हात्ती सुन्दरी प्रतियोगिता महोत्शव गर्न चितवनको सौराहामा चटारो

  • योगेश अधिकारी, सौराहा 

sundari

नेपालको तेस्रो ठूलो पर्यटकिय थलो, सौराहा । यहाँ तराईको मिश्रित संस्क्रिति र जिवजन्तु, प्राक्रितिक आकर्षण हेर्न बिदेशी मात्रै होइन स्वदेशी पर्यटकपनि हुरुक्कै हुन्छन् । विदेशी पर्यटक कम हुने मौसममापनि स्वदेशी पर्यटकको भिड लाग्छ ।  त्यसैले यहाँका ब्यवशायीलाई सधैं भ्याईनभ्याई हुन्छ । अहिले सौराहाका पर्यटन ब्यवशायीलाई झन धेरै चटारो छ । हात्ती मेला गरेर पर्यटकहरुलाइै देखाउन लागेकाले । त्यो हात्ती मेलामा हात्तीहरुको लागि पिकनिक खुवाउन लगिन्छ । हात्तीहरुबिच सुन्दरी प्रतियोगितापनि गराइन्छ । 

15403042_1498111666872319_987588088_n

15451111_1498112630205556_1435831596_n

आन्तिरक तथा बाह्य पर्यटन प्रवद्धनको साथै बन्यजन्तु संरक्षणका लागी जनचेतना फैलाउने उद्देश्यपनि हो यो । यो मेलालाई उनीहरुले चितवन हात्ती महोत्सब नाम दिएका छन् । यो तेह्रो पटक हुन लागेको हो । यहि महोत्शव तयारिका लागि उनीहरुलाई अहिले चटारो छ ।  क्षेत्रीय होटल संघ नेपाल, चितवन को आयोजना तथा रत्ननगर नगरपालीका, युनाइटेड हात्ती संचालन सहकारी, मृगकुन्ज उपभोत्ता समिती, बाघमारा सामुदायीक वन, चित्रशेन सामुदायीक वन र सौराहा वचत तथा ऋण सहकारी सस्था सह आयोजनामा गरिन लागेको हो यो महोत्शव । महोत्सब यहि डिसेम्बर २६ देखि ३० सम्म सौराहाको बाघमारा सामुदायीक बनको मैदानमा संचालन हुँदैछ । महोत्सबको लागी प्रथम उपाध्यक्षको संयोजकत्वमा ३२ उप समिती चयन गरि तयारीको अन्तीम चरण पुगेको क्षेत्रीय होटल संघ का अध्यक्ष सुमन घिमीरेले बताए ।

15450968_1498112313538921_687753340_n

पाँच दिन सम्म चल्ने यो महोत्सब सुरुका बर्षमा अन्तराष्टीय हात्ती दौड प्रतियोगीताका रुपमा सुरुवात गरिएको थियो । यस दौडलाई परीस्कृत गर्दै हात्ती महोत्सबका रुपमा अगाडी बढाइ ए को थियो ।  हात्तीहरुलाइ सास्ती नहुने गरि नयाँ नयाँ कार्यक्रमहरु थप गर्दै जाने क्रममा यसपाली देखी नयाँ आर्कषणका रुपमा हात्ती पोलो थप गरिएको कुरा संघका पुर्ब अध्यक्ष शंकर शैजुले बताए । हात्तीपोलो लगायत हात्तीको छिटो हिँडाइ प्रतियोगीता (Elephant Fast walk), हात्तीका छावाहरु बिच रोमान्चक फुटवल, हात्ती पिकनिक, हात्ती सुन्दरी प्रतियोगीता, गाडा दौड, डुंगा दौड लगायत स्थानिय तथा राष्टीय कलाकारहरुको बेजोड प्रस्तुती र स्थानीय थारु खानाका परीकार महोत्सबका आर्कषण रहने कुरा महोत्सबका मुल संयोजक दिपक भट्टराईले बताए ।

तपाइँको प्रतिक्रिया