तरास्ट्रिय सभा सम्मेलनहरुमा अटाएका घोषणापत्रहरुमा स्पेन र पोर्तुगलमा राजदुताबास स्थापना भन्ने शब्द नौलो होइन । सायद मानिदैन होलापनि । यसबाट सबै एन आर एन अभियन्ताहरु चिर परिचित नै छन् । सम्मेलनमा एजेन्डा उठाउने अनि छलफल गरी घोषणा पत्र बनाउन खप्पिस हाम्रा एन आर एन अभियन्ताहरुसँग पनि उत्तर छैन कहाँ गएर बसेका छन् ती हाम्रा एजेन्डा हरु । कति दगुर्न सफल भएका छन् कार्यान्वनहरु ? सम्बन्धित निकायले चासो लिएको देखिएको छ छैन कसैलाई पत्तो छैन।

पेरिस स्थित नेपाली दुताबासमा धेरै धाए

यूरोपका धेरै देशका गैह्र आवासीय नेपालीहरुको माग पनि स्पेन र पोर्तुगलमा राजदुताबास स्थापना गर्ने बनिसकेको छ । स्पेन र पोर्तुगलमा गैह्र आवासीय नेपाली संघ लगायत राजनैतिक, क्षेत्रिय, सामाजिक, जातिय संघ सस्थाहरुलेपनि राजदुताबास स्थापनार्थ खुबै ओहोर दोहोर पनि गरे । तर ती ओहोरदोहोरहरु निकम्मा साबित भए । कसैले माखो मारेको देखिएन । पेरिसस्थित नेपाली दुताबास धाउँदाका तस्बिरहरु केवल फेसबुक र टुइटरका भित्ताहरुमा सिमित भएर बसे । उता नेपाल सरकार भने मौन बसेको छ ।

दुताबास स्थापनार्थ स्पेन र पोर्तुगलका नेपालीहरुको सामाजिक संजालमा झगडा

जब डेनमार्कको कोपन्हेगनमा नेपाली राजदुताबास बन्द हुने अबस्थामा आयो त्यही मौका पारेर स्पेन र पोर्तुगलमा बसोबास गर्ने नेपालीहरु कोपन्हेगनको राजदुताबास आफ्नो ठाउँमा सार्नु पर्छ भनेर आआफ्ना फेसबूकमा तर्क बितर्क गर्न थाले ।  आफन्त आफन्त दाजु भाई, दाजुभाइहरु बास्तबिकतामा नगई र नबुझिकनै झगडा गर्न थाले । यो कत्तिको जायज हो बुज्नु जरुरि छ । जहाँ भए पनि समस्या आखिर समस्या हो । समस्या उत्पन्न भयो भने एक न एक नेपालीलाई नै पर्ने हो । पोर्तुगलको समस्या चाहीँ समस्या तर डेनमार्क स्पेनको समस्या चाही समस्या होइन जस्तो गर्न थाले । यूरोपमा आवशिय प्रवेशाज्ञाकालागि अहिले २,४ महिना डेनमार्क आएको बिधार्थी भोलि स्पेन पोर्तुगल जान बाध्य हुनु पर्दैन ? अनि डेनमार्क छँदा राजदुताबास चाहिनेलाई भोलि स्पेन पोर्तुगल हुँदा कागजी कारबाहीको लागि कहाँ जाने ? ,डेनमार्क गएर हुन्छ ? बेल्जियममा रेसिडेन्सीको लोभमा आफ़ो देशकै पासपोर्ट च्यातेर बर्षौसम्म केष गरेर बसेको नेपाली पछिल्लो समस्यामा कहाँ जाने ? यस्ता सयौ समस्याहरु छन् । सबै ठाउँका समस्या साझा छन् । त्यसकारण स्पेन वा पोर्तुगल यो र त्यो, यहाँ हुन्न भन्ने होइन । सबै ठाउँमा रहेका  नेपालीलाई राज्यले ध्यान दिनु पर्दछ । समान व्यवहार गर्नु पर्दछ । र यो राज्यको दायीत्व पनि हो ।

रास्ट्रपती, प्रत्येक सरकारका मन्त्रि, पत्रकार सबैलाई भेटे दुतावास स्थापनाकालागि । अब कोही बाँकी छैनन् भेट्नुपर्ने । स्पेन तथा पोर्तुगलमा खुलेका विभिन्न राजनीतिक, जातीय, क्षेत्रिय एवं सामाजिक सबै खाले संघ सस्थाहरुका प्रतिनिधिहरुले आफ्ना पार्टीका ठुला नेता, प्रधान मन्त्रि, मन्त्रि,पत्रकार लगायत राज्यका उच्च पदस्थ अधिकारी लगायत भेट्नुपर्ने कसैलाई बाँकी राखेका छैनन् । हस्ताक्षर र ज्ञापन पत्र पनि कति बाँडिए बाँडिए केहि लेखोजोखा नै छैन । तर नेपाल सरकार मौन छ । बोल्ने ब्यक्य फुटेको छैन दुधे बालक जस्तो ।

तपाइँको प्रतिक्रिया