मसलादार खाना खानेमा नेपालीको नाम, मसला बेचेर फाईदा लिने अरु

img_0079

नेपालीहरुको खाना पिरो हुन्छ । मसला टन्न हालेर खाना पकाउँछन् । पोल्छ नेपाली खानाले । खुर्सानीबिना नेपाली खानै बन्दैन । यस्तो सोच्छन् पश्चिमेलीहरु । कतिपय त नेपाली खाना र मसला भन्नासाथ तर्सिन्छन् । तर त्यहि नेपाली मसला लाखौं पश्चिमेलीको भिड लाग्ने मेलामा भकाभक बिक्रि भैरहेको छ । लाईन लागेर हामी नेपालीले प्रयोग गर्ने मसलानै किनिरहेका छन् मेला घुम्न आउनेले ।

img_0002

img_0080

img_0081

img_0093

तर हामीले खाने मसला बिक्रि गर्ने भने नेपाली होइनन् । इजिप्सियाली, मोअक्कन, ट्युनिसियन, भारतीय र पश्चिमी देशकै नागरिकहरुले बेचिरहेका छन् । तिनले बेसार, बिरे नुन, अदुवा, मरिच, मेथी, तिल, ल्वाङ, सुकमेल, अलैंची, जिरा लागयतका हाम्रै मसला बेचिरहेका छन् । मसलाका दाना आफैंले कुटेर धुलो पार्ने । त्यसलाई साना प्लस्टिकका थैलीमा हालेर कुन मसलामा कुन चिज राखेर बनेको हो भन्ने जानकारि हुन्छ । सुकेको खुर्सानी र खुर्सानीको लेदोपनि तिनले बेचिरहेका छन् । किन्नेलाइै थाह हुन्छ, कुन मसलामा के छ र त्यसको स्वाद कस्तो हुन्छ भन्ने जानकारि हुन्छ । नेपालीहरुले आफ्नै मसला बिक्रि गर्न किन नसकेका होलान्  ? कतिपय देशका मानिसलाई त हिमालको नुन र मसला भन्ने थाह छ । तर नेपाल कहाँ पर्च्भन्ने जानकारि सम्म छैन ।

तपाइँको प्रतिक्रिया