सिँगारपटार गरेका हात्ती पिकनिकमा ब्यस्त

  • योगेश अधिकारी / सौराहा, चितवन

piqnique-elephant

एकाविहानै सौराहाका हात्तीहरुलाइ चटारो थियो । किनकि श्रिंगारकर्ताहरु अनेक थरि रङ लिएर तिनका अगाडि उभिएका थिए । तिनले साना पोकाबाट भटाभट रङ निकालेर श्रिंगारपटार गरिदिन थाले । हात्तीहरुले सन्चो मानिमानि तिनका माहुतेको निर्देशन स्विकारे । किनभने तिनलाई राम्रो बनेर पिकनिकमा जानु थियो । हात्तीहरुको आफ्नो समूहबिच सबैभन्दा राम्रि बनेर देखिनु मात्रै थिएन, प्रतिस्पर्धानै जित्नु थियो । सौराहाका पर्यटन ब्यवशायीहरुले हात्तीहरुकालगि पिकनिकको आयोजना गरेका थिए । हात्तीहरुबिच को राम्री बन्ने भन्ने ‘सुन्दरी प्रतियोगिता’आयोजना गरेका थिए ।

15748757_1522410397775779_1492983779_o

15747937_1522407727776046_533156881_o

हिजोबाट चितवनको सौराहामा तेह्रौं सौराहा महोत्सव शुरु भएको छ । सौराहाका पर्यटन व्यवशायीहरुले आफ्नो पर्यटकिय क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमै अझ बढि चिनाउन यस्तो महोत्सव आयोजना गर्दै आएका छन् । यहि महोत्सवमा तिनले गाढा दौड, हात्ती सुन्दरी प्रतिस्पर्धा जस्ता रोचक खेलहरु राखेका छन् । महोत्सवमा हात्तीहरुको सामूहिक पिकनिक गराउने कार्यक्रमपनि थियो ।

अन्य वर्षहरुमा भन्दा यो पटक हात्ती पोलो खेल थपिएको थियो । हात्ती पोलो खेल निकै रोचक हुन्छ । ठ्याक्कै फूटबल खेलमा जसरिनै पोल हुन्छन् । फूटबल खेलमा जस्तै दुबैतिर खेलाडीहरु हुन्छन् । फूटबल भन्दा अलि सानो भकुण्डोलाई हात्तीमाथि बसेका खेलाडीले लठ्ठीको सहायताले छक्याउँदै लगेर गोल गरिन्छ ।

15725746_1522410704442415_2025212159_o

15725844_1522411004442385_1819796926_o

15778299_1522409651109187_425219358_o

आयोजकहरुले  सौराहाभरिका हात्तीहरुलाई पिकनिक दिएका थिए । पिकनिकमा केरा, सुन्तला, उखु लगायत हात्तीहरुले रुचाउने अन्य फलफूल र खाद्दान्नहरु टन्न राखिएका थिए । श्रिंगारिएका हात्तीहरुले तिनका धोक्रे भूँडी भरिउन्जेल टन्न खाए । रमाए ।

15778556_1522407217776097_332647779_o

15784632_1522408161109336_1427228601_o

उद्घाटनका क्रममा चितवनका आदिवाशी थारुहरुले आफ्नो परंपरागत पहिरनमा झाँकि देखाए ।

15749013_1522412701108882_859159155_o

15748329_1522411867775632_222563026_o

महोत्सवमा बयल गाढा दौड प्रतियोगितापनि आयोजना गरिएको थियो । जसको गाढालाई गोरुले सबैभन्दा छिटो दगुराउन सक्छ उसैले प्रयोगिता जित्ने नियम थियो ।

15725870_1522410084442477_71769935_o

15784714_1522411284442357_354352580_o

हात्तीको पिकनिक हेर्न नेपालका बिभिन्न ठाउँ र अन्य देशका पर्यटककोपनि भरिभराउ थियो ।

15748794_1522408774442608_1852397703_o

महोत्सवको उद्घाटन पर्यटन मन्त्री  जिवन कुमार शाहीले गरेका थिए । समाजमा उल्लेखनिय योगदान गरेको भन्दै नेपाली कांग्रेसका लोकप्रिय नेता बाबुराम पुरीलाई सम्मान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया