चितवन पुगे ‘नरेन्द्र मोदी’

gajurel-elephant-ride

मोदी आज अकस्मात चितवन पुगे । हाल चितवनको सौराहामा चलिरहेको तेह्रौं सौराहा महोत्सवमा भाग लिन ‘नरेन्द्र मोदी’ सौराहा पुगेका हुन् । चितवन पुगेर उनले आफन्तजन भेटे । उनका प्रसंसकसित भलाकुसारी गरे । हात्ती सुन्दरी प्रतिस्पर्धाकालागि सिँगारपटार गरेर बसेका हात्ती मध्ये एउटामा चढेर सयर पनि गरे । उनले सौराहा महोत्सवको स्वाद मात्रै लिएनन् । सयौं दर्शकहरुलाई मेट मिचिमिचि हाँस्ने बनाए । फेरिपनि सयौं नेपालीको ताली खाए, स्यावासी लिए ।

15698015_1614762691873643_4014295986019721099_n-1

15726763_1614762938540285_630413719167861797_n

हुन त उनी नरेन्द्र मोदीनै हुन् । तर भेष बदलेर भारतीय प्रधानमन्त्रि मोदीको रुपमा पुगेका हास्य कलाकार मनोज गजुरेल । उनी नरेन्द्र मोदीको भेषमा सौराहामा चलिरहेको महोत्सव्मा भाग लिन पुगेका हुन् । त्यहाँ उनले नरेन्द्र मोदीले नेपाल आएर गरेको भाषणको नक्कल गरेर धेरैलाई हँसाए । राष्ट्रियताको पक्षमा हांस्यब्यंग्यकै रुपमापनि क्षणछाड गरे, जागरण जगाए । महोत्सवलाई थप रमाईलो, सहभागिमूलक बनाए ।

15727162_1614763631873549_884900860516075281_n

15740821_1614763218540257_5436669732366597565_n

15741069_1614763051873607_6377773313300431027_n

15747788_1614763508540228_3042559772836015653_n

तस्विर -रवी रोशी, चितवन

तपाइँको प्रतिक्रिया