स्विजरल्याण्डको विमानस्थल ‘हुम्लाको जस्तै’

 

geneve-aeroport-81

(जेनेभा विमानस्थल)

नेपाललाई स्विजरल्यण्ड जस्तै भनेर दाँज्छन् धेरैले । यसरि दाँज्नुका कारण र दाँज्न सकिने वस्तु नेपाल र स्विजरल्याण्डबिच धेरै छन् । त्यस मध्येको हो हुम्ला र जेनेभाको विमानस्थल । यति खेर उता हुम्लाका डाँडामा हिउँ परेको छ । हुम्ला विमान स्थलबाट पारीपट्टी सेतम्मे देखिन्छन् डाँडा । यता जेनेभामा विमानस्थलबाट देखिने डाँडाहरुपनि सेताम्मे छन् ।

Tara Air at Simikot airport. Humla, Nepal.

Tara Air at Simikot airport. Humla, Nepal.

(हाम्रो हुम्ला विमानस्थल)

विमानस्थल वरिपरि अग्ला घर छैनन् जेनेभामापनि । साना, छोटा कदका भवन । त्यसको माथि सेताम्मे देखिने हिमालले शिरमा सेतो फूल फूलेजस्तो लाग्छ । फूलको टोपी शिहुरिए जस्तो बनाउँछ ।

geneva

img_0001

(जेनेभा विमानस्थल)

नेपालबाट अहिले स्विजरल्याण्डको जेनेभा विमानस्थल कोहि आइपुग्यो भने आँखाले पहिलो झल्को मार्दा झुक्किनपनि सक्छ, ओहो हुम्लाकै विमानस्थल त हैन ? फ्रान्सेली डाँडाको मुन्तिर छ जेनेभा विमानस्थल । धावन मार्ग नेपालको भन्दा ठूलो भएपनि अन्य युरोपेली मुलुकको जस्तो विशाल छैन । सानै छ जेनेभा विमानस्थलको धावन मार्ग ।

आकाशबाट जहाजमै हुँदा सेताम्मे डाँडालाई अग्लो पार्दै ओर्लिन्छ विमान । यसरि ओर्लिँदा पारीपट्टि डाँडामा सेताम्मे देखिन्छ हिउँको पत्र । झन एकापट्टी जेनेभा ताल देखिएपछि त झन नेपालनै जस्तो लाग्छ जेनेभा विमानस्थल । ओर्लँदा तिनै हिमालबाट छलिएर फुत्रुक्क ओर्लिन्छ । उता हुम्ला पुग्ने विमानले हाम्रा हिमाल छलेर ओर्लिएजस्तै । उडान गर्दापनि उसैगरि स्विस र फ्रान्सेली हिमाललाई नाघ्दै आकाशिन्छन् जेनेभा विमानस्थलमा आउने र जाने विमानहरु । उड्दा होस् कि ओर्लिँदा जुम्ला हुम्ला, कालिकोट र मुगुतिरका हाम्रा विमानस्थलमा झैं हिमालै हिमाल देखिने भएकालेपनि स्विजरल्याण्ड र नेपाललाई तुलना गर्छन् मान्छेहरुले । तर सेवा र सुविधा, प्रविधीको उच्चतासित भने जेनेभा र हुम्ला विमानस्थल तुलना हुन सक्दैन । किनभने प्रविधीका हिसाबले विश्वमै उच्च कोटीमा पर्छ जेनेभा विमानस्थल ।

तपाइँको प्रतिक्रिया